स्व.पिता हरिनारायण पौडेल माता पूर्णकला पौडेलको कोखबाट २०२६ साल जेठ २० गते जन्मिएकी भगवती शर्माको जन्म वाग्लुङ्ग जिल्लामा भएको हो । उनी पौडेल परिवारको पहिलो सन्तान हुन् । उनका २ दाजुभाई ३ दिदी बहिनी छन् । बुवाले पढाउन नमाने पनि आमाको सहयोग र जिद्दीले मैले पढ्ने मौका पाएँ उनले भनिन् । शिक्षामा बीच बीचमा अवरोध भए पनि २०४३ सालमा एस. एल. सी उतीर्ण गर्न सफल भएको शर्माले बताइन् । २०४३ सालमै स्थानीय विष्णु प्रसाद चापागाईसंग विवाह भएपछि महिला अधिकार मंच हिंसामा परेका महिलालाई उद्धार गर्ने र क्रममा महिला हिंसामा पर्नुको कारण नियाल्दा आर्य आर्जनमा महिला पछाढी भएकोले महिलालाई अगाढी बढाउने उद्देश्यका साथ जुनतारा बचत तथा ऋण सहकारी संस्था संचालन गर्ने जमर्को गरेको उनको भनाइ छ । उनी २०७५ देखि सो संस्थाको अध्यक्षको रुपमा कार्यरत छन् । उनै जुनतारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भगवती शर्मासँग गरिएको कुराकानी ः
१) वर्तमान समयमा पर्सा जिल्ला सहकारी संस्थाको अवस्था कस्तो पाउँनु भएको छ ?
पर्सा जिल्लामा सहकारी संख्या अत्याधिक छन् । सहकारीको संख्यात्मक मात्रा बढी भएर हुदैन । गुणात्मक रुपमा काम गर्ने सहकारीे अत्यन्तै कम छन् । सहकारीको सिद्धान्त अनुरुप अगाडी बढेको नभई आफ्नो घर परिवार र आफन्तलाइ समेटने गरि नाम मात्रको सहकारी बनाएको छन् । जसमा संख्यात्मक रुपमा अत्याधिक बढी तर काम गर्ने समाजमा सहकार्य गर्ने उद्धेश्य लिएको सहकारी अत्यन्तै न्यून छ । यसलाई सुधार्नु पर्ने अवस्था देखिएको छ ।
२) सहकारी संस्थाहरुको वर्तमान चुनैतिहरु के के हुन् ?
सहकारी संख्या भर्नु पर्दा यसको सिद्धान्त अनुसार अत्यन्तै राम्रो संस्था हो । जब सहकारीको विकास हुन्छ । तब समाजको, राष्ट्रको विकास हुन्छ । एउटा सहकारीको माध्यमले जुनसुकै काममा सफल हुन्छ । जब मानिसले काम गर्दछ । तर विडम्वना के छ भने सहकारीलाई एउटा पेशा, खाने बाटो बनाएका छन् । यसलाई सुधार्नु पर्ने अवस्था छ । राज्यले सहकारीलाई सहकारीको अवधारणा अनुसार मिति ल्याउनु पर्ने हुन्छ । जुन सहकारीको सिद्धान्त र विनिमय अनुसार काम काज गरेको हुदैन । त्यस्ता सहकारीहरुलाई राज्यले छिटो भन्दा छिटो कार्वाही गर्ने तथा तिनीहरुलाई हटाउने प्रक्रिया ल्याउनु पदर्छ ।
सहकारीको मर्म अनुरुप समाजमा सहकारीहरुले काम गर्न नसक्दा यसमा धेरै चुनैति पनि छ । समाजमा विभिन्न काम गर्न थाल्दा पनि ठूलाबडाले खुट्टा तान्ने प्रवृति समाजमा छ । हाम्रो महिलाहरु मात्र सदस्य भएको सहकारी, भएकाले पुरुषहरुले महिलाहरुले केही काम गर्न सक्ने छैनन् । त्यसै सहकारी भनेर दुई चार दिनका लागि उपे्रmका मात्र भनेर असाध्यै कुरा काट्ने, खुट्टा तान्ने, काम गर्न थाले । यो महिलाहरुले गरेका काम सफल हुदैन । गर्न सक्दैनन भन्ने सोच पुरुषहरुमा भएको कारणले काम गर्ने क्रममा अत्यन्तै कठिनाई पनि भयो । त्यो कठिनाईका बाबजुत पनि हामी अगाडी वढेका छौ । २०६५÷२०६६ सालमा हाम्रो सहकारीको दर्ता भएको हो । त्यसपछि विभिन्न चुनौतिहरुको सामना गर्दै अगाडी बढेका छौ । अहिले हाम्रो सहकारीलाई हेर्ने हो भने ३०० जना महिला दिदी बहिनीहरु मिलेर अगाडी बढेका छौ र समाजमा असाध्यै राम्रो प्रभाव पारेको छ ।
३) स्थानिय सरकार बनिसकेको अवस्थामा तपाईले सहकारीको लागि के कस्तो सुविधाहरु प्राप्त गर्नु भएको छ ?
स्थानिय सरकारवाट अहिले कुनै पनि सुविधा प्राप्त गरेका छैनौ । पहिलाको अवस्थामा डिभिजन सहकारी कार्यलय भनेर सहकारी दर्ता गराउने । उसको निगरानीमा सहकारी अगाडी बढाउदथ्यो । कम्तिमा १÷२ महिनामा सहकारीको निरिक्षण गर्ने, मुल्याङ्कन गर्ने , तालिमहरु संञ्चालन गर्ने कार्य डिभिजन सहकारीले गर्दथ्यो । सहकारीहरुले पनि आफ्नो मासिक प्रतिवेदन पठाउन पर्दथ्यो । अहिले मासिक प्रतिवेदन कहाँ पठाउने कुनै निकाय ।। छैन हामी अन्यौलमा छौ । अहिले नगरपालिकाको टेवलमा राखिदिनुस भनिन्छ तर हेर्ने निकाय छैन ।
४) स्थानीय सरकारले कस्तो निति ल्याउँदा सहकारी संचालन गर्न सहयोग हुन्छ ?
सहकारी भनेको समाजमा सहकार्य गर्दै अगाडी बढ्ने सामाजिक संस्था हो । त्यसलाई मजबुत बनाउन स्थानिय सरकारले एउटा छुट्टै कार्यालय खडा गर्नुपर्ने हुन्छ । जसले सहकारीहरुको गुणात्मकत्तालाई बढाउन सहयोग गर्ने मासिक निरिक्षण गर्ने, विभिन्न किसिमका सेवा सुविधाहरु उपलब्ध गराउने सहकारी सम्बधी शिक्षा दिन र सहकारीहरुको मुल्याङ्गन गर्ने कार्य गर्दा सहकारी सञ्चालनमा सहज हुन्छ ।
५) तपाई एउटा महिला भएको कारण ग्रामिण क्षेत्रमा सहकारीमा काम गर्नका लागि घरपरिवारबाट कस्तो सहयोग पाउनु भयो ?
ग्रामिण क्षेत्रमा महिला दिदी बहिनीहरुलाई समेटेर सहकारी बनाउनु अत्यन्तै चुनौतिपूर्ण कार्य हो । महिलाहरुकाम गर्न सक्ने होईनन् किन उफ्रेका होलान भनेर चोक चोक घरघरमा कुरा काट्ने पुरुषहरु असंख्य थिए । वि.स २०६३–२०६६ साल सम्म सहकारीको विनिमय बनाउने दर्ता गर्ने प्रक्रियामा लाग्यो । सहकारी बनाउन बडो कठिन भयो ।
पछिल्लो समयमा झोलाबाट महिलाहरुको कठौतीमा रहेको पैसालाई संस्थागत गर्न, बचत तथा ऋणमा लैजानका लागि अत्यन्तै कठिन भयो । बिस्तारै हामी अगाढी बढ्दै गयौ । महिला दिदी बहिनीहरुले पनि असाध्यै सहयोग गर्नुभयो । महिलाहरुले पनि आय आर्जन गर्नुपर्छ आर्थिक रुपमा अगाडी बढ्नु पर्दछ भन्ने विचारले काम काज गर्दै गयौ । फल स्वरुप २५ जना शेयर सदस्यबाट सञ्चालन भएको सहकारीमा हाल ३०० जना शेयर सदस्य रहनु भएको छ । भने ४ करोडको कारोबार भएको छ । बिरुवा गुठिको अवस्था ऋण सहकारी उदाहरणीय रुपमा छ । त्यहाँ काम गर्ने क्रममा महिला दिदी बहिनीहरु अत्यन्तै सहयोग गर्नुहुन्छ भने पुरुषहरुले पनि सहयोग गरेको अवस्था छ । हिजो आयआर्जन गर्न नसक्ने महिलाहरुले पनि १० १२ वटा गाई पालन गरी दिनको २५ ३० ली दुध बेचेर मासिक ३०००० सम्म आर्य आर्जन गरेका छन् भने द्यैनिक ३०० । बचत गर्ने महिलाहरु पनि समुह छन् । समाजमा उदाहरणीय एउटा सहकारी बनेको छ भने १० वर्ष अगाडीबाट महिला अधिकार लैङ्गिक हिंसाको विरुद्धमा र महिलाले आय आर्जन गनुपर्छ भन्ने कार्यमा अगाडी बढेको हुँदा समाजमा उदाहरणीय रुपमा रहेका छन् । त्यसैले घर परिवार र समाजबाट म सन्तुष्ट छु ।
६) तपाई कसको प्रेरणाले यस क्षेत्रमा आबद्ध हुनुभयो ?
बाल्यकाल देखिनै समाज प्रति झुकाब र सामाजिक कार्य प्रति लगाव भएकोले हो । विद्यालय हुँदा पनि म बाल समुह, किशोर, किशोरी समुह बनाउने र सबै संगठनमा आबद्ध हुनुपर्छ भन्ने विचार धारा भएको हुँनाले यसरी अगाडी आउन सकेको हुँ । त्यस्तै २०५८ सालमा बाग्लुङ्गबाट बसाईसराई गरि पर्सा जिल्लामा आएपछि आमा समुहकी अध्यक्ष जानुका तिमलसीना दिदीले तिमी पढेलेखेको महिला हौ । तिमी अघि बढ्नु पर्छ भनी हौसला दिनु भयो र मेरी सासुआमाले पनि मलाई असाध्यै साथ दिनु भयो ।
७) निर्णायक तहमा कार्य गर्दा महिला र पुरुषमा अरुले गर्ने व्यवहार कत्तिको फरक पाउनु भएको छ ?
सुरुको अवस्थामा पुरुष र महिला बिच हेर्ने दृष्टिकोण अत्यन्तै फरक हुन्छ । संर्घष बिना कुनै पनि तहमा कार्य गर्न सहज छैन् । आफ्नो स्थान आफै बनाउँनु पर्छ । संर्घष पश्चात महिला र पुरुषले बोलेका कुराहरु सुन्ने व्यक्तिहरुले कसको कुरा ठिक छ भनि छुट्याउन सक्दा बोल्न र काम गर्न सजिलो भएको छ । सुरुको अवस्थामा उनिहरुले हेर्ने दृष्ट्रिकोण, बोल्ने कुरा उनीहरुले गर्ने व्यवहार कहि न कहि विभेद पाईन्छ ।
८) वर्तमान समयमा सहकारी संस्थाको कत्तिको महत्व छ ?
सहकारी बिना मानव समाज अगाडि बढ्न सक्दैन । सहकारी भनेको समाजमा सहकार्य गर्दै अगाडी बढ्नु हो । अहिलेको परिपेक्षमा भन्नु पर्दा विद्युतीय उपकरणहरुको प्रभावले मानव एक्लीएको अवस्था छ । समाजमा एउटै तह तप्काका मानिसहरु संगठिन हुन आवश्यक छ । विधिवत रुपमा सहकारी दर्ता गराएर, आफूले एउटा उद्देश्य बोकेर त्यसै अनुरुप कार्य गर्ने व्यक्ति, पारिवारीक र सामाजिक रुपमा अगाडी बढ्दछ भने राष्ट्रको विकास हुन्छ त्यसैले वर्तमान समयमा सहकारी संस्थाको महत्व छ ।
९) तपाई यस व्यवसायमा कार्य गर्न लाग्ने महिलाहरुलाई के भन्न चाहानु हुन्छ ?
महिला दिदी बहिनीहरुलाई आफ्नो उद्देश्य र आत्म विश्वास लिएर अगाडी बढ््दा राम्रो हुन्छ भन्न चाहन्छु । काम गर्न आँट गरेर अगाडी बढ्दा समस्याहरु त आउँछन् तर काम गर्न नसकिने भन्ने होइन । पुरुष सरह महिलाले पनि हरेक कार्य गर्न सक्दछन् । उद्देश्य अनुरुप निरन्तर कार्य गर्न लागि प¥यो भने अवश्य सफलता प्राप्त हुन्छ ।