भन्सार विभागबाट जारी भएको नयाँ सुचनाका कारण व्यापारीहरु मारमा परेको भन्दै उधोग वाणिज्य संघ आन्दोलनको तयारीमा लागेका छन् ।
नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम मार्फत जारी भएको लेबलिङ्ग र मुल्य पुस्तीकाको अनिवार्य मुल्यांकनले भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने व्यापारीहरु मारमा परेका कारण व्यवासायीहरुको छाता संगठन उधोग वाणिज्य संघ सरकार विरुद्ध आन्दोलनको तयारी गरेको हो ।
व्यापारीहरुले आयात गर्ने मुल्यलाई नै आधार मानेर भन्सार शुल्क लाग्दै आएकोमा सरकारले राजश्व बढाउने उदेश्यले २०८० साल असाढ २२ गते भन्सार विभागले लेबल लगाउने सम्बन्धी सूचना निकाल्दै २०८० श्रावण १ गतेदेखि लेबलिङ्ग कार्यान्वयनमा ल्याएसंगै व्यवसायीहरु मारमा परेको उधोग वाणिज्य संघको ठहर छ ।
यसबारेमा देशभरका मुख्य मुख्य उधोग वाणिज्य संघले विहिबार पत्रकार सम्मेलन गरेर आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको भन्दै सरकारले निर्णय नसच्याए अन्दोलन नै गर्ने जनाएको छ ।
वीरगंज उधोग वाणिज्य संघले पनि पत्रकार सम्मेलनको आयोजना गर्दै सरकार विरुद्ध व्यापारीहरु आन्दोलनमा लाग्ने चेतावनि दिएका छन् । संघका अध्यक्ष अनिल पटवारीले विभिन्न सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउँमा भइरहेको अनापेक्षित नीतिगत हस्तक्षेपका कारण पनी हामी आन्दोलनको तयारीमा रहेको बताए ।
लेबलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था तथा नयाँ निर्देशिका जारी नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
व्यापारीहरुले आवश्यक प्रक्रियाहरु पु¥याई सम्पूर्ण कागजातहरुका बावजुद भन्सार जाँचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने गरेकाले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गराएको भन्दै लेबलिङ्ग र मुल्य पुस्तीकाको अनिवार्य मुल्यांकनलाई समेट्दै यो मुद्दालाई समेत प्राथमिकताका साथ उठाउँदै आन्दोलन गर्ने संघको चेतावनी रहेको छ ।