पर्साको बहुदरमाई नगरपालिका वडा नं. ५ का सिताराम महतो यही माघ १३ गते विहिवार दिनको १ बजे श्री ने.रा आधारभुत विद्यालय, भौराटारमा पुग्दा विद्यालय संचालन भइरहेको थियो । विद्यार्थीहरु आ आफनो कक्षा कोठामा अध्ययन गरिरहेका थिए ।
विद्यालय बाहिरको माहौल शान्त थियो । केही बेर पछि हातमा लठ्ठी लिएर ४ जना बालबालिका बिद्यालयको प्राङ्गणमा देखिए । उनीहरु विद्यालयको पोशाक लगाएका थिएनन न त उनीहरुको हातमा कुनै शैक्षिक सामग्री नै थियो । उनीहरुसंग कहाँ गईरहेको भनेर प्रश्न सोध्दा नदी तिर शौचालय गर्न र खेल्न गईरहेको बताए । पढन जादैनौ भनेर सोध्दा जादिन्न भनेर त्यस मध्यको अन्दिप महतोले बताए ।
बुवा आमाले पढ्न पठाउनु हुन्न प्रश्न गर्दा मेरो बुवा रक्सी खाएर झगडा गर्नु हुन्छ । पढनको लागि म संग कापी किताव नभएको तथा बुवाले वास्ता नगरेको उनले बताए । उनीसंगै रहेको अजित महतोले पनि आफुलाई पढन मन नलाग्ने भएकोले बिद्यालय नगएको उनले बताए । संगै रहेकी एक जना बालिकाले बुवा आमा घरमा नभएकोले आफु पढन नगएको बताए । बढने उमेरका ती बालबालिकाहरुसंग कुरा गर्दा टाठै कुरा गर्थे । हातमा किताव, कापी बोकेर विद्यालय जाने ती बालबालिकाहरु हातमा लठ्ठी बोकेर विद्यालयको प्राङ्गणमै खेलेको देख्दा मन खिन्न नहुने कुरै भएन । आफना सन्तानको भविष्य बनाउनका लागि आमा बुवाले दिनरात परिश्रम गरेको सुनेका छौ तर यी बालबालिका अभिभावकहरु कस्तो होलान ? आफनो बच्चा जिवनको लागि किन नसोचेका होलान ? आखिर यस्ता अभिभावकहरुको मनमा आफना सन्तानको भविष्यको बारेमा चिन्ता किन लाग्दैन ?
शिक्षाका लागि जति जनचेतना लगाए पनि खराव कुलतका कारण अभिभावकहरु सचेत हुन सकिरहेका छैनन । आफना बालबालिकाको भविष्यको भन्दा पनि जाँड रक्सीमा रमाउने गरेको कारण यस्ता बालबालिकाहरु शिक्षाबाट बन्चित हुने गरेको बताउनु हुन्छ बहुदरमाई वडा नं.६ का मौलादिन मियाँ । यस्ता बालबालिकाको अभिभाव विहान देखि नै रक्सी खाने र घरमा झै झगडा गर्ने गरको उनको भनाई छ । हामी पहिला देखि नै शिक्षामा पछाडी छौ झन यस्ता अभिभावकका कारण कहिले सम्म शिक्षामा पछाडी हुने थाहा छैन उनले भने । हुन पनि हो पर्सा जिल्ला लगायत तराईका जिल्लाहरु पहिला देखि नै शिक्षामा कमजोर छ । तर अहिले पनि सुधार हुन सकेको छैन । आफु त पढिएन तर आफना सन्तालाई पढाएर ठुलो बनाउने सपना देख्नुको सटटा रक्सीले मातिएर सन्तानको भविष्यसंग खेलवाड गर्ने अभिभावकलाई कसले कार्वाही गर्ने? ती अवोध बालवालिकालाई कसले शिक्षा दिने ? उनीहरुको भविष्य कसले बनाउने ?
हुन त नेपालमा अभियान नचलेको होईन । बिद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म ल्याउने प्रयसा पनि नगरिएको होईन तर जसलका अभिभावक नै गैर जिम्मेवार भए पछि अरुले कति दिन हेर्ने ? अभिभावक नै वेवास्ता गरे पछि अरुले कति दिन वास्ता गर्लान त ? ती बालबालिकाहरुलाई विद्यालयमा ल्याउनका लागि आफुले अनेक प्रयास गरेको तर अभिभावकको कमीकमजोरीले गर्दा उनीहरु शिक्षाबाट बन्चित रहेको बताउनु हुन्छ श्री ने.रा. सिताराम महतो आधारभुत विद्यालय, भौराटारका प्रधानाध्यापक नरेन्द्र कुमार झा ।
आफुले पटक पटक प्रयास गरेको र फेरी पनि प्रयसा गर्ने उने बताए । सरकारले भर्ना अभियान त चलायो तर टिकाउ अभयान कसले चलाउने ? बालबालिकाको नाम त विद्यालयको हाजिरीवाला पाना लेखायो तर आफना सन्तानलाई पढाउनु पर्छ भन्ने ज्ञान अभिभावकको मस्तिष्कमा लेखाउन सकिएन ? लोभ र लालचमा अभियानकै लागि भए पनि बालबालिका भर्ना भएको भन्यौ । तर तिनलाई टिकाउन सकिएन भने सवैको लागि शिक्षाको नारा लगाउनुको खास औचित्य छैन ।