लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको पहलमा विर्तामा आजदेखि हाडजोर्नी र नशासम्बन्धि निःशुल्क स्वास्थ्य परामर्श सेवा संचालन भएको छ।
मेडलिन हेल्थ सलुसनका विशेषज्ञ डाक्टर अजय यादव र सेन्ट्रल सिटीको विशिष्ट सहकार्यमा हाडजोर्नी र नशाका बिरामीलाई साप्ताहिक रुपमा सो सेवा प्रदान गरिने लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले बताइन्।
पर्सा, बारा लगायत छिमेकी जिल्लाका विपन्न समुदायलाई विशेष लक्षित गरि सो कार्यक्रम संचालन गरिएको हो । प्रत्येक बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म जुनसुकै स्थानका बिरामीलाई विर्ता, आकृति टावरमा निःशुल्क रुपमा सो सेवा प्रदान गरिने अध्यक्ष खातुनको भनाई रहेको छ ।
आफ्नो सामाजिक दायित्व वहन गर्ने उद्देश्यका साथ लायन्ससँग जोडएर आगामी एक वर्षसम्म निरन्तर यो सेवा उपलब्ध गराउने डाक्टर यादवले जनाउनु भयो।
क्लबकी अध्यक्ष सल्मा खातुनको अध्यक्षता एवं पी.जी.डी. लायन आर.पी. खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रिजन चेयरपर्सन लायन उमेह शर्मा, जोन चेयरपर्सन लायन विजय कुश्वाहा, ए.जी. लायन गुड्डी जोशी, एरिया सेक्रेटरी लायन आश्मा सिंह यादव, आशाराम हस्पिटलका निर्देशक डा. अशोक दास, वातावरण संरक्षण अभयन्ता जसपाल सिंह, नेतृ सुष्मा तिवारी, सामाजिक अभियन्ता पत्रकार, निला राम, देवेश मानवसेवा, अजमत अली, साबिर हुसैन, समीम अनवर, लायन संदीप गुप्ता, मिनाक्षी गुप्ता, विजया ओझैया, पिया सिंह लगायत सामाजिक अगुवा एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।