गायिका सरिता भारतीले यतिबेला आफ्नो स्वरमा नयाँ लोकभाका ल्याएकी छन् । लोक गायनमा आफ्नो फरक परिचय बनाएकी सरिताले यतिबेला यो नयाँ लोकभाका श्रोता दर्शकमाँझ ल्याएकी हुन् ।
‘जिस्केर मस्केर लायौ मायाँ हे सोल्टी, हे सोल्टी
अन्तै लाग्लिन तिम्री त्यो च्यान्टी सान्नानी...’
गायिका सरिता भारतीलाई यो लोकगीतमा गायक सविन सुवेदीले साथ दिएका छन् । जसमा दीपक शर्माको संगीत रहेको छ । यो गीत पूर्वी नेपालमा प्रचलित झ्याउरे भाकामा तयार गरिएको हो । यो गीत डब्बु क्षत्रीद्धारा लय संकलन एवम् शब्द रचना गरिएको हो । यो गीतमा गायिका सरिता आफैंले अभिनेता प्रवण भुसालसँग मोडलिङ समेत गरेकी छन् । यो गीतको भिडियोलाई माधवराज खरेलले निर्देशन गरी दर्शक श्रोता माझ ल्याइएको हो ।
‘हुन त म सबै प्रकारको गीत गाउँछु । तथापि लोक तथा लोक दोहोरी गीतप्रति मेरो बढी नै लगाव छ’ त्यसैले पनि यो लोक गीत ल्याएको हो’ गीतबारे गायिका सरिताले भनिन् । जिस्केर मस्केर गीतमा श्रोताको माग अनुसारको म्युजिक भिडियो बनाईएको पनि गायिका सरिताको भनाइ छ ।
सिन्धुलीबाट संकलन गरिएका कारण यो गीतको छायाँकन, सिन्धुली, उदयपुर, झापा, इलाम, पाँचथर र ताप्लेजुङमा गरिएको यो गीतका लय संकलक तथा शब्द रचनाकार डब्बु क्षत्रीले बताए । ‘गीतमा प्रयोग भएका स्थानहरु मै हामीले यो गीतको छायाँकन गरेका छौं उनले भने । भिडियोले अहिले राम्रो प्रसंसा पाइरहेको छ । दर्शक श्रोताको अझ माया पाए झन राम्रा गीत र मोडलिङ्ग सहित भविष्यमा पनि आइरहने मोडल तथा गायिका सरिताले जनाइन् ।
गायिका सरिताको भर्खरै मात्र पनि लोक गीत आएको थियो । जसमा जुगल डँगोलको संगीत तथा आर जे सिंहको शब्द रचना थियो । सरिताको स्वरमा सेलो भाकामा आएको सो गीत .......,
‘बाबाले तिमीसँग कुराकानी गर्नेरे
आनी बानी तिम्रो बुझी पक्का पक्की गर्ने रे
हिँड घरमै जाउँ तिमीलाई चिनाउँछु म
मेरो माया भनी तिमीलाई देखाउँछु म...’
यो गीतमा पनि गायिका सरिता आफैंले मोडलिङ गरेकी छन् । उमेश गुरुङले निर्देशन गरेको यो गीतको भिडियोमा गायिका सरिताले नायक दिक्पाल कार्कीसँग अभिनय गरेकी छन् । गीत जस्तै यसको भिडियो पनि दर्शकले निकै मन पराएका थिए । लोकपप भाकाको गीतबाट गायिका सरिता भारतीले गायन यात्रा सुरु गरेकी हुन् । त्यो पहिलो गीत मेरो जवानी... थियो । पहिलो गीत हिट भएपछि उनले दोश्रो गीत..
छैन छैन मेरो जागिर पाउने आस
आफु त बेरोजगार मान्छे
दिनभरी खेलिन्छ लुडो र तास...’
ल्याएकी थिइन् । यो गीतले पनि लोक दोहोरी भाकाका श्रोतामाझ निकै चर्चा बटुलेको थियो । गायिका सरिताले यो गीतमा गायक रामकुमार बस्नेतसँग सहकार्य गरेकी थिइन् । यो पश्चिमेली लोक दोहोरी भाका थियो । उनलाई यो गीतले पश्चिम नेपालमा निकै उचाई थप्दै त्यत्तिकै लोकप्रिय बनाएको छ । हास्यप्रधान यो गीतलाई प्रदीप कँडेलले लेखेका थिए । जसमा चर्चित गायक अफिल खानको संगीत थियो । यो गीतको भिडियोमा पनि सरिता आफैंले अभिनय गरेकी छन् । यसरी यो गीत हिट भएपछि आफुले लोक गायनलाई बढी महत्व दिएको गायिका सरिताले बताइन् ।
हुन त गायिका सरिताले लोकसँगै आधुनिक, पप, गजल, चलचित्र जस्ता विभिन्न विधाका गीतहरु रेकर्ड गरिसकेकी छन् । आफुले सबै प्रकारको गीत गाउने भए पनि आफ्नो झुकाव लोकगीत प्रति बढिरहेको उनको भनाइ छ ।
गोरखाको पालुङटार १० मिरकोटमा जन्मिएकी सरिता स्कुले जीवनमै जिल्लास्तरीय लोक दोहोरी गायनमा उत्कृष्ट हुने गरेको पाइएको छ । ‘बाल्यकालमा म लोकगीत बढी सुन्थेँ र विभिन्न कार्यक्रममा लोक गीतहरु नै बढी गाउने भएकोले आफूले लोकभाका बढी रुचाउने गरेको उनले खुलासा गरिन् । रेडियोमा दिनरात लोक तथा लोक दोहोरी गीत सुन्ने र लोक गीत नै गाउँदै हिड्ने भएकाले पनि लोक भाकाप्रति मेरो लगाब बढी भयो’ उनले भनिन् । गायिका सरिताले स्टेज कार्यक्रममा पनि गायन सुरु गरेकी छन् । एकदशक बढि गायनमा जोडिएकी सरिताले २०७४÷७५ मा आफ्नो स्वरमा गीत रेकर्ड गरेर अझ ख्याती कमाउन थालेकी छन् ।
काठमाडौंमा प्लस टु अध्ययनको क्रममा रेडियो राजधानीमा लोक दोहोरी सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि उनी लोक भाकाप्रति झनै आकर्षित भएको उनको तर्क छ । ‘मैले त्यतिबेला रेडियोमा विभिन्न कलाकार तथा श्रोतासँग दोहोरी खेल्दै कार्यक्रम सञ्चालन गर्दा मलाई धेरैले गायनमा लाग्न सल्लाह दिनु भयो’ । अनि आफूले पनि चाँडै नै गीत ल्याउनु पर्छ भनेर धेरैको सल्लाह आएपछि मैले आफ्नो स्वरमा ७ वर्ष अघि ‘मेरो जवानी’ गीत रेकर्ड गरी गायन तर्फ जोडिएको प्रशंग उनले बताइन् । पहिलो गीतमा जुगल डँगोलको संगीत र डब्बु क्षत्रीकै शब्द रहेको उनको भनाइ छ ।
यसरी लोकगायनमा लागेकी सरिताले पश्चिमेली भाका, देउडा (सुदुरपश्चिमेली) लोकभाका, काठेभाका, पूर्वेली भाका जस्ता लोक गीत ल्याइसकेकी छन् । उनका लुडो तास, यसपालीको दशैं, रातो सारी लरक्कै, हे गाजली, मेरो मायाँ भनी जस्ता थुप्रै चर्चित लोकभाकाहरु ब्जारमा आइसकेका छन् । यस्तै दीपक शर्माको संगीतमा दुई वटा नयाँ लोक भाकाको गीत पानी खोलाको...र सुन मायाँ... पनि बजारमा आउने क्रममा रहेको सरिताले खुलासा गरिन् ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर