नेपाल–ब्रिटिस इण्इिया बीच भएको सुगौली सन्धिपछि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको स्वतन्त्र, सार्वभौम, अखण्ड, शान्त र विशाल प्राचीन देश नेपाल अर्ध उपनिवेश अवस्थामा रहन पुग्यो । सन् १९४७ मा ब्रिटिस साम्राज्यको उपनिवेशबाट मुक्त भारत हिन्दुस्तान, इण्डियाले नेपालको राष्ट्रियता माथि गिद्धेदृष्टि निरन्तर राख्दै आएको छ । नेपाल सार्वभौम र स्वतन्त्र छ भन्नु भ्रम हो व्यवहारिक रुपमा यथार्थ होइन । क्षेत्रफलको हिसावले दुई विशाल छिमेकी राष्ट्र चीन र भारभन्दा निकै सानो छ तर सामाजिक महत्वको दृष्ट्रिकोणले शक्तिशाली र विशाल अझै छ । सन् १९५० मा नेपाल–भारतवीच असमान सन्धी भयो । नेपाल माथि आफ्नो प्रभाव, दबाब, हस्तक्षेप आक्रमण जमिन अतिक्रमण गर्ने दृष्टिकोणले जवाहरलाल नेहरु डक्ट्रिन बनायो । जुन डक्ट्रिन (नेपाल नीति) निष्किय बन्दै जानुपर्नेमा भारतको गिद्धेदृष्टि झन सक्रिय हुदै गएको छ ।
भारतको त्यो गिद्धे दृष्टिबाट मुक्त हुन र स्वतन्त्र रहन तत्काल नेपालले वृहत्त राष्ट्रवादी आन्दोलन गर्न जरुरी छ । फुटाउ र शासन गर, विदेशी दलाली गर्दै गर, नीति बोकेको वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थामा वृहत्त राष्ट्रिय आन्दोलन, राष्ट्रिय एकता सबै राष्ट्रिय सहमति संभव छैन । भारतीय स्वार्थ र निर्देशनमा नेपालको राजकीति कुटनीति र शासन व्यवस्था चल्दै रहनु बाहेक अर्को विकल्प छैन । देशप्रेमी, राष्ट्रवादी सम्पूर्ण नेपालीहरुले एक ढिक्का भएर नेपाली राष्ट्रवाद मार्फत भारतीय विस्तारवाद विरुद्ध देशव्यापी जनआन्दोलनको साथै दलाल पुँजीवादी संसदीय व्यवस्था विरुद्ध जन आन्दोलन अनिवार्य छ । दिन प्रति दिन असफल,कमजोर संकटमय बन्दै गएको नेपाललाई अझ झन बर्वाद र असुरक्षित हुन नदिन राष्ट्रवादी आन्दोलन नेपाल नीति निमार्ण र स्थापित गर्नकालागि वाध्यता र जरुरी छ ।
बहुदलीय संसदीय व्यवस्थाले भारतीय स्वार्थको रक्षा र सेवा गर्दै नेपाली स्वतन्त्रा, स्वाधिनता र सार्वभौमिकतालाई झन निर्बल बनाउदै लगिरहेको छ । भारतको नेपाल प्रतिको गिद्धेदृष्टि सम्बन्धमा विशेष जानकारी भएका सबै चेतनशील नेपाली नागरिकहरुले नेपालको राष्ट्रवादी आन्दोलनमा गोलबद्ध हुनसके भारतीय गिद्धेदृष्टि र अमेरिकी साम्राज्यवादको अन्यायपूर्ण हस्तक्षेप र प्रभावबाट सदाकालागि मुक्त हुन सकिन्छ । यो युगौंदेखिका समस्या भए पनि अब जित्नसक्ने मुद्दा हो । शान्तिपूर्ण कुटनीतिक लडाई पनि हो । विजय हासिल गर्न संम्भव पनि छ । अहिले यति खेर नेपाल प्रायोजित अस्थिरताको भूमरीमा परेको छ । भूमरीमा परिसकेको देशलाई बचाउनु र जोगाउनु हिमाल–पहड–तराई मधेश पूर्व मेची पश्चिम किल्ला काँगडा (ग्रेटर नेपाल) सम्मका नेपालीहरुले ऐतिहासिक न्यायले चित्त राष्ट्रवादी आन्दोलन निर्वाध निशंकोच लड्नु पर्दछ । तब मात्र नेपाल र नेपालीको मुक्तिका साथै सर्वाङिण विकास, निर्माण र स्थिरता सम्भव छ ।
अनिवार्य राष्ट्रिय जिम्मेवारी र दायित्व पूरा गर्ने बेला एकदमै नजिक आइसकेको छ । सबैमा चेतना भया नेपालमा यतिखेर दलाल पूँजीवादी संसदीय व्यवस्थाबाट समाधान असंभव रहेको राजनीतिक,आर्थिक र कुटनीतिक संकट एकैसाथ कायम छ । चेतनशील नेपालीहरु सबैले चिन्ता र चासोका साथ एक स्वरले यो कुरा स्वीकार गरेका छन् । राष्ट्र बचाउने आन्दोलन भनेको राष्ट्रवादी आन्दोलन हो । सत्तामा पुग्ने र टिक्ने अभियान होइन । नेपालमा राजनीतिक अस्थिरता संगै राष्ट्रवादमा ह्रास आएको छ । देशभक्ति संवेदनशील भावना आस्था र विश्वास हो । नेपाल सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पत्ति हो ।यसको अस्तित्व रक्षा सम्पूर्ण नेपालीहरुको प्रमुख कर्तव्य हो । नेपालको राजनीतिक र कुटनीतिमा नयाँ आयाम सहितको स्थिरता कायम गर्न राष्ट्रवादी आन्दोलन अहमं सवाल हो । यसका लागि स्वस्फूर्त नेपाली जनता, नेपाली समाज,राष्ट्रव्यापी रुपमा एकै साथ जुरुक्क आउनु पर्दछ । दलाल संसदीय व्यवस्था मार्फत अब विद्यमान कुनै पनि समस्याको समाधान हुन सक्ने संभावना र वातावरण छैन ।
एक गोली दो शिकार भने झै राष्ट्रवादी आन्दोलनले एकै साथ राजनीतिक र कुटनीतिक हल गरेर देशलाई सार्वभौम,स्वतन्त्र अखण्ड,अक्षुण्ण राख्न सक्दछ । भविष्यका कर्णधार आजका युवा पुस्ताहरु सबैले राष्ट्रवादीको मर्म, एकीकृत,जनक्रान्ति मार्फत राष्ट्रवाद भन्ने कुरा गहिरोसंग बुझ्न र अध्ययन गर्नुपर्दछ । देशै नरहे के का लागि लड्ने ? कस्का लागि लड्ने भन्ने अवस्था नआओस् । वर्तमान समयमा राष्ट्रवादका लागि जनमत निर्माण गर्न आम संचार माध्यमले आवश्यक भूमिका खेलिरहेको पाइन्छ । प्रायोजित अस्थिरता को भूमरीबाट समय छँदा नै सक्रिया सचेतताका साथ जोगाउ । राजनीतिक कार्यक्रमको आधारमा राष्ट्रवादी–समाजवादी मोर्चा निर्माण गर्नुपर्ने वर्तमान आवश्यकता हो । वर्तमान संसदवादी दलहरु चाहेर पनि त्यस दिशामा पुग्न सक्ने अवस्थामा छैनन । भ्रष्टाचार र विदेशी दलाली अनि भ्रमको राजनीतिमा उनीहरु रमाउदै थच्ची रहेका छन । यो एउटा राजनीतिक दुर्भाग्य हो । राष्ट्रवादी आन्दोलन सफल पार्न चुनौति कम, संभावना बढी छन् ।भौगालिक एकिकरणलाई वैचारिक एवं साँस्कृतिक,मनोवैज्ञानिक एकिकरणको सत्रमा गाँसेर बलियो राष्ट्रिय एकता निर्माण गर्न नै नेपाल नीतिले र नेपाली राष्ट्रवाद हुनु पदर्छ । सम्पूर्ण देशभक्त,श्रमजीवि जनताको एकता नै राष्ट्रवादी आन्दोलनको शक्ति हो । राष्ट्रवाद राष्ट्रमुक्तिका लागि सशक्त हतियार हो । कुटनीतिक र राजनीतिक मुद्दाको लागि एकता–सघंर्ष र रुपान्तरण जरुरी छ । अब हामी नेपाली जागौं,उठौं,जायज र राष्ट्रवादी मुद्दाकालागि सडक संघर्ष गर्न तयार हौं । अहिलेको युगको माँग राष्ट्रवादी प्रगतिशील आन्दोलन नै हो । नेपाल–भारत,नेपाल–चीन र नेपाल–अमेरिका बीच समसामयिक नयाँ सम्बन्ध कायम गर्न जनआन्दोलनबाट नयाँ जनादेश कायम गरौं । नितान्त जरुरी छ ।
नेपालको आज सम्म गुमेको र अतिक्रमित भूमि फिर्ता गरेर शान्तिपूर्ण,प्रगतिपूर्ण ग्रेटर नेपाललाई साविक अवस्थामै कायम राख्न एक पटक राष्ट्र निर्माण, एकिकरण र एकताकालागि राष्ट्रवादी आन्दोलन गरौं । यसैमा नेपालमा शान्ति, स्थिरता, शक्ति, एकता र भक्ति छ । छिमेकी देश, विदेशी देशको नीति, नियम प्रति सचेत हुदै सफल, नेपाली राष्ट्रवादी आन्दोलनलाई विश्वको सर्वोच्च शिखर सगारमाथा (माउण्ट एभरेष्ट) मा स्थापित गरौं । तबमात्र हामी सच्चादेश भक्त नेपाली गरी खाने वर्गमा कहलिने छौं । हाम्रो इतिहास, वीरता, गर्व र गौरव उच्च भई स्वाभिमानी देशभक्त नेपालीको प्रतिष्ठा रहिरहने छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर