पर्सा जिल्लाको वीरगंजबाट नियमित रुपमा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाले आफ्नो १० औं वार्षिकोत्सवको विशेष अवसरमा एक अपाङ्ग बच्चालाई सहयोग गरेको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया निवासी चरितर रामको १४ वर्षिय छोरा मन्दिप कुमार रामलाई भोजपुरी टाईम्सका टालीद्धारा एक थान ह्विल चेयर प्रदान गरिएको हो ।
जन्मेदेखि नै मन्दिपको हात खुटा पूर्ण रुपमा काम नगरेकोले उनलाई हिडडुल गर्न साह्रोगाह्रो हुन्थौं । घरको आर्थिक अवस्था पनि कमजोर रहेको स्थानियहरुद्धारा सुचना पाएपश्चात पत्रिकाले आफनो महत्वपूर्ण दिनमा मन्दिपलाई सहयोग गरेको पत्रिकाका प्रकाशक अजय चौरसियाले जानकारी दिए ।
पत्रिकाका प्रकाशक चौरसिया, कार्यकारी सम्पादक श्रवण प्रसाद साह र बारा प्रतिनिधि प्रभु यादवले मन्दिपको घरमै पुगि मन्दिपको आमा छठिया देवी रामलाई सो ह्विल चेयर हस्तान्तरण गरेका हुन् ।
वार्षिकोत्सवमा एउटा हल भित्र कार्यक्रम गर्नु भन्दा पिछडिएका ग्रामिण क्षेत्रहरुमा पुगी त्याहाँका गरिब, असहायहरुलाई सहयोग गर्दे आएको र आउने दिनहरुमा पनि सक्दो सहयोग गर्ने पत्रिकाका बारा प्रतिनिधि प्रभु यादवको तर्क रहेको छ ।
पत्रिकाले ९ औं वार्षिकोत्सवको अवसरमा पनि वीरगंज स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्टेश्नरी सहयोग गरेको पत्रिका कार्यकारी सम्पादक श्रवण साहले जनाए ।
सो कार्यक्रममा युवा नेता एवं समाजसेवी ईजरायल अंसारी, स्थानिय अनिल कुशवाहा, सञ्चारकर्मी उमेश दुबे, रंजित चौरसिया, दिपेन्द्र गिरी, मुकेश चौरसिया लगायत स्थानियवासीहरुको सहभागीता रहेको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर