सात प्रदेश मध्ये सबैभन्दा बढि जनघनत्व (६३३ प्रति वर्ग कि.मि.) रहेको मधेश प्रदेश कृषि उत्पादनको लागि पनि त्यतिकै अग्रणी रहेको छ । देशको कुल घरधुरी ६६ लाख ६६ हजार ९३७ मध्ये मधेस प्रदेश प्रदेशमा ११ लाख ५६ हजार ७ सय १५ रहेको पनि तथ्याँकमा प्रष्ट हुन्छ ।
प्रदेशको कुल ६१ लाख १४ हजार ६ सय जनसंख्यामध्ये ३० लाख ६५ हजार ७ सय ५१ पुरुष र ३० लाख ४८ हजार ८ सय ४९ महिलाको समेत उपस्थिति यो प्रदेशमा नै छ । मधेस प्रदेशको औसत घर परिवारको आकार ५.२९ रहेको तथ्याँक पनि आफै बोलिरहेको छ । मधेस प्रदेशमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान १०.३ प्रतिशत रहेको छ । जुन सातवटै प्रदेशमध्ये मधेस प्रदेशको साक्षरता अवस्था सबैभन्दा कमजोर सावित भएको हो । यहाँ ६३.५३ प्रतिशत जनसंख्या साक्षर छ ।
साक्षरमध्ये ७२.४५ प्रतिशत पुरुष र ५४.७० प्रतिशत मात्रै महिला छन् । मधेस प्रदेशमा सबैभन्दा बढी साक्षरता भएको जिल्ला पर्सा र सबैभन्दा कम साक्षरता भएको जिल्ला रौतहट ५७ दशालव ७५ प्रतिशत रहेको भेटिन्छ । देशको कुल जनसंख्यामध्ये मधेस प्रदेशको जनसंख्या करिब २१ प्रतिशत रहेको र यो जनसंख्याको ठूलो हिस्सा अरु प्रदेशको तुलनामा पुग्न नसक्नु प्रदेशवासीको लागि पनि लज्जाको बिषय हो । मधेस प्रदेशको जनघनत्व सातवटै प्रदेशभन्दा धेरै अर्थात ६३३ प्रति वर्ग कि.मि. हुनु र शिक्षा, स्वास्थ्य, कृषि उत्पादकत्व जस्ता कुरामा पछि पर्नु भनेको राम्रो संकेत होइन ।
नेपालको समग्र आर्थिक गरिबी २५ दशमलब दुई प्रतिशतमा आर्थिक गरिबी दरमा मधेश प्रदेश तेस्रो नम्बरमा छ । मधेस प्रदेशको समग्र सूचकांक र हालै अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनले मधेस प्रदेशको अवस्था राम्रो नदेखिनु अब मधेश माथि नउठी नहुने टट्कारो दवाव पनि हो । यो कहालीलाग्दो अवस्थालाई चिर्न सर्वप्रथप यो प्रदेशको सरकार जुरुक्कै माथि उठ्न सक्नु पर्छ । त्यो भनेको कृषिमा आधारित यो प्रदेशमा कृषि उद्योग नीति ठोस् रुपमा लिएर अगाडी बढ्न मधेश प्रदेश सरकारले अग्रसरता देखाउन ढिलो भइसक्यो । तथ्याँक अनुसार जनघनत्व, शिक्षाको साक्षरता र कृषिको फसल जमिनमात्र नभई उद्योग व्यापारको लागि पनि यो प्रदेशको भूगोल अरु प्रदेशको तुलनामा प्रचुर सम्भावना बोकेको भूगोलमा पर्छ ।
यस्तो प्रदेशमा बसेर पनि मधेस प्रदेशमा गरिबीबाट मुक्तीका लागि अगाडी पुग्न नसकी हरेक सूचकाँकमा मधेश पछाडी पर्नु राम्रो संकेत नभएको यहाँका बुद्धिजिबीहरुको तर्क समेत छ । अझ आर्थिक वृद्धिदर ११ प्रतिशत पु¥याउन कृषिमा क्रन्ति र रोजगार क्षेत्रको बृद्धिलाई मुख्यरुपमा अगाडी बढाउनु पर्ने उनीहरुको सुझाव अन्यथा होइन । तब मात्र आत्म निर्भरताको कुरा र अरु प्रदेृशसँगको तुलनामा मधेश प्रदेश अब्बल सावित हुनेमा दुईमत नहुन सक्छ । तुलनात्मक लाभ लिन पनि सुरुमा त आफै नजागी हुँदैन भनेझैं स्थानीय कृषिबाली र आधारभूत खाद्य वस्तुको उत्पादनमा वृद्धि गर्ने, कृषि तथा उद्योग क्षेत्रमा सिर्जना भएका स्थानीय रोजगारी र सम्भाव्य रोजगारी क्षेत्रका लागि चाहिने क्षमता, सिपयुक्त जनशक्ति निर्माण र विकासमा लगानी गर्ने रणनीति अपनाउन पञ्चवर्षीय योजना सहित अगाडी नबढे उद्देश्य प्राप्तिमा सार्थकता हुँदैन ।
मधेसमा कृषिमा पर्याप्त सम्भावना छ । तर कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण छैन । कृषि उत्पादनका लागि उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारले ढिलो गर्नु हुँदैन । कृषि विज्ञहरुको सुझाव झन अरु क्षेत्रभन्दा पनि कृषिमा बढि प्राथमिकता दिनुपर्ने प्रष्टै छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर