नेपाल बहुुसख्ंयक हिन्दुहरुको बाहुल्यता भएको देश हो । इतिहासको पाना पल्टाएर हेर्दा हिन्दु धर्मग्रन्थसंग प्रभावित भएर चलेको देखिन्छ । तर तिनै शास्त्रले महिलालाई अविवाहित अवस्थामा माता–पिताको, विवाहित भएपछि पतिको र एकल अवस्थामा छोराको अधिनमा बस्नुपर्ने मान्यता देखिन्छ । नेपालमा महिलाको मौलिकहक, अधिकार, उत्थान र सशक्तिकरणका लागि विभिन्न संघ–संस्था स्थापना भए संगै अहोरात्र खटिएका छन् ।
महिला हक र अधिकारका कुरा जतिसुकै चर्को स्वरमा गुन्जिएता पनि व्यवहारमा लागु गर्न नसक्नु दुखदायी पक्ष हो । आधा आकाश ओगट्ने महिला मात्र हैन । पद र जिम्मेवारीलाई समेत बहन गर्न सक्ने क्षमतावान बनाउनको लागि निर्णायक स्थानमा महिला सहभागिता अनिवार्य छ । महिला भएकै कारण यो गर्न हुने त्यो गर्न नहुने मात्रै हैन स्थान नै तोकेर महिला भएकै कारण त्यँहा जानु हुदैँन भन्नु महिला वर्गकै अपमान हो । जबसम्म समान अवसर र राज्य संचालनको सबै अगंमा पुरुष सरह सहभागिता हुदैँन । तबसम्म खोक्रो कागजमा मात्र लेखिएका कुरा लागु हुदैँन । समाजले महिलाको चरित्र निर्धारण गर्छ ।
नेपाली महिला हरकोणबाट निर्णय गर्न सक्षम छन तर उनीहरुका निर्णयमाथि सदैव प्रश्न गरिन्छ । निर्णय चित्त बुझेर होइन निर्णय गर्ने व्यक्ति महिला मात्र भएर हो । किनभने अहिलेका नेपाली समाजले पनि महिलाको साहसलाई अन्माद र पुरुषको साहसलाई गौरवका रुपमा हेर्छ । कतिपय सक्षम महिला समेत स्वनिर्णयमा कमजोर हुन्छन् । निर्णय गर्ने क्षमता एकै दिन वा एकै प्रहरमा विकास हुने विशेष चमत्कार होइन । महिलाको अधिकार, कर्तव्य तथा समान सहभागिताको कार्यान्वयन नभएसम्म महिलाको निर्णय गर्ने क्षमता र स्वतन्त्रताको कुरा असम्भव छ । सत्ता चलाउने काम पुरुषहरुको हो भन्ने सोच परिवर्तन गराउन आवश्यक छ । नेतृत्व सबभन्दा पहिले आफनो घरबाट गर्नुपर्दछ । जवसम्म महिलाालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुदैँन । तबसम्म निर्णयमा पनि बन्देज लगाइएका हुन्छन् । निर्णय गर्ने अधिकार पुरुषले विरासतमा दिने बस्तु होइन । विश्व विकासको दिशातर्फ एकदमै दु्रत गतिमा अगााडी बढिरहेका अवस्थामा हाम्रो समाज भने अझै पनि पितृसत्तात्मक सोचाइको जन्जिरबाट बाहिर पूर्णरुपमा निस्कन सकेको छैन ।
महिलाहरु स्वनिर्णय गर्न नसकेको कारणले पनि विभिन्न प्रकारका हिंसा सहेर बस्न बाध्य छन् । महिलाको हितमा बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन सक्दैन । तर कतिपय स्थानहरुमा वास्तविकता भने फरक रहेको पाउन सकिन्छ । महिलाहरुको क्षमता अभिवृद्धि संगसगैं महिलाको मस्तिष्कबाट पितृसत्तात्मक सोच हटाउने क्रियाकलाप देखिन्छ । किन की ती महिलाहरुको मानसिकतामा ठुलो स्थानमा मेरो श्रीमान वा पुरुष नै हुनुपर्ने सोच रहन्छ । महिला योग्य भएर मात्रै नहुँने, नेतृत्वमा पहुँच भयो भने मात्रै अवसर पाउँन सकिने अवस्था देखियो । अहिले सम्मको अनुभवले सार्वजनिक ठाउँमा महिलाका सवालमा संवेदनशील देखिए पनि व्यवहारमा परिवर्तन भएको पाइन्दैन । विकास निमार्ण लगायत अन्य काम गर्दा पनि स्वनिर्णयमा महिलाको सहभागिता न्यून देखिन्छ ।
सार्वजनिक जिवनमा महिलााको सक्रियतामा तुलनात्मक रुपमा कम भएको कुरालाई हिसाबमा राख्दा समेत विचारमा फरक छ । यस अतिरिक्त निर्णय प्रक्रियामा हस्तक्षेप को उपज नै पुरुषहरु अझै पनि आफुलाई प्रधान ठान्ने गरेका छन् । नीति–निमार्ण र कार्यान्वयनमा महिलाको पहुँच न्यून हुनु, महिला संगठन, तह–तप्कामा महिला एकिकृत हुन नसक्नु यसमा गहन अध्ययन गर्न एकदमै जरुरी छ । हाम्रो समाज पितृसत्तात्मक सोच भएको समाज हो । सामाजिक अभियन्ता नेपाली महिला निर्णयको कुरामा मात्र होएन । हरेक असम्भव कुरा सम्भवमा परिणत गर्न शिक्षा चेतना महिलाको आर्थिक स्तर वृद्धि लगायत सुचनाको माध्यमले पनि मुद्धालाई प्राथमिकताका साथ सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ ।