पिता लक्ष्मीकान्त तिवारी तथा माता विन्दवासिनी देवीको कान्छो सन्तानका रुपमा वि.सं. २०३७ सालमा जन्मिएका संतोष कुमार तिवारी वीरगंज बासीका लागि अपरिचित नाम होईन । विद्यालय जीवन देखि नै राजनीतिमा होमिएका तिवारी २०७३ को स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको वडा नं.१९ बाट संघीय समाजवादी फोरम नेपालबाटका निर्वाचित वडाध्यक्ष हुन् । वि.सं. २०५२ सालमा त्रिजुद्ध मा.वि बाट एस्.एली उतीर्ण गरेका तीवारीले रक्सौलको केसिटिसि नामक कलेजबाट प्रविणता तहसम्मको अध्ययन पुरा गरेका छन् । बुबा पंचायतकालमा जिल्ला पंचायत सदस्य, प्रजातन्त्र पछि रा.प्र.पा को क्षेत्रीय अध्यक्ष, जिल्ला अध्यक्ष र स्थानीय स्तहको निर्वाचन देखि संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य हुन् । समाजका लागि केही गरौ भन्ने भावना भएको र पारीवारीक पृष्ठ भूमी पनि राजनीतिबाटै भएकोले आफू पनि राजनतिमा लागेको उनले बताए । यो साता मध्य नेपालको लागि गरिएको कुराकानी
१) वडा नं.१९ लाई समृद्ध बनाउन कस्ता कस्ता योजनाहरु बनाउनु भयो ?
समृद्ध र सुन्दर वडा बनाउनका लागि आाथिक बर्ष २०७४/२०७५मा ६०/६१ लाख बजेट यस वडाको लागि विनियोजन गरेका थियौ । जुन रकम यहाँको सडक, नाला, बोरिङ्ग लगायतका विकासे योजनामा खर्च ग¥यौ । यो १९ नं. वडा भनेको एकदमै ग्रामीण वडा हो । आर्थिक बर्ष २०७५/२०७६ मा ७१ लाखको बजेट छुट्याइएको छ । त्यस बजेट बाट यस वडालाई विकसित समृद्ध र कृषि क्षेत्रमा पनि उन्नत जातका बिउहरुको प्रयोग गर्न योजना बनाएका छौ । पौष मसान्तको समिक्षा बैठक पछि २०७५/२०७६ को योजनाका कामहरु पनि एकदमै द्रुत गतिमा अगाडी बढी रहेको छ ।
२) कृषिमा आधारित जनताहरुका लागि कस्तो योजना बनाउनु भएको छ ?
वडा नं. १९ मा विकासे काममा बढी ग्राहयता दिनु पर्ने भनेकै कुषि क्षेत्रमा हो । यहाँका ८० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारीत छन् । ग्रामीण वडा भएको कारणले पहिला नहरको सुविधा थियो । अहिले त्यो सुविधा पनि छैन । त्यसकारण कृषि उत्पादनका लागि सिचाईको अति आवश्यक हुने भएकोले हामीले आर्थिक बर्ष २०७५÷२०७६ मा बोरिङ्गहरु बनाउने योजना राखेका छौ । किसानलाई खेतीपाति गर्नका लागी पानी अति नै आवश्यक हुन्छ । पहिलेको योजनामा ५÷६ वटा बोरीङ्गहरु बनाईसकेका छौं । अबको योजनामा बढी बोरीङ्गहरु बनाउने र कृषकहरुलाई खेतिपाती गर्न सहज बनाउने प्रयासमा छौ । त्यस्तै कृषि क्षेत्रको उत्पादनमा वृद्धि गराउनका लागि आउँदो वर्षदेखि सहुलियत दरमा वी.म.न.पा बाट उन्नत्त जातका गुणस्तरयुक्त बिउ बिजन मल र खादहरु वितरण गर्ने योजना बनाईएको छ ।
३) युवाहरुलाई विदेशिनबाट रोक्न के गर्दै हुनुहुन्छ ?
युवाहरुलाई विदेशिनबाट रोकी स्वदेशमै रोजगारीको अवसर सृजना गर्नका लागि हामीले सिपमूलक तालिमको व्यवस्था गरेका छौ । कुनै पनि देशमा जादा हातमा सिप नभएको खण्डमा फर्किनु पर्ने अवस्था भएकोले केही सिप सिकेर मात्रै विदेशीन आग्रह गर्दछौ । त्यसैले आ.व २०७४÷०७५ मा २५ जना युवाहरुलाई घरमा विद्युत जडान गर्ने तालिम दिएका थियौ । सिटी भिटी द्धारा मान्यता प्राप्त डेढ महिना तालिम दिएका छौ । सकरभर हाम्रा देशका युवाहरु सिप सिकेर आफ्नै गाउँठाउँ शहरबजारमा केही गरुन र दुईचर पैसा कमाउन भन्ने उेद्देश्यले हामीले सिपमूलक तालिम संचालन गरेका थियौ । त्यस्तै ८,१० कक्षा मात्रै पढेर घरमै बसेका का किशोरीहरुका लागि सामान्य चिकित्सा जस्तै ज्वरो नाप्ने, रक्तचाप नाप्ने, सलाईन पानी लगाउन सक्ने आवश्यक परेको समयमा जनस्वास्थ्य चौकी बंद भएको र स्वास्थ्यकर्मीहरु नभएको सामान्य उपचार गर्नका लागि आत्तिनु नपरोस् भनी महिलाहरुलाई तातिम दिएका थियौं । त्यस्तै व्यूटिसियन, सिलाई, कटाई जस्ता तालिम हरु पनि संचालन गरेका छौ । कमसेकम महिला उद्यमी र केही आय आर्ज गर्न सक्ने उद्देश्यले तालिम संचालन गरिएको थियो ।
४) कार्य सम्पादन गर्ने क्रममा के—कस्ता चुनौतिहरुको सामना गर्दै हुनु हुन्छ ?
हामी सबैको लागि यो नयाँ शासन व्यवस्था भएकोले यसमा समायोजना हुन समय लागेकै हो । नयाँ कार्ययोजना बनाएर काम गर्ने क्रममा चुनौतीहरु आई पर्छ नै तर साथीहरु वडाबासी लगायत सबैको साथ सहयोग पाएको छु । राम्रो काम गरेपछि सबैको साथ सहयोग पाईन्छ नै । सबैको सल्लाह सुझाव अनुशार नै कार्यहरु गरिरहेको छु । मेरो लागि कोही काखा र पाखा छैनन् । सबैसंग समय समयमा बसेर छलफल गरि कार्यहरु संचालन गर्दैछु ।
५) योजनाहरु पारित गर्दा नगर प्रमुखको कत्तिको साथ पाउनु भएको छ ?
नगर प्रमुख विकास प्रेमी र विकास गर्ने उद्देश्यलेनै आएकोले मैले राखेका एजेण्डाहरुमा कुनै रोक तोक भएन र योजना पारित गर्दा पनि नगर प्रमुखको पूर्ण साथ सहयोग रह्यो । वहाको निरन्तर साथ र सहयोगले गर्दा हामीलाई पनि कार्य सम्पादन गर्न निकै सहज भएको छ । बेला बखतमा वहाले पनि के गर्ने ? कसो गर्ने भनेर छलफल गर्दै सल्लाह दिनु हुन्छ ।
६) १९ नं. वडामा सार्वजानिक सम्पतिहरु के के छन् ?
सबै भन्दा पहिले ऐतिहासिक धरोहर हाम्रो देश कै ख्याती प्राप्त माता विन्दबासिनी मन्दिर हाम्रै १९ नं. वडामा छ । मन्दिर गुठीको स्वामित्वमा रहेको थियो । तर त्यसको संरक्षण राम्रो संग गरिरहेको अवस्था थिएन् । अहिले स्थानीय सरकार बनेपछि निर्वाचित प्रतिनीधिहरु स्थानीय स्तरमा आईसकेपछि मन्दिरमा कुनै विवाह व्रतबन्ध पार्टीहरु गराउने संग शुल्क लिने नियम लगाएका छौ । जसबाट उठेको रकम मन्दिरको सरसफाई, खानेपानी, शौचालय लगायतकोे व्यवस्थापनमा खर्चेका छौ । शुल्क उठाएकै रकममा केही रकम वडाबाट थप गरि पर्खाल र भान्साकोठा पनि बनाएका छौ । पूर्ण रुपमा नभएपछि केही हदसम्म हामी विन्दबासीनी माताको मन्दिरको संरक्षण र सम्बद्धन गर्न सफल भएका छौ ।
७) अगामी समयमा कस्को सहयोगको अपेक्षा गर्नु भएको छ ?
एक थुकि सुकि सय थुकी नदि भनेझै कुनै पनि कार्य सम्पादन गर्नका लागि सबैको साथ सहयोगको आवश्यकता पर्दछ । सबैको साथ सहयोग र सरसल्लाह बाट नै म अघि बढ्ने प्रण लिएको छु ।
८) अहिले सम्मको अनुभवमा वडाध्यक्षको पद के हो ? अनि आफूलाई मत दिएर जिताउने मतदातालाई के भन्नु हुन्छ ?
वडाध्यक्षको जिम्मेवारी लिएर पुरै वडाको प्रतिनीधि गर्नु सानो कुरा होईन । यो एकदमै चुनौतिपूर्ण र कठिन कार्य हो । पुरै वडालाई मिलाएर एकताको सुत्रमा बाधेर अगि बढ्नु पर्छ । तर मलाई वडाको जिम्मेवारी बहन गर्न लायक सम्झेर यो जिम्मेवारी सुम्पिएका छन् । म यसलाई पूर्ण रुपमा पुरा गर्न लागि परिरहने छु । मलाई आफ्नो अमूल्य मत दिएर विजय बनाउने सम्पूर्ण वडाबासीलाई वहाहरुको मत खेर जान दिन्न भन्न चाहान्छु । हरेकको साथ सबैको विकासको नारालाई आत्मसाथ गर्दै अघि बढिरहेको छु ।