विभिन्न प्रविधि र सफ्टवेयरको प्रयोग गर्दै डिजिटलाइजेशन तर्फ अघि बढिरहेका विद्यालयहरुमा अबको शिक्षा प्रयोगात्मक र प्रविधिमैत्री हुनु पर्ने कुराममा जोड दिदै डाइनामिक टेक्नोसफट प्रालिले डाईनेमिक एकेमेमिक ईआरपीको अपडेटेड भर्सनहरु विद्यालयको लागी उपलब्ध गराएको छ ।
बजारमा विभिन्न आईटी कम्पनी तथा संस्थाहरुले कन्टेक्न्ट डिजिटलाइज र विद्यालय व्यवस्थापनमा शिक्षा पद्धतिमा विधार्थीको सिकाईलाई डिजिटलाइज गर्ने प्रयास गरिरहेका बेला डाइनामिक टेक्नोसफट प्रालिले ईआरपीको अपडेटेड भर्सन संचालनमा ल्याएको छ ।
डाइनामिक इआरपीमा एकाउन्ट, ट्रान्सपोर्ट, लाइब्रेरी, पेरोल, जिपिएसको समाधान दिन सकिन्छ । यसमार्फत विद्यालयले सबै आर्थिक व्यवस्थापन पारदर्शीरुपमा राख्न सक्छन भने विद्यार्थीले शुल्क तिरेको जानकारी सम्वन्धित निकाय र अभिभावकमा अपडेट गर्नमा समेत यसले सहयोग हुनेछ ।
डाइनामिक अईआरपीले विद्यार्थीहरुको बस वा गाडी कँहा आइरहेको छ वा कतिखेर घरबाट निस्कने समेत जानकारी दिनेछ । विद्यार्थीहरुले घरमै बसि नोट तथा शिक्षकले दिएको होमवर्क हेर्ने र बुझाउन सक्ने भएकोले यस सफ्टवेयरको प्रयोगबाट लाइब्रेरी व्यवस्थापन समेत गर्न सकिन्छ ।
यस सफ्टवेयर मार्फत अनलाइन एटेन्डेन्स गर्नुको साथै विधार्थी र शिक्षकका लागि छुट्टै मोवाइल एप मार्फत थप सुविधा पनि लिन सकिन्छ ।
तसर्थः समग्ररुपमा विद्यालय, विद्यार्थी र शिक्षकलाई समेत यो सफ्टवेयर मार्फत एउटै नेटवर्कमा जोड्न सकिने भएको हुनाले विद्यार्थीको पर्फमेन्स र मार्कसिट पनि यसले उपलब्ध गराउन सक्ने हुँदा सबै सुविधाहरुको लागि अहिले बजारमा डाइनामिक एकेडेमिक इआरपी उपलब्ध भएको कम्पनीका प्रवन्ध निर्देशक दिपक साहले बताए ।
नेपालका सयभन्दा बढि विद्यालयहरुमा सफल प्रयोग भइरहेको यो एप्लिकेशन नेपालका अन्य जुनै सफ्टवेयरभन्दा पनि उत्कृष्ट रहेको साहले दाबि गरे । उनले भने काठमाण्डौ, वीरगंज, चितवन, वुटवल र अन्य स्थानमा पनि यस सफ्टवेयरको प्रयोग भइरहेको छ । यो सफ्टवेयर युजर फ्रेन्ड्लीका साथै उत्कृष्ट सपोर्ट सुविधा समेत कम्पनीले दिने जनाएको छ । शिक्षालाई प्रविधिसँग जोड्दै स्मार्ट स्कुल बनाउन डाइनामिक एकेडेमिक इआरपी उत्कृष्ट प्लाटफर्म भएको प्रयोगकर्ता विद्यालयहरुको भनाई रहेको निर्देशक साहले बताएका छन् ।