यतिखेर यत्रतत्र सर्वत्र भ्रष्टाचारले व्याप्त छ । यही ढंगले भ्रष्टाचारले अघि बढन पायो र बेलैमा नियन्त्रणका लागि आवश्यक कदम चाल्न सकिएन भने नेपाल भ्रष्टाचार प्रधान देशमा निश्चित रुपमा परिणत हुनेछ । पाएसम्म सकेसम्म अख्तियार दुरुपयोग र भ्रष्टाचार व्याप्त रुपमा सर्वत्र भ्रष्टाचार भैरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक कूटनीति, प्रशासन, न्याय सम्पादन सबै क्षेत्रमा विद्यमान भ्रष्टाचारले हाम्रो देश नेपालको स्वतन्त्रता, स्वाधिनता सार्वभौमिकता, स्वाभिमान, अखण्डतामा गम्भीर आँच पुग्न गएको छ । भ्रष्टाचार व्याप्त रहेको सबैले महसुस र अनुभूति गरेका छन् । चिन्ता र चासो पनि लिएको पाइन्छ । तर भ्रष्टाचार मात्रा घट्नुको बदला बढिरहेको छ । भ्रष्टाचारको यात्रामा जनप्रतिनिधी, सरकारी कर्मचारी सबै उत्साहित छन् । सुरक्षा निकाय (सेना) जनपथ, सशस्त्र प्रहरी ) मा भ्रष्टचार कायम भएपछि भ्रष्टाचार नियन्त्रण हुने प्रश्नै उठ्दैन ।
भ्रष्टाचार, घुसखोरी, आर्थिक अनियमितताको समाचार, जानकारीका संचार माध्यामहरु चुकेका छैनन् । संचार माध्यामहरुले दैनिक रुपमा सम्प्रेषण गरेका समाचारको अध्ययन गर्ने हो भने साना भ्रष्टचार, घुसखोरी, अनैतिक ज्यादतिको सबै घटनादेखि ठूला नीतिगत भ्रष्टाचार संस्थागत भ्रष्टाचार, संगठनात्मक अपराध, योजनाबद्ध षडयन्त्र र भ्रष्टाचार सम्बन्धी समाचार सबै सम्प्रेषण र सार्वजानिक भएका छैन । तैपनि भ्रष्टाचारी र अपराधीको मन, मुटुमा डरको ड्याङ्ग्रो बज्न सकेको छैन । यतिखेर पाप र अपराध धुरीबाट कराईरहेको छ । केही भ्रष्टाचारी र अपराधी जेलमा कोचिएका छन् । ठेगान लागेका छन् । तर पनि भ्रष्टाचार मुक्त समाज निर्माणका लागि आवश्यक वातावरण बन्न सकेको छैन । भ्रष्टाचार, असभ्य देश र समाजको परिचय हो । भ्रष्टचार अख्तियार दुरुपयोग गर्नु भनेको परस्त्री गमन सरहकै अपराध हो । भ्रष्टचारी,घुसखोरी,दलाल,विदेशी एजेण्ट देश र समाजका साझा शत्रु हुन् । यिनिहरुको मुखमा थुक्नै पर्दछ । पाइला–पाइलामा बहिष्कार र तिरस्कार गर्नुपर्दछ । भ्रष्टाचारीको बाँकी जीवन जेलमै सडाउनु, गलाउनु पर्दछ । भ्रष्टाचारीले जाने, बुझेका र सम्झेका होलान् । जहाँ पाप, त्यहाँ फलिफाप, भ्रष्टाचारले केही क्षण फलिफाप र सुख केही मान्छेलाई दिएको हुन सक्छ । बाँकी समय उस्ले पश्चताप र ग्लानीको निरर्थक जीवन बिताउनै पर्दछ । भ्रष्टाचार र भ्रष्टाचारी, भ्रष्ट दलाल पूँजीवादी बहुदलीय संसदीय व्यवस्थामा आएर छर्लङ्ग भएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा देश र जनता जागिसकेका छन् । भ्रष्टाचारीलाई माफी दिएर बचाउन सकिने अवस्था छैन । महमा मौरी झुम्मिए झैं मासुमा झिंगा भन्किए झंै भ्रष्टचारीहरु अब बच्न नसकिने भइयो, जीवन बेकार भयो भनेर भ्रष्टाचार विरुद्धको अभियान वरिपरि घुम्न पुगेका छन् । भ्रष्टाचार विरुद्धको महा अभियानकालागि यतिखेर समय वलवान खडा भएको छ । राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै भ्रष्टचारलाई अन्त्य गर्नु भ्रष्टाचार विरुद्ध महाअभियान बाहेक अर्को उपयुक्त विकल्प छैन ।
भ्रष्टाचार विरुद्ध खबरदार, होसियार सावधान गर्न भ्रष्टाचार विरुद्ध जुन आन्दोलन स्वतस्फूर्त देशभर हुनुपर्दछ । यसको तयारी भइरहेको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउने संसदवादीहरु यतिखेर भ्रष्टाचारको अभियुक्त भएका छन् । संसदवादी पदासिन जनप्रतिनिधी शासक, प्रशासक कोही भ्रष्टाचार अभियोगबाट चोखा नरहेकोले जन आन्दोलनबाट जनादेश सरकारले यथास्थितिमा उथल पुथल ल्याउन राज्य पनि संरचना पुनजागरण अभियानमा बढीमा १५ दिन चर्काएर विद्यमान दलाल व्यवस्थाले देश र जनतालाई वर्वाद गर्ने जिम्मेवार सबै व्यक्तिलाई कडा कानूनी कार्वाही गराउन जनताले कुनै कसरत बाँकी राख्नु हुदैन । देशभक्त क्रान्तिकारी भ्रष्टचार विरुद्ध महाअभियानका अभियन्ता सबै नेपाली जनताहरुले आन्दोलनमा सक्रिय सहभागिता राख्नुपर्दछ । नेपाल राज्यको संविधान धारा २७३ ले भ्रष्टचार विरुद्ध जनतालाई सडक संघर्ष गर्नु पर्दछ । तब मात्र भ्रष्टाचार निर्मूल निवारणको वातावरण बनाउनु पर्दछ । अहिले नेपालको प्रमुख समस्या भनेको व्याप्त भ्रष्टाचार नै हो । सुन्दर, शान्त, विशाल नेपाल निर्माण गर्ने हो । देशभक्तिपूर्ण भ्रष्टाचार विरुद्धको महाअभियान, महाआन्दोलनमा देशप्रेमी, विकासप्रेमी नेपाली जनताहरु एक पटक जुरुक्क उठ्नै पर्दछ । गोलबन्द हुनै पर्दछ । शुन्यबाट सुरु गर्न यथास्थिरको दलाल पूँजीवादी व्यवस्था र भ्रष्ट बहुृदलीय नेतृत्व गरेर कुनै दाग नलागेको देशभक्त इमान्दार नेतृत्व, टिम वर्क, सामुहिक नेतृत्व छानिछानीकन स्थापित गर्नु पर्दछ । भ्रष्ट दलाल हिजोका नेतृत्व विरुद्ध निर्मम कठोर तरिकाले जन कार्वाही हुनुपर्दछ । भ्रष्टचारीहरुलाई कुनै ठाँउ नमिल्ने राजनीतिक व्यवस्था र दायित्व चेतनशील नेपालीहरु कै हो । सत्ताकालागि राष्ट्रको चौतर्फी विकास निर्माणकालागि हुनुपर्दछ । भ्रष्टचार विरुद्ध अभियानमा सक्रिय व्यक्तिहरुले नयाँ सपथ लिएर म भ्रष्टचार गर्दिन भनेर जीवन पद्धति बनाउनु पर्दछ । सम्मानित, मर्यादित जीवनकोलागि भ्रष्टचार त्याग्नै पर्दछ ।
सार्वजानिक जीवन बिताउने, महत्वपूर्ण पदधारण गर्ने जो कोहीका विरुद्ध निरन्तर जन निगरानी हुनुपर्दछ । सशक्त जन दबाव समुह खडा भएपछि मात्र भ्रष्टचार विरुद्ध महाअभियानले आफ्नो उद्देश्य र लक्ष्यलाई सफलिभूत, परिमाणमुखी बनाउन सक्छ । अनैतिक सम्पत्ति कमाउनु महाअपराध हो । भ्रष्टाचारले नेपाल र नेपालीको भविष्य अन्धकार र अनिश्चित बनाउदै लागिरहेको छ । भ्रष्ट आचरण आजैबाट सबैले सधैकोलागि त्यागेर श्रम र उत्पादनमा जुटेर, परिश्रमी जीवन बिताउने प्रण गर्ने बेला, अवसर आएको छ । भ्रष्टाचाबाट मोक्ष हुन चाहने, मुक्ति हुन खोज्ने सबैले एउटै राष्ट्रिय मूलमन्त्र अन्तर्गत भ्रष्टचार विरुद्ध महाअभियानमा जुटन अब बिलम्ब गर्नु हुदैन । अख्तियार दुरुपयोग निवारण आयोग स्थापना भएको र भ्रष्टाचार विरोध कुरा उठेको, आवश्यक नीति कानुन बनेको अदालत खडा भएको धेरै वर्ष बितिसकेको छ । तर भ्रष्टाचार उन्मूलन र निवारणको बदला झन झन झ्याँगिदै र मौलाउदै गएको छ । यसकोलागि संसदीय दलीय व्यवस्था दोषी देखिएको छ । यथास्थितिको अवस्थामा आमूल परिवर्तन गर्न भ्रष्टाचार विरुद्ध महा जनआन्दोलन गर्नुपर्ने वाध्यता आएको छ ।
भ्रष्टाचार विरुद्ध जनआन्दोलनको रुप लिनु पर्दछ । आम शोषित उत्पीडित जनता, देशभक्त शक्ति, प्रगतिशील वामपंथी शक्ति सबै एउटै सहमति, एउटै सहकार्य एउटै राष्ट्रिय मोर्चामा आबद्ध भएर भ्रष्टाचारीहरुलाई जिम्मेवारीको पद, घर, समाज छोडेर भागाभागको अवस्थामा पु¥याउन जरुरी छ । भ्रष्टाचारीहरुलाई गाँस र बास दिनु अपराध हो । भ्रष्टाचारीहरुले लुक्ने, भाग्ने, उम्कने मौका पाउनु हुदैन । आफूले गरे जतिको भ्रष्टाचार र अपराधको उचित दण्ड सजाँय पाउनु पर्दछ । उसले पश्चतापको जिन्दगी बिताइरहनु पर्दछ । तब मात्र भ्रष्टाचार र अपराध मुक्त समाज निर्माण हुन्छ । भ्रष्टाचार र अपराध छोडेर मानिसहरु श्रम र उत्पादन गरेर घर परिवारको जीविका चलाउने, खुशी र सुखी बन्ने सभ्य समाज निर्माण हुन्छ । यो कल्पना हो । असम्भव भन्ने केही छैन । इच्छा शक्ति र सत्कर्म ग¥यो भने सकारात्मक कुरा सम्भव छ । देश र जनताको सर्वोत्तम हित, सर्वाङ्गिण विकास, आत्मनिर्भरको सुनिश्चित वातावरण भ्रष्टाचार उन्मूलन समाजमा मात्र सम्भव छ । दलाल पूँजीवादी संसदीय व्यवस्थाले भ्रष्टाचारको संरक्षण गर्दछ । उन्मूलन गर्न सक्दैन । अशान्ति अस्थिरता अत्याचार, ज्यादति संसदीय दलाल पूँजीवादी व्यवस्थाको गुण नै हो । यो अवस्थाले शोषण रहित समाज, भ्रष्टाचार उन्मूलन समाज निर्माण गर्न सक्दैन । नेपाल र नेपाली समाजलाई भ्रष्टाचारबाट बर्वादिकरण हुन नदिन र लोककल्याणकारी व्यवस्था समाजवादी व्यवस्था स्थापना गर्न भ्रष्टाचार विरुद्ध महाआन्दोलन एक मात्र सशस्त्र हतियार हो । भ्रष्टाचार विरुद्ध देशभक्तिपूर्ण आन्दोलन हो । शासनसत्तामा मात्र केन्द्रित हुने आन्दोलन नभएर निरन्तर राजनीतिक र कुटनीतिक सन्तुलन, दिगो विकासकालागि अघि बढदो आन्दोलन हो । यो आन्दोलन शक्तिमान, उदीयमान नेतृत्व जन्माउँछ । राष्ट्र निर्माणका दिन सुरुवात हुन्छ । भ्रष्टाचार विरुद्ध महाआन्दोलन शान्तिपूर्ण देशभक्तिपूर्ण आन्दोलनमा रुपान्तरण र स्थापित हुनुपर्दछ । अहिलेसम्म जसले अनैतिक तरिकाले अकूत सम्पत्ति जायजेथा कमाएका छन् । ती सबै राष्ट्रियकरण गरेर राष्ट्र निर्माणमा खर्च गरिनु पर्दछ । तबमात्र विदेशी ऋण विस्थापित गरिब राष्ट्रको शक्तिबाट नेपाल माथि उठ्न सक्दछ । यो देश साझा देश हो । सबैमा चेतना भया ।
भ्रष्टाचार विरुद्धका निवारणात्मक नीति तथा व्यवहारकालागि नेपालले भ्रष्टाचार विरुद्ध संयुक्त राष्ट्र संघीय महासंन्धीमा हस्ताक्षर गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालमा भ्रष्टाचारको अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन प्रकाशित गर्दै आएको छ । जन निर्वाचित सरकारको नियत खराब र पारदर्शी नभएका र कानून, व्यवहार फितलो र मोलाहिजापूर्ण रहेकोले, आग्रह, पूर्वाग्रह कायम रहेकोले भ्रष्टाचार विरुद्धको महाअभियान काग कराउदै, पिना सुक्दै झंै अवस्थामा छ । उपप्रधानमन्त्री, गृहमन्त्री लगायत भूटानी नागरिकता किर्ते प्रकरणमा जेलमा कोचिएकाले भ्रष्टाचार विरुद्ध महाअभियानले मूर्तरुप लिने विश्वास धेरैको छ । सरकार अस्थिर, संसद अस्थिर रहेसम्म भ्रष्टचार विरुद्धको अभियान हात्ती आयो, हात्ती आयो भन्ने उखान झंै हुने अडकल धेरैको छ । अनि भ्रष्टचारीलाई कसले कहिले गर्ने कार्वाही ?
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर