चितवनको मंगलपुर जन्मेकी सुनिता सापकोटा कक्षा ८ देखि काड्माण्डौंमा बसेर अध्ययन गरेको उनले बताईन । उनका बुबा झविलाल सापकोटा आमा शान्ति सापकोटाको सन्तानका रुपमा जन्मिएकी हुन् । उनी विगत ११ वर्ष देखि आफन्त नेपाल संस्थामा कार्यरत छिन् । वीरगंजबाट नै मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जनजागरण, उद्धारमा काम सुरुवात गरेकी उनले देशका विभिन्न शहर कृष्णनगर,नेपालगंज,विराटनगर,झापा, चितवनमा बसेर काम गरिसकेको बताइन् । उनले एक वर्षदेखि वीरगंजमा आफन्त नेपाल वीरगंज पर्सा शाखाको प्रमुख भएर सक्रिय रुपमा काम गरिरहेकी छन् ।
पहिलाको समय र अहिले समयमा मानब बेचविखन तथा ओसारपसार हुने प्रकृतिमा फरक भएको उनको तर्क छ । भारतका विभिन्न शहरमा संचालित भएका नेटवर्किङ ठगी कम्पनीमा संलग्न भएर सबै भन्दा बढी महिलाहरु ठगी हुने गरेको उनको भनाइ छ । नेपालका विभिन्न पहाडी जिल्लाका महिला तथा किशोरीहरुलाई विभिन्न जागिरको प्रलोभनमा परेर भारतमा जाने समस्या अहिले व्यापक भएको पाइन्छ । आइ सि दश हजार लगानी गर्नैपर्ने र जसले सदस्य बनाउँछ उसले चालिस प्रतिशत कमिसन पाउँछ । सुरुमा केहीलाई फाइदाजनक भएपनि दिर्घकालिन रुपमा भने धेरै ठूलो असर पु¥याउने उनको भनाई छ । दोस्रो आर्केस्टा तथा डान्स बारमा जानेको महिला तथा किशोरीहरुको संख्या बढ्दो छ । आर्केष्टा एक दिनमा नृत्य गरेका ३ हजार देखि १५ हजार सम्म पाउने भएकोले त्यो ठाँउमा जाने गरेका छन् । यसरी डान्स बारमा उत्तेजित हुने किसिमका नृत्य गर्दा जोखिममा पर्ने गरेको कतिपय पीडितको भोगाइले पुष्टि गरेको उनले बताइन । विवाहको प्रलोभनमा, विभिन्न रोजगारीको प्रलाभनमा जाने क्रम बढ्दो छ । लागु औषध प्रयोग गर्ने किशोरीहरु परिवारले पनि छुट दिएको अवस्था छ । त्यस्ता महिलाहरु लागु औषध सेवन गर्नको लागि पनि यौनजन्य व्यवसायमा संलग्न हुन भारत जाने गरेको सापकोटाको तर्क छ ।
नेटवर्किङ ठगी कम्पनीमा संलग्न अधिकांश महिलाहरु भए पनि यसमा संलग्न केही पुरुषहरु पनि भारतमा गएर ठगी भएका उनीहरुको गुनासो छ । नेटवर्किङ माध्यामबाट महिला तथा किशोरीहरु बढी जोखिममा भएको उनको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार कार्यलाई रोक्न धेरै संघ संस्थाहरु लागिपरेका छन् । हामीसंग सिमित स्रोत भएकोले सबैलाई समेट्न गाह्रो हुन्छ । सबै संघ संस्थाको समन्वयमा काम गर्दा पहिलाको भन्दा सुधारजन्य स्थिति छ । यतिले मात्र प्रयाप्त छैन् । यसका साथसाथै प्रहरी प्रशासनले पनि निगरानी गरिरहेको छ । मुख्य नाका भएर मात्र जाने अवस्था छैन । पर्सा जिल्लाको अधिकांश भू–भाग खुल्ला सिमाना भएकाले भागेर जानेहरुलाई रोक्न सकेको छैन । आफन्त नेपालले मुख्य नाका भएर जाने घट्नाहरुलाई हेर्ने गरेको छ । यसका साथै वैकल्पिक बाटोबाट जानेहरुलाई रोक्न प्रहरीहरु संग प्रत्यक्ष रुपमा समन्वय गरेका छौं । त्यस्ता घटनाहरु आएमा प्रहरीहरुले जानकारी दिने गरेका उनको भनाइ छ ।
महिला तथा किशोरीहरु भारतीय नेटवर्किङ ठगी कम्पनीमा संलग्न हुने,आर्केष्ट्रामा जाने,लागु औषध सेवनका लागि यौनजन्य व्यवसायमा संलग्न हुने र विभिन्न रोजगारको प्रलोभनमा जाने मुख्य कारण बेरोजगारी नै हो । रोजगारीको सिलसिलामा भारत जाने महिला तथा किशोरीहरु प्राय तराईबाट नै छन् । कतिपय अभिभावकहरु नै छोरीलाई पठाउन आउने भएकाले चाहेर पनि यस्ता गतिविधीहरुलाई रोक्न समस्या भएको उनको तर्क छ ।
एक वर्षको तथ्याङ्कलाई हेर्दा नेपालका विभिन्न ३४वटा जिल्लाको महिलाहरु वीरगंजको नाका भएर रोजगारीकोलागि भारत जाने क्रम बढेको पाइन्छ । भने प्राय पर्सा जिल्लाका महिला तथा किशोरीहरु नै बढी जाने गरेको पाइएको छ । यसरी अधिक रुपमा महिला तथा किशोरीहरु बाहिरिने क्रमलाई रोक्न नेपाल सरकार, स्थानीय निकाय, संघ संस्थाहरुले विभिन्न सीपमूलक तालिम दिएर रोजगारको अवसरको सृजना गर्नु आवश्यक छ । स्थानीय तहहरुले पनि केही हद सम्म तालिम संचालन गरेको छन् । तर यतिले मात्र पिछडीएका वर्गका महिला तथा किशोरीहरुलाई समेट्न सकेको छैन । स्थानीय तहले सीपमूलक तालिमको नाममा झारो टार्ने काम मात्र नगरी व्यापक रुपमा महिला तथा किशोरीहरुकोलागि तालिम दिएर बजारीकरणको जिम्मेवारी स्थानीय तहले लिएर महिलाको सीपलाई व्यवसायीकरण गराउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
वीरगंज महानगरपालिकासंग समन्वयन गरेर हामीले महिला तथा किशोरी समुहलाई अचार तालिम दिएका छौं । विभिन्न सचेतनामूलक कार्यक्रममा पनि प्रत्यक्ष नजिकबाट समन्वय र सहकार्य गरेर गर्ने गरेका उनको भनाइ छ । महिला तथा किशोरीहरु जति पनि हिंसाको घट्नामा पर्ने, बेचबिखनमा पर्ने, जोखिममा पर्ने कारण आत्मनिर्भर, स्वरोजगार नभएर हुने गरेको उनले तर्क गरिन । महिला तथा किशोरीहरुले आफ्नो अध्ययनका साथसाथै सीपमूलक तालिम पनि सिक्नु पर्छ । आफ्नो लागि आफैले कमाउन सक्ने वातावरण बनाउन सकेमा महिला हिंसा घट्ना, बेचबिखनका घट्ना, रोजगारीको प्रलोभनमा नपर्ने हुनाले मानव बेचबिखनका घट्नाहरु नियन्त्रण गर्न सकिने उनको तर्क छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर