पर्साको बिन्दबासीनी गाँउपालिकाले ३१ करोड ३ लाख ३४ हजारको बजेट ल्याएको छ । १३ औँ गाँउ सभाबाट पालिकाले चालु आर्थिक वर्ष ०८०/०८१ का लागि उक्त मूल्य हारहारीको बजेट प्रस्तुत गरेको हो ।
गाँउपालिका कार्यलयद्धारा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष ज्योति चौधरीले सो रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले उक्त बजेटमा कृषि, सिचाँईलाई विशेष प्राथमिकता दिएको छ । बिकासको कार्य आयोजना गर्दा समाजसेवीको भावना आत्मसात गरि आयोजना गर्न अध्यक्ष प्रमोद तिवारीले आग्रह गरे । सबैको हातमेलो भई मात्र बिकास सम्भव हुने त्यसैले बाधा अड्चन र्सिजना नगर्न अध्यक्ष तिवारीले अनुरोध गरे । उहाँका अनुसार कृषिमा आधुनिकिकरण भएमात्र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिकास सम्भव हुन्छ । त्यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र महिला तथा बालबालिकाको हितमा काम गर्ने मूख्य प्राथमिकतामा राखेको अध्यक्ष तिवारीको तर्क रहेको छ ।
पालिकाले ‘एक वडा एक माध्यमिक विद्यालय’ को अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाको शिक्षामा अनिवार्य उपस्थिती गराउने निति ल्याएको अध्यक्ष तिवारीले जानकारी दिए । त्यस्तै एमबीबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा लागि निरन्तरता दिईने निति पालिकाले निर्णय गरेको छ ।
पालिकाले ल्याएको बजेट नेपाल सरकारको वित्तीय हस्तान्तरणतर्फ २९ करोड ३७ लाख ६४ हजार ८ सय, प्रदेश सरकारको वित्तीय हस्तान्तरण ६५ लाख, आन्तरिक राजस्व र गत आव मौज्दात एक करोड ७० हजार रहेको छ । यस्तै व्ययतर्फ गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना २ करोड ८३ लाख, वडा स्तरीय आयोजना ३ करोड ७५ लाख, गत आवको दायित्व, विषयगत शाखागत बजेट, विभिन्न कोषहरू समेत ४ करोड ८० लाख ७० हजार छुट्याइएको उपाध्यक्ष चौरसियाले जानकारी दिए ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर