निःशुल्क शिक्षाको चर्को नारा लगाए पनि डोम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट अझै पर रहेको भेटिएको छ । वीरगंज वडा नं.–१६ नगवामा २ वटा सरकारी विद्यालय रहे पनि त्यस आसपासका डोम समुदायका बालबालिका विद्यालयस्तरीय शिक्षाको उज्यालोबाट अझै पर रहेको भेटिएको हो ।
ती दुबै विद्यालयमा डोम समुदायका बालबालिकाको पहुँच खासै नभएको खुलेको छ । वीरगंज–१६, घुसुकपुरका गोपी मल्लिकको ५ जनाको परिवार छ । उनका ४, ७ र १० वर्षका ३ छोरा छन् । सम्पत्तिको नाममा बस्ने घर बाहेक उनको अरु कुनै सम्पत्ति नभएको बताए । उनले वीरगंज बसपार्कमा एउटा सानो पसल गरेर आफ्नो परिवारको गुजारा चलाइरहेको उनले जानकारी दिए । दिनरात मेहनत गरेर आफ्नो परिवारको लालन पालन गर्ने गरेको मल्लिकको भनाइ छ । अढाई वर्ष पहिला जि.एच.पी बोडिङ्ग स्कुलमा काम गर्ने गरेको उनले खुलासा गरे । उनका छोराहरुलाई पनि त्यही बोडिङ्गमा नै पढाएको उनको तर्क छ । तर काम छोडेसँगै बालबालिकाहरुको पढाइ पनि छुटेको मल्लिकले विस्तृतमा बताए । डेढ वर्ष पहिला उनका छोरालाई वीरगंज–७ श्री माईस्थान विद्यापिठ मा.वि.मा भर्ना गराएको उनले खुलासा गरे । अंग्रेजी माध्यामबाट पढाई हुने भएकोले बालबालिकाहरुलाई पढाउदाँ शुल्क पनि तिर्नु पर्ने कारणले निरन्तरता दिन नसकेको मल्लिकको भनाइ छ । कारण एक्कासी सानो छोराको दुर्घटना भएपछि लामो समय छोराको उपचार तर्फ लागेपछि अरु दुई छोरालाई पढाउने खर्चसम्म जोहो गर्न नसकेको उनको गुनासो छ । आर्थिक कारणले नै अरु दुई छोराहरु पनि शिक्षाको अवसरबाट वञ्चित भएको मल्लिकको तर्क छ ।
नगवाको फूलबारी टोलमा अर्को पनि सरकारी विद्यालय नेपाल राष्ट्रिय आधारभूत शुक्रराज विद्यालय छ । त्यो विद्यालय हाम्रो टोलबाट डेढ कि.मी. टाढा छ । भर्ना अभियानको समयमा त्यस विद्यालयबाट आएका प्र.अ तथा शिक्षकले समय दिएर बिहान ११ बजे विद्यालयमा बालकहरुलाई भर्ना गर्न बोलाएका थिए । त्यो समयमा जाँदा विद्यालय बन्द भएको र शिक्षकहरु कसैलाई पनि नभेटेका मल्लिक लगायत स्थानीय अभिभावकहरुले बताए । माईस्थान विद्यापिठमा पढ्न पठाउँदा मेनरोड काटेर बालबालिका विद्यालय जानुपर्ने भएकोले अहिलेसम्म पनि विद्यालय पठाउन नसकेको उनीहरुको तर्क छ । घुसुकपुरका अर्का अभिभावक सन्जु देवीको ७ जनाको परिवार छ । उनका ३ वटा बच्चा मध्ये २ जना पढ्न जान्छन् । उनका दुई वटा बच्चा एन्जल बोडिङ्ग स्कूलमा पढाउने गरेको उनको भनाइ छ । बिहान ५ बजे एन्जल स्कूलमा काम गर्न जाँदा साथै लाने गरेको छु उनले ती बच्चा पनि स्कूल जाने कुरा खुलासा गरिन् । आफू पनि त्यहि काम गर्ने भएकोले एन्जल बोडिङ्ग स्कूलले बच्चाको शुल्क ५० प्रतिशत छुट् गरिदिएको उनले बताएन् । तर पनि महिनामा ४ हजार तिर्नुपर्ने भएकोले बालबालिकाको पढाइएको निरन्तरताका बिषयमा भने उनको भनाई भरपर्दो छैन । नगवाको फूलबारी टोलमा पनि सरकारी विद्यालय त छ ।
तर टाढा पनि पर्छ र विद्यालयमा राम्रोसंग पढाई नहुने कारण महिनामा बढि शुल्क तिरेर पनि बोर्डिङ्ग स्कूलमा नै पढाउने प्रयास गरेको उनले बताइन् । अन्य आम्दानीको स्रोत केही पनि नभएकोले बच्चाको पढाइशुल्क मै कमाएको धेरै खर्च गर्नु पर्ने भएकोले खान लगाउन नै धौ–धौ हुन थालेको सन्जु देवीले बताइन् । घुसुकपुरका राजेश मल्लिकको पनि ८ जनाको परिवार छ । उनका ६ जना छोराछोरी छन्, १५ वर्षका एक छोरा नगरपालिकाको काम गर्न जाने गरेको उनले बताए । आफू भने कुनै पनि काम नगरी घरमा नै बसेका छन् । उनका चार वर्ष माथिका ५ जना छोराछोरी घरमा नै बस्ने गरेका छन् । धेरै सन्तान भएकोले बोडिङ्ग स्कूलमा पढाउन सकिन्न । सरकारी विद्यालयमा भर्ना गरिदिएको पनि थियो । तर बीचमा नै पढ्न छाडेका छन् । मल्लिकका छोराहरु अहिले भने माईस्थानको विद्यापिठमा मात्र पढ्न जाने र अन्य विद्यालयमा पढ्न नजाने बताएको उनले बताए ।
घुसुकपुरका डोम समुदायका अगुवा हिरामन मल्लिक साना बच्चाहरु २ वटा रोड काटेर माईस्थान विद्यापिठ स्कूल जान समस्या हुने कारणले समुदायका सबै बालबालिका विद्यालय जान नसकेको गुनासो गर्छन् । दैनिक रोड काटेर जानुपर्दा दुर्घटना हुने सम्भावना पनि धेरै भएको उनले तर्क गरे । वीरगंज–१६, नगवामा विद्यालय भएता पनि घरदैलो कार्यक्रम गर्दै घुसुकपुरका डोम समुदायसम्म आउन नसकेको अगुवा मल्लिकको तर्क छ । छिमेकी वडा वीरगंज–७ को विद्यालयबाट भने विद्यार्थी भर्ना अभियानकालागि हरेक वर्ष डोम समुृदायमा आउने गरेको उनले बताए । माइस्थान बालमन्दिरले भने दिवा खाजाको पनि व्यवस्था गरेकोले त्यहाँ भने समुदायका बालबालिका विद्यालय जान चाहने गरेको उनीहरुको तर्क छ । फुलबारी टोलका नागिन्द्र मल्लिकका सात सन्तान मध्ये उनीहरु पनि कुनै विद्यालय नजाने गरेको खुलेको छ ।
फुलबारी टोलका नागिन्द्र मल्लिकका सात सन्तानस्थानीय सरकारका जिम्मेवार व्यक्ति वीरगंज महानगरपालिका वडा–१६ का वडाध्यक्ष पर्शुराम चौरसिया भने विद्यालय भर्ना अभियान संचालन गरी वडाका सबै बालबालिका विद्यालय जाने गरेको दावी गर्छन् । तर हरेक समुदायको घर–घरमा चाही पुग्न नसकेको उनको तर्क छ । घुसुकपुर टोलका विद्यालय जाने उमेरका बालबालिका यत्ति नै हो भन्ने उनले अझै पनि एकिन गर्न भने नसकिएको बताए । मतदाता संख्या २ सय ५० को हाराहारीमा रहेको भने उनले खुलासा गरे । स्थानीय सरकारका जनप्रतिनिधि जो जनताको संरक्षण, सम्बद्र्धन गर्ने व्यक्ति हुन् उनीहरु नै अझै पनि जनताप्रति उत्तरदायी हुन नसकेको खुलेको छ ।
शिक्षालाई समाज परिवर्तनको मूल आधारको रुपमा मानिन्छ । तर आज पनि स्थानीय तहका जनप्रतिनिधीहरुले शिक्षा प्रति खासै चासो नदेखाएको पाइएको छ । वीरगन्ज–१६ का वडाका जनप्रतिनिधिको भनाई र व्यवहारले पनि त्यहि कुराको पुष्टि गरेको छ । दलित समूह भित्र पर्ने यस समुदायका बालबालिकाहरुलाई विद्यालय जान उत्प्रेरित हुने कुनै पनि शैक्षिक गतिविधिहरु वीरगंज–१६ ले सकृय रुपमा नगरेको खुलेको छ ।
माईस्थान विद्यापिठ विद्यालयमाईस्थान विद्यापिठ विद्यालयमा अंग्रेजी माध्यामबाट निशुल्क समेत पठ्नपाठ्न सुरु भएको छ । अहिले नेपाल सरकारले समेत दलित विद्यार्थीलाई निःशुल्क शिक्षा दिने प्रावधान ल्याएको माईस्थान विद्यापिठ मा.वि प्रधानाध्यापक मुन्निलाल कर्णले पनि बताए । दलित छात्रवृति ४ सय रुपैयाँको दरले प्रति व्यक्ति दिने समेत गरेको छ । निःशुल्क पाठ्यपुस्तक नेपाल सरकारले नै व्यवस्था गरेको उनले भने । नेपाल सरकारले नेपाली माध्यमको शिक्षालाई मात्र निःशुल्क गरेको छ । अघिल्लो वर्षहरुमा विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन भए पनि शुल्क लिने गरेको थियो । विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्दा दलित समुदायका बालबालिका अंग्रेजी माध्यमबाट शिक्षा पाउन वञ्चित थिए । अहिले विद्यालयमा अंग्रेजी माध्यमको शिक्षालाई निःशुल्क गराउन वीरगंज महानगर प्रमुखको विशेष योगदान रहेको प्रधानाध्यापक कर्णले बताए ।
अरविन्दलाल कर्ण (प्रमुख)
शैक्षिक प्रसाशन माहाशाखा
वीरगंज महानगरवीरगंज महानगरपालिका शैक्षिक प्रसाशन माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण नेपाल सरकार, संघीय सरकाले दिदै आइरहेको सरकारी विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको लागि निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रावृतिको व्यवस्था भएको बताउँछन् । कतिपय वडाहरुले आफ्नो क्षेत्र भित्रका विद्यालयका बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय आउने वातावरण बनाउन वडाको बजेटबाट कापी, डठपेन, पेन्सिल, व्याग पनि वितरण गर्ने गरेको उनको भनाइ छ । नेपाल सरकार र संघीय सरकारले दिदै आएको सुविद्या विद्यार्थीले पाउने गरेका त छँदैछन् । वीरगंज महानगरले महानगर भित्रका कति बालबालिका विद्यालय बाहिर रहेका छन् भन्ने ठोस् तथ्याँक भने दिएको छैन । तिनीहरुको पनि डाटा लिने काम सम्मन्न भई तथ्याँकीय रुपमा बाहिर आउने हो भने अझ उनीहरुलाई लक्षित गरी शैक्षिक गतिविधि गर्न सहज हुने स्थानीय बुद्धिजिबीहरुले बताए । महानगर भित्रका हरेक वडामा कति बालबालिका विद्यालय बाहिर छन् एकिन भैसकेको छन् । नेपाल सरकारले पहिलाका एस.पी,एस.ओ.पी जस्ता कार्यक्रमहरु हटाई सकेको छ । महानगरले सि.एल.सि मार्फत एफ.एस पि मार्फत कार्यक्रम चलाईरहेका छ । महिला बालबालिका सि.एल.सि भनेर चलाएका छौं महानगरका शिक्षा महाशाखाका कर्मचारीले बताए । त्यो भित्र दलित, अति दलितका बच्चाहरु समेटिएका छन् । उक्त कार्यक्रमकोलागि खोलिरहेको विद्यालय नै दिएको जानकारी प्रमुख कर्णले बताए । प्रत्येक वडाहरुले पनि त्यस्ता बालबालिकाको पहिचान गरेर थप सुविधा दिन महानगरको शैक्षिक महाशाखाबाट निर्देशन छ उनले भने । विद्यालयहरुमा सय प्रतिशत विद्यालय भन्ने कार्यक्रम चलाएका छौं । कुनै पनि बालबालिका विद्यालयबाट बाहिर नरहोस् । दलित बच्चाहरुलाई विद्यालयमा ल्याउनु ठूलो चुनौती छ । ति बालबालिकाहरुलाई विद्यालयमा राखिराख्नु दोस्रो चुनौति छ । ति बालबालिकाको घर परिवारको माहोल नै विद्यालयमा पढ्नुभन्दा पनि घर परिवारको काममा नै लागिरहेको अवस्था छ । दोस्रो नेपाल र भारतको सिमानामा परेका जिल्ला भएकोले बढी सिमापारिबाट सामान ओसार पसार गर्ने काममा सक्रिय भएको पाइन्छ । त्यसैले उनीहरु आर्थिक आयआर्जनमा पनि लाग्ने गरेको पाइन्छ । उनीहरुको अभिभावकको सोचमा पनि फरक दृष्टिकोण रहेको पाइन्छ । विद्यालयमा ६ घण्टासम्म अध्ययन गर्न बस्नुपर्ने हुन्छ । सामान ओसार पसारको काममा सक्रिय हुदाँ पैसा कमाइरहेका हुन्छन् । अनि किन पढ्नु प¥यो भन्ने कतिको भनाइ छ र पढाई प्रति नकारात्मक सोच भएका अभिभावकहरु पनि डोम समुदायमा नभएका होइनन् महानगर शैक्षिक महाशाखा प्रमुख कर्णले तर्क गरे । वीरगंज महानगरलाई धेरै ठूलो चुनौती छ । मधेश प्रदेशको एक महानगरमा पनि अझै बालबालिका शिक्षाको पहुचँबाट टाढा रहनु लाजमर्दो विषय हो । दलित,गरिब, पिछडीएका वर्गको बालबालिकाहरु जो विद्यालयबाट बाहिर छन् । पहिचान गरेर विद्यालयमा ल्याउनु र विद्यालयमा टिकाइ राख्नु धेरै ठूलो चुनौती रहेको प्रमुख कर्णको भनाइ छ । नगवाका २ वटा विद्यालयमा प्राथमिक तहमा पढ्ने बालबालिका नै नभएकोले विद्यालय नै मर्च गर्नुपर्ने अवस्था छ उनले भने । विद्यालय नै नभएको भने होइन । भौगोलिक बनावट अनुसार कुनै क्षेत्रको बालबालिकालाई विद्यालयसम्म जान अलिटाढा भएको पनि मान्न सकिन्छ । बोडरसंग जोडिएको वडा खुल्ला सिमाना भएकोले बच्चाहरु काममा बढी रुचि राख्ने र अभिभावकहरु बच्चाको कामलाई नै बढावा दिने भएकोले शिक्षा लिन दिनमा चुनौती थपिएको वीरगन्ज महानगरको तर्क छ । विद्यालयमा भर्ना भएका बालबालिका पनि छात्रावृति लिन नआउने होइन । खाजा पाउने समयसम्म सबै बालबालिका बस्छन् । खाजा पाएपछि विद्यालयबाट घर जाने गरेको विद्यालयमा बालबालिका राख्न नै ठूलो चुनौती रहेको प्रमुख कर्णको भनाइ पनि छ । डोम समुदायमा बालबालिकाहरु विद्यालयसम्म जान सरकारी निकायहरु मात्र दोषी छैनन् । यसमा समुदायका अभिभावकहरु पनि सक्रिय भूमिकामा हुनुपर्दछ । कति वडाका प्रतिनिधी र विद्यालयका शिक्षकहरुको पनि अहमं भूमिका हुन्छ । यस समुदायमा हरेक परिवार जसोमा धेरै बालबालिका हुने गरेको पाइन्छ । उनीहरुका बस्ने घर बाहेक सम्पत्तिको नाममा जग्गा जमिन नहुनु, परिवारमा कमाउने संख्या कम हुनु पनि यस समुदायको मूख्य चुनौती रहेको छ । नेपाल, भारत बीचको खुल्ला सिमाना भएर बच्चाहरु पनि समान ओसार पसार गर्ने काममा लाग्ने गरेको पाइन्छ । काम गर्दा पैसा कमाउन सकिने भएकोले पढाई प्रति ध्यान जान नसकेको खास कारण वीरगन्ज महानगरले जनाएको छ ।
डोम समुदायका बालबालिका, अभिभावकहरुलाई हरेक वडा कार्यलय, विद्यालयहरु, संघ–संस्थाहरु, सामाजिक अभियन्ताहरुले शैक्षिक चेतना जगाउन अत्यन्तै जरुरी देखिन्छ । कतिपय डोम समुदायको अभिभावकलाई समेत सरकारले दिएको सेवा सुविधाको बारेमा पनि जानकारी नभएको महानगरको तर्क छ । यी समस्याको निराकरण गर्न वीरगंज महानगरको अभियानलाई कडाईका साथ वडाहरुमा लागु गर्नु पर्ने आवश्यकता रहेको छ ।
घुसुकपुर र फुलबारी टोलका २० घरपरिवार डोम समुदायको बसोबास रहेको सो वडामा विद्यालय जाने उमेरका ५६ जना बालबालिका छन् । जस मध्ये १५ जना विद्यालय जाने गरेको र ४१ जना बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित भएको भेटिएको छ । विद्यालय जान नपाएका ४१ जना बालबालिका मध्ये छात्र १७ जना र छात्रा २४ जना रहेको खुलेको छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर