मुस्लिम समुदायको बालबालिकाहरु धार्मिक ज्ञान दिने उद्देश्यले वीरगंजको बहुअरी–१४ मा स्थापना भएको मदरसा अहिले सबै समुदायका बालकालिकाले शिक्षा लिन मिल्ने विद्यालय भएको छ । स्थानीय केही दाताको सहयोगमा २०४८ सालमा स्थापना भएको यो विद्यालयमा मुस्लिम समुदायका नै बालबालिकाले मात्र नभई सबै समुदायका बालबालिका अध्ययन गर्न पाउने भएका छन् ।
कुल कट्ठा १० धुर जग्गा दान दिएर मदरसा संचालन सुरु भए पनि अहिले सबैका लागि मदरसा विद्यालय खुल्ला रहेको त्यहाँका प्रधानाध्यापक अकबर हवारीले बताए । सुरुमा मुस्लिम समुदायको धार्मिक भाषालाई विशेष जोड दिने गरी अध्ययन गराउने गरी मुस्लिम धर्मगुरु मुर्ताजा मौलानले संचालन गरेको यो मदरसालाई २०६६ सालदेखि नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालन गर्न थालिएको उनको भनाइ छ । नेपाल सरकारको पाठ्यक्रम अनुसार प्राथमिक तहदेखि संचालन गरेको मदरसा अहिले कक्षा १० सम्म अध्यापन गने गरेको प्रधानाध्यापक अकवर हवारीले बताए ।
मदरसा तौहिदुल इस्लाम सलफियाका माध्यामिक विद्यालयमा हाल बालविकासदेखि कक्षा १०सम्म अध्ययन गराउने २१ जना शिक्षक शिक्षिका छन् । अहिले यस विद्यालयलमा ७ वटा प्राथमिक तहमा दरबन्दी छ । यस मदरसालाई धार्मिक मौलानाहरुबाट आउने अनुदानबाट ४ जना मा.वि तहमा, १ जना काजमा वीरगंज महानरगपालिकाको सहयोगमा प्रशस्त शिक्षक पाएका छांै । यो विद्यालय पर्सा जिल्लामा एकमात्र विद्यालय हो जहाँ उर्दु, अरबी, इस्लामियत विषयहरुको पनि अध्यापन गराइन्छ । यस विद्यालयमा बाल बिकासदेखि कक्षा १० सम्म ५ सय ७ जना विद्यार्थीहरु अध्ययनरत छन् । जस मध्ये ३ सय १० जना छात्रा र १ सय ९७ जना छात्रहरु छन् । प्रतिशतमा हेर्दा ६५ प्रतिशत छात्रा र ३५ प्रतिशत छात्रहरु अध्ययन गर्छन् ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अनुपातलाई हेर्दा र मुस्लिम बालिकाहरु समुदायको विद्यालयलाई छोडेर अन्यत्र विद्यालयमा जान पनि हिच्किच्याउँछन् । छात्रहरु मुस्लिम समुदाय बाहेक अन्य विद्यालयमा पनि अध्ययन गर्न जाने गरेकोले छात्रहरुको संख्याभन्दा यो विद्यालयमा छात्राको संख्या बढि भएको त्यहाँका शिक्षक शिक्षिकाहरुले बताए । यस विद्यालयमा बालबालिका बालविकासमा भर्ना हुदाँकोभन्दा कक्षा १० सम्म पुग्दाँ ८५ प्रतिशत मात्र विद्यार्थी हुने गरेका खुलेको छ । विद्यालयमा यसरी भर्ना दरको अनुपातमा विद्यार्थी संख्या कम हुनुमा आर्थिक स्थिति कमजोर भएको कारण छात्रहरु आय आर्जनको लागि सीप मूलक काममा लागेका छन् प्रधानाध्यापक हवारीले बताए । छात्राहरु परिवारको दवाबमा निकाह गरेर घरमा बस्ने गरेकाले हरेक वर्ष १५ प्रतिशत बालबालिकाहरु विद्यालयबाट ड्रप आउट हुने गरेको उनको भनाइ छ ।
नेपाल सरकारको पाठ्यक्रम अनुसार पठ्नपाठ्न भैरहेका यस मदरसामा धार्मिक विषयको पठ्न पाठ्नलाई विशेष जोड नदिएर उर्दु, अरबी, इस्लामियत, दिनायत र जनसंख्या शिक्षालाई ऐच्छिक विषयको रुपमा पाठ्यक्रममा राखिएको छ । यस विद्यालयमा पठ्नपाठ्न गर्ने विद्यार्थीहरु मध्ये ९९ प्रतिशत मुस्लिम समुदायमा विद्यार्थी छन् भने एक प्रतिशत मात्र हिन्दु बालबालिकाहरु अध्ययन रहेको विद्यालयले जनाएको छ । यो विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीहरु अध्ययन गर्ने हुनाले उर्दु विषय नै सबैले ऐच्छिकमा राख्ने गरेका छन् ।
नेपाल सरकारको पाठ्यक्रम अनुसार नै पढाइ हुने हुनाले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई अन्य कुनै विद्यालयमा गएर अध्ययन गर्न पनि कुनै समस्या आउदैन । वीरगंजको सन्दर्भमा उर्दु विषय अध्ययन अध्यापन नभएको कारणले गर्दा अप्ठ्यारो भएको हो । उर्दु ऐच्छिक पढेर गएकाले पनि प्लस टुमा गएर शिक्षा, कानुन, समाजशास्त्र र विज्ञान जुनसुकै संकायमा भर्ना हुन पाउने छन् । यस विद्यालयमा मुस्लिम समुदायका निम्न वर्गीय परिवारका बालबालिका अध्ययन गर्न आउने भएकाले नेपाल सरकारको सेवा मदरसाले पाएपछि झनै विद्यालयमा उपस्थिति हुने बालबालिकाको संख्या बढेको पनि विद्यालयले जनाएको छ ।
अन्य सरकारी विद्यालयमा जस्तै बालकक्षादेखि ६ कक्षासम्म दिवा खाजाको पनि व्यवस्था छ । जसको कारण मदरसामा नियमित अध्ययन गर्न आउनेको संख्या पनि घटेको छैन । कम क्षेत्रफलमा मदरसाको भवन बनेको हुनाले कक्षाकोठा पर्याप्त छैन । बालबालिकाको लागि खेल मैदानको व्यवस्था पनि छैन । शैक्षिक राष्ट्रपति कोषबाट आईसिटि ल्याबको व्यवस्था पनि नेपाल सरकारले गरिदिएको छ । स्मार्ट बोर्ड र कमप्यूटर सेटिङ्ग गरिएको छ । प्रत्येक कक्षामा राखेर अध्ययन गर्न नसके पनि आवश्यक परेको कक्षाको लागि आई. सि.टि ल्याब भएको कोठामा लाइभ टिचिङ्ग र डाउन लोड गरेर अध्ययन गराउन सहज भएको त्यहाँका शिक्षकहरुले बताए । खेल मैलान, कक्षाकोठा अभाव भए पनि शौचालय, खानेपानी, छात्रावृति लगायत अन्य कुनै पनि कुराको अभाव नभएको उनीहरुको भनाइ छ ।
कोरोना कहरभन्दा अगाडी छात्रवास पनि संचालनमा थियो । यहाँ अध्ययन गर्न आउने वीरगंजका छात्रहरु र बाहिरबाट आउने छात्रहरु बस्ने गरेका थिए । अहिले बन्द भएको छात्रवासलाई पुन संचालन गर्ने प्रयासमा छौ । छात्रावासमा बसेर अध्ययन गर्ने छात्रहरुलाई धार्मिक शिक्षकको पनि व्यवस्था गरिएको छ । धार्मिक ज्ञानले गर्दा छात्रहरु अनुशासित हुने, उनीहरुको व्यवहारमा परिवर्तन हुने भएकोले यो वर्षदेखि छात्रावास संचालनको लागि बकर ईदको अवसरमा जकात फितराबाट उठेको रकम संचित गरी राखिएको प्रध्यानाध्यापक हवारीले विस्तारमा बताए ।
नेपाल सरकारको पाठ्यक्रम अनुसार नै अध्यापन गराउने गरेको भएता पनि धार्मिक संस्कृतिक अनुसार सबैभन्दा पहिले तरना अथवा ईश्वरसंग प्राथना गरेपछि मात्र राष्ट्रिय गान सुरु गरिने मदरसाका मौलाना मो. साहिद परवेजले बताए । बाल कक्षादेखि १० कक्षासम्म स्थानीय विषय अन्तर्गत १०० पूर्णाङ्कलाई उर्दु, अरबी, इस्लामियत ३ वटा विषयमा विभाजन गरी अध्यापन गराइन्छ । यसमा विशेष गरेर भाषिक ज्ञानको विषयमा बढीभन्दा बढी सिकाउने गरिन्छ । कक्षा ८ देखि माथिका उर्दु विषयमा पनि देश, विदेशका विभिन्न विद्धानहरुको लेख, जिवनी, कथाका विषयहरुमा अध्यापन गराउने भएकोले उर्दु विषयमा पढेका विषयहरु अन्य विषयसंग नै मिल्दोजुल्दो भएको उनी बताउँ छन् ।
मदरसामा सेनेटरी प्याडको संयोजक भएर छात्राहरुलाई पनि सुविधा भएको मदरसाकी शिक्षिका सुल्ताना खातुनले बताइन् । मदरसामा अध्ययन गर्ने छात्राहरुको संख्या ६० प्रतिशतभन्दा पनि माथि नै छ । शिक्षिकाहरुसंग छात्राहरुका हरेक समस्या खुलेर भन्न सक्ने भएकोले मदरसामा १३ जना शिक्षिका छौं उनले भनिन् । पहिला सेनेटेरी प्याडको नेपाल सरकारले व्यवस्था गरिदिएको थिएन ।
जबदेखि नेपाल सरकारले सेनेटेरी प्याड दिन सुरु ग¥यो । तब मदरसामा छात्राहरुको संख्यामा उल्लेखनीय उपस्थिति हुन थालेको छ । अहिले प्रशस्त मात्रामा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । शौचालयमा पनि डस्टबिनको व्यवस्था गरिएको छ । महिनावारीको समस्याले छात्राहरु घरमा बस्नु पर्ने अवस्था छैन । अहिले छात्राहरु नलजाई खुलेर समस्या बताउन सक्ने भएका छन् ।
घर बाहिर हरेक काममा जाँदा कम पढेको हुनाले धेरै समस्या खेप्नु परेकोले ५ छोरी र १ छोरालाई आफूले पढाउँदै गरेर पनि आफै पनि स्थानीय रुबिना खातुन त्यही अध्ययनरत पनि छन् । ७ छोराछोरीको लालन पानलनमा धेरै समय बिताएकी उनले कक्षा ८ मा भर्ना गरी पढ्न सुरु गरेको बताइन् । अहिले उनी कक्षा १० मा अध्ययनरत छन् । घर नजिक मदरसा भएकोले घरको काम सकेर पढ्न आउने गरेको उनको भनाइ छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ११:४९