नेपालबाट तरकारी लैजान व्यवधान गर्दै आएको भारतले पछिल्ला दिनमा गोलभेंडा आयात खुला गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २८ सम्म नेपालले ३० मेट्रिक टन गोलभेंडा भारत निर्यात गरिसकेको छ । नेपालमा उत्पादन भएको गोलभेंडा वीरगंज, विराटनगर, काकडभिट्टा र भैरहवा नाकाबाट भारत निर्यात भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपालले गोलभेंडा, हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारीलाई भारतको प्लान्ट क्वारेन्टिन अर्डर सूचीमा समावेश गरी निकासीका लागि सहजीकरण गर्न भारतलाई लामो समयदेखि अनुरोध गर्दै आएको थियो । तर, भारतले नेपालबाट निर्यात हुने तरकारीको क्वारेन्टिन र परीक्षणलाई कारण देखाउँदै नाकामा अवरोध गर्दै आएको छ ।
यद्यपि भारतमा पछिल्लो पटक गोलभेंडाको मूल्य उकालो लाग्न थालेपछि नेपालबाट निर्यात हुने गोलभेंडा सहजै जान दिएको थियो । गत बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गोलभेंडाको मूल्यवृद्धि रोक्न नेपालबाट गोलभेंडा आयात गर्न लागेको जानकारी संसद्लाई गराएकी थिइन् । भारतमा खराब मौसम तथा रोगकीराका कारण यस वर्ष गोलभेंडाको उत्पादन खस्किँदा विभिन्न शहरमा मूल्य प्रतिकिलो भारतीय रुपैयाँ २०० नाघेको थियो ।
भारतले शर्त तोकेर निश्चित समयलाई नेपालबाट गोलभेंडा आयात खुला गरेको जानकारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसै अनुसार गोलभेंडा भारत निर्यात भइरहेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
गोलभेंडा निकासीलाई निरन्तरता दिन सके व्यापार घाटा कम हुने तथा नेपाली किसानको बजार विस्तार हुन्छ। यद्यपि भारतमा गोलभेंडा निर्यात बढेसँगै आन्तरिक बजारमा गोलभेंडाको मूल्य बढिरहेको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना
गायत्री अश्वमेघ महायज्ञ
बडा सुन्दर बा हमरो नेपाल तराई पहाड सजनि