जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवान अनु रायलाईलाई हात खुट्टा कसेर यातना दिएको घटना बाहिरिएको छ ।
बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ । हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताएका हुन।
‘दाइलाई बढी टिउटी गराउन्थे । त्यही विषयमा ईन्सपेक्टर राई सामु गुनासो गर्न जानुभएको थियो । उल्टै बेसमारी झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई हात खुट्टा बाधे ,’ भाइ रजनिसले भने ‘जसको भिडियो सहित प्रमाण छ । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएका छन् ।’उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनले बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट रुापमा देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको भन्दै सोधपुछ गरिरहेका छन् ।
सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुका अनुसार रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।
‘मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिनुपरेको हो। जथाभावी पब्लिक, सिपाहीलाई कुटपिट दुर्व्यवहार गरेपछि पाता कस्न परिहाल्छ नि । त्यो मेरो प्रहरी हो ’ एसपी लिम्बुले भने, ‘तर उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई मात्र गरेको अवस्था हो ।’
एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन नगरेको प्रष्टरुपमा देखिएको उनका भाइले दाबी गरे ।
प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ फुलहट्टा हो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर