१. फेसन डिजाइनर बन्न कसरी प्रेरित हुनुुभयो ?
मैले नर्सिङ्ग पनि पढको छु । तर त्यो समयमा नर्सिङ्ग क्षेत्रमा राम्रो नदेखेर नर्सिङ्ग क्षेत्र छाडेर बसेको थिए । विवाह गरेर आएपछि त्यो समयमा कसरी समय बिताउने भन्ने सोचले फेसन डिजाइनर सिक्न गए । सिकाउने प्रशिक्षकले फेसन डिजाइन पेशा तिमी राम्रोसंग गर्न सक्छौं भनेर सल्लाह दिनुभयो । प्रशिक्षक मेडमको प्रेरणाले थप फेसन डिजाइनरमा डिप्लोमा कोष गरेर यो पेशाप्रति आकर्षित भएको हो ।
२. सुरुमा कति लगानीबाट बुटिक संचालन गर्नुभयो ?
आज भन्दा ८ वर्ष पहिले नै फेसन डिजाइनर सिकेर बुुटिक संचालन गरेको हो । पहिला ५ लाख लगानीबाट बुटिक संचालन गरेको हो । अहिले लगानी पनि निकै बढेको छ । आम्दानी हुने भएपछि त्यसै अनुसार व्यापार व्यवसायीमा लगानी पनि बढ्दै जान्छ । कोरोनाको समयमा धेरै गाह्रो भएको थियो । तर खुलेपछि धेरै आम्दानी नभए पनि स्टाफहरुलाई दिन, घरभाडा तिर्न पुुगेको छ । व्यवसायमा हरेक महिना उतिकै आम्दानी हुन्छ भन्ने हुँदैन । सिजनको महिनामा राम्रो आम्दानी हुन्छ । कुनै महिना अफ सिजन हुन्छ । लागत खर्च तिर्न पनि धौ–धौ हुन्छ । कुनै महिनामा ५० हजारसम्म पनि आम्दानी भएको पनि छ ।
३. फेसन डिजाइनमा तपाईले कतिजनालाई प्रशिक्षण दिनु भएको छ ?
मैले मेरो बुटिकमा राखेर कसैलाई पनि सिकाएको छैन । धेरै दिदिबहिनीहरु सिक्नको लागि कुरा गर्न आउनुु हुुन्छ । बुुटिकमा सिकाउँदा बुुटिकका काममा बाधा पर्ने भएकोले यहाँ म सिकाउँदिन । सिटिभिटिले संचालन गरेको तालिममा, आफूले सिकेको संस्थामा सिकाएँ । ओमन स्किल सेन्टरमा बेला बेलामा सिकाउदै आएको छु । अहिले पनि ओमन स्किल सेन्टरमा सिकाइ रहेको छु । विभिन्न संघ–संस्थामा टे«नर भएर आजसम्म मैले २ सय जनालाई सिकाइ सकेको छु ।
४. डिजाएनर तालिम सिक्न कस्ता महिला आउनु हुुन्छ ? कत्तिको सहज हुन्छ सिकाउन ?
तालिमको क्रममा सिक्न आउने कोहि सिलाइ सिकेका र कोहि मेसिन पनि चलाउन नजाने महिलाहरु आउने गरेका छन् । सिक्नलाई आउने सबैलाई समान हुुने गरी आफ्नो तरीकाले सिकाउने गरेको छु । जानेको नजानेको सबैलाइ एकै ठाउँमा राखेर जिरो लेबलदेखि फेसन डिजाइनको सिष्टम अनुुसार सिकाउँछुु ।
५. फेसन डिजाइनर कोषको बारेमा थप बताइ दिनुस न ?
फेसन डिजाइनर पनि अरु तालिम जस्तै हो । यसमा पनि विभिन्न तहहरु निर्धारण गरेको छ । बेसिक कोर्ष ३ महिनाको, एडभान्स कोर्ष ६ महिनाको, डिप्लोमा, व्याच्लर र मास्टर्स गरी १ वर्षे, डेढ वर्षे ३ वर्षे तहगत छुट्याएको हुन्छ । वीरगंजमा संघ संस्थाहरुले फेसन डिजाइनरको बेसिक कोर्ष प्रायः गराउने गरेका छन् । डिप्लोमा, व्याच्लर र मास्टर्स तहको कोर्ष गर्न काठमाण्डौं, पोखरा, बिराटनगर जानुपर्छ ।
६. तपाईले फेसन डिजाइनर पेशामा निरन्तरता दिनुको कारण के हो ?
मलाइ सिलाइ कटाइ पेशा मन पर्दैनथ्यो । फुुर्सतको समयलाई केहि प्रयोग गरौं भनेर फेसन डिजाइनरको बेसिक कोर्ष गर्न गएको थिए । तालिममा गएपछि सिलाइभन्दा फेसन डिजाइनर कोर्ष अलग भएको पाए । डिजाइनिगं कोर्षको छुुटै पाठेव्रmम देखेर मलाई इच्छा लाग्यो । यसमा विभिन्न किसिमका ज्ञानहरु पाईंदो रहेछ । कलर कम्बिनेसन, ड्रोइङ्ग, स्टिचिङ्ग, हेन्ड मेसिन स्टिच सबै वृस्तित रुपमा सिकाईंदो रहेछ । डिजाइन कोर्षमा लुुगा सिलाउने मात्र होइन् । डिजाइन गर्न सव्रिmय मनस्थितिको पनि विकास हुुँदोरहेछ । त्यसैले मलाई फेसन डिजाइनर पेशा मन परेको हो । यसलाई आजसम्म पनि निरन्तरता दिई नै रहेको छु ।
७ . तपाइले यो पेशामा लाग्दा परिवारको सहयोग कत्तिको पाउनु भएको छ ?
म आफुुलाई धेरै भाग्यामानी ठान्छु । विवाह पश्चात नै मैले फेसन डिजाइन सिकेको हो । मेरो परिवार र श्रीमान सबै मेरो काममा पुर्णसाथ र सहयोग गर्नु हुन्छ । परिवारको सहयोग विना कुनै पनि काम सहज तरिकाले गर्न कठिन हुन्छ । म आफ्नो घरको काम गर्न पनि भ्याएको छु । फुर्सतको समयलाई बुुटिकको काममा लगाउँछुु । अहिले काम गर्ने मानिसहरु प्रशस्त भएकोले मलाई काम गर्न सहज रहेको छ । मेरो श्रीमान् नै यस्तो हुुनुुहुुन्छ की घर बसेर समय बर्बाद गर्नुु भन्दा फुुर्सदको समयमा सीप सिकेर आफुलाई सक्षम बनाउनुु पर्छ भन्ने सोच भएको हुुनाले मैले श्रीमानको पूर्णसाथ पाएको छुु । आज म यो स्थानमा आईपुग्नुमा मेरो श्रीमानको विशेष सर्पोट र हात रहेको छ ।
८. घरमा अतिरिक्त काम नगरी बसेका अन्य दिदिबहिनीलाई के सल्लाह दिनुुहुुन्छ ?
म सबै दिदीबहिनीहरुलाई कुनै पनि सीपमूलक काम सिक्न सुझाव दिन्छु । आपूmलाई सक्षम बनाउनुु पर्छ । घरमा बसेर समयलाई बर्बाद गर्नु हुन्न । हामीले सिप सिकेर सक्षम महिला बन्यांै भने आफ्नो लागि मात्र नभई आफ्नो बालबच्चा तथा परिवारको आर्थिक सहयोगमा पनि टेवा पु¥याउन सक्छौं । महिला आत्मनिर्भर हुन अत्यन्तै जरुरी छ । हामीले आफ्नो खर्चको लागि कसैसंग हात फैलाउन नपरोस् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर