वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले मंगलबार खानेपानी संस्थानका अध्यक्षसहितको टोलीलाई वीरगञ्ज बोलाएर यहाँको अवस्थाबारे जानकारी गराएका हुन् ।
संस्थानमा कर्मचारीको अभावका कारण महानगरले सार्वजानिक स्थानमा पानीको धारा जडानको कार्य अलि सुस्त भईरहेको भन्दै हाल आवश्यक कर्मचारी थप गर्न महानगरका प्रमुख सिंहले खानेपानी संस्थानका टोलीसँग अनुरोध गरेका छन् ।
पहिले ६ जना प्लम्बर मात्र रहेको सो कारण अलि कठनाई भएको त्यस निम्ति अझै थप १६ जना प्लम्बरलाई नियुक्त गरि धारा जडानको कार्यलाई तिब्रता दिइएको संस्थानका अध्यक्ष गुणाकर भुषालले जानकारी दिए ।
संस्थानले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई तिब्रता दिए पानीको हाहाकारबाट गुज्रिरहेका यहाँका नागरिकले राहत अनुभुति गर्ने विश्वास मेयर सिंहले लिए । सार्वजनिक धारा जडानका लागि महानगरले प्राविधिकको ४ वटा छुट्टा छुट्टै टोली नै खटाएको छ । महानगरको टोलीसँगै एक जना संस्थानको कर्मचारी पनि अनिवार्य हुनु पर्ने भएकाले संस्थानले आफ्नो कर्मचारी दिन नसक्दा महानगरबाट खटिएको टोलीले लक्ष्य अनुरुप काम गर्न सकेको छैन । जनशक्ति थपिएसँगै अब लक्ष्य अनुरुप काम हुने संस्थान वीरगञ्ज कार्यालयका प्रमुख निरण महर्जन बताए । संस्थानले अहिले सार्वजनिक स्थानमा धारा जडान गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उहाँले व्यक्तिगत धारा जडानको मागलाई पनि सम्बोधन गर्न काम गरिरहेको जनाए ।
मंगलबार भएको छलफलमा खानेपानी संस्थानले धारा जडान गर्न पाइप विच्छ्याउँदा महानगर क्षेत्रमा खनेको सडक र सडक पेटी यथासिघ्र छिटो मर्मत गरिदिने प्रतिबद्धता समेत जनाएको छ ।
महानगरका मेयर सिंहको कार्यकक्षमा भएको छलफलमा संस्थानका अध्यक्ष गुणाकर भुषा, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, खानेपानी संस्थानका संचालक वासुदेव अर्याल, निरु दर्लामी कुँवर, महाप्रबन्धक इश्वर प्रसाद, संस्थानका वीरगञ्ज कार्यालय प्रमुख निरण महर्जन, प्रविण कुमार साह, मेयरका प्रेस सल्लाहकार महेश दास लगायतको उपस्थिति रहेको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर