१) हाड जोर्नी, नशा तथा मेरुदण्ड रोग विशेषज्ञ बन्ने सोच तपाईलाई सुरुमा कसरी आयो ?
सुरुमा बायोलोजी पढ्न थालेपछि विशेष एक क्षेत्रमा रुची बढ्दै जाने रहेछ । एम.बि.बि.एसको अध्ययन पछि न्यूरोलोजी तर्फ रुची थियो । परिवारमा हजुरबुबा, हजुरआमा घुडा दुख्ने रोगले ग्रसित भएको देखेपछि मैले यी समस्या सम्बन्धी पढेर समाजको केही सहयोग गर्न सक्छु कि भनेर नै हाड, जोर्नी, नसा तथा मेरुदण्ड रोगको डाक्टर बन्ने सोच आएको हो ।
२) तपाईको हालको जीवन संघर्ष कस्तो छ ?
चिकित्सक पेशामा मेरो बुबाको र अन्य व्यक्तिको जीवन हेर्दा धेरै नै जीवन संघर्ष थियो । पहिलाको तुलनामा अहिलेको संघर्ष धेरै नै कम छ । म सही बाटोमा हिडिरहेको हुदाँ मैले समाजमा केही योगदान दिन सकेको हुनाले मैले पेशामा संघर्ष गर्नु परे पनि सन्तुष्ट छु ।
३) चिकित्सक पेशा सेवा नभई व्यापार बनेको छ भन्ने धेरैको आरोप छ नि ?
डाक्टर भगवानको रुप हो । संसार बदलिदै जादाँ हामी पूँजीवादको चपेटामा छौं । सबैलाई पैसाले तौल्ने गर्छौं । नेपालमा डा.गोबिन्द के.सी जस्ता व्यक्तिहरु पनि छन् । उनी स्वयम् हाड, जोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । त्यस्ता व्यक्तिहरु हाम्रा सम्माननीय व्यक्ति हुन् । त्यस्ता व्यक्तिलाई समेत एउटै तराजुमा राखेर हेर्ने दृष्टीकोण राम्रो होइन । चिकित्सा पेशामा सबै राम्रा र ईमान्दार मात्र छौं म भन्दिन । तर एकदुई खराब सोचका छन् भन्दैमा सबैलाई गलत ढंगले तुलना गर्नु पनि ठिक होइन ।
४) हाड,जोर्नी,नसा तथा मेरुदण्डका समस्याहरु कस्ता हुन्छन् ?
मानिसको शरिरमा विभिन्न अंग प्रत्याङ्गहरु छन् । चिकित्सक विज्ञानमा सबै विषयहरु एक जनाले अध्ययन गरेर नभ्याइने अथाहा सागर छ । हाड, जोर्नी, नसा रोग हरेक अंगहरुसँग सम्बन्ध हुन्छ । त्यो सबै हाड, जोर्नी भित्र पर्दछन् । हात, खुट्टा, मेरुदण्डका कुनै प्रकारका रोग किटाणु लाग्नु, जन्मिदै बच्चाको खुट्टाबाङ्गो हुनु, टि.बी रोगका कारण ढाड कुप्रो हुनु, चोट लाग्नु, हड्डी भाचिनु नै हाड, जोर्नी, नसा रोगका समस्या हुन् ।
५) शरीरको कुन अंगमा चोट लाग्दा मेरुदण्डमा असर पर्छ ?
टाउकोको तल गर्धनबाट मेरुदण्ड सुरु भएर कम्मरको तल्लो भागसम्म जोडिएको हुन्छ । हाम्रो शरिरको ढाडको बीच भागमा मेरुदण्ड हुन्छ । मोटरसाइकल र गाडि चलाउदाँ, विभिन्न खेलहरु खेल्दा विभिन्न किसिमका दुर्घटनामा पर्दा त्यसको प्रभाव मेरुदण्डमा पर्दछ । जुन ठाउँमा चोट लागेको हुन्छ त्यही ठाँउमा दुख्ने गर्छ । कुनैपनि दुर्घटनामा पर्दा गर्दन अगाडी र पछाडी जान्छ । त्यस समयमा नर्मल ढाचाँमा रहेको हड्डीको क्रम टुट्न जान्छ । त्यस बेला दुख्ने र प्यारालाइसिस हुने सम्भावाना हुन्छ । टि.बी का किटाणु लागि हालेको खण्डमा पनि पनि मेरुदण्डमा दुखाई महसुश हुन्छ । महिलाहरुमा प्रजनन् र यौनाङ्ग सम्बन्धी संक्रमण र पिसाब, मुत्ररोग सम्बन्धी समस्या भएमा पनि मेरुदण्डमा दुखाई महसुश हुन्छ ।
६) हाड, जोर्नी, नसा तथा मेरुदण्डका समस्या उमेर अनुसार पनि हुने गर्छ की ?
महिलाहरुमा महिनावारी सुरु भएपछि शरिरबाट क्याल्सियम निस्किएर जान्छ । त्यसको असर मेरुदण्डमा पर्छ । क्याल्सियम कम हुदाँ मेरुदण्डको हड्डीको ढाचाँ घटेर जान्छ । जसले गर्दा निहुरिएर काम गर्दा र उठ्दा पनि मेरुदण्डको हड्डी दुख्ने वा टुट्ने गर्छ । महिलामा ४५ वर्षसम्म यो समस्या बढी हुने गर्दछ । २० वर्षसम्मका बच्चाहरुमा पनि मोबाइल, टि.भि, कम्प्यूटरको प्रयोग गर्ने भएकोले अहिलेको समयमा नयाँ उमेरका समूहमा पनि गर्धन दुख्ने समस्या देखिएको छ । वयस्क उमेरका पुरुषहरुमा काम काजको कारण समस्या हुन्छ । हामीले पोषिलो खाना खाएमा शरिरका सम्पूर्ण अंगमा मजबुत हुन्छ । यदी कार्बोहाइड्रेड, चिल्लो पदार्थ भएको खाना बढी खान्छौं भने शरीरको मोटोपन मात्र वृद्धि हुन्छ । जसले गर्दा हड्डी जोर्नीमा प्रभाव पर्दछ । त्यस्ता मानिसमा छिटै घुडा जोर्नीका समस्याहरु देखापर्दछ । क्याल्सियम भएको खाना दैनिक खादा हड्डी बलियो अवस्थामा रहन्छ । महिलाहरु गर्भावस्थामा पोसिलो खानेकुरा कम भएमा पनि ढाडको समस्या देखिन्छ । शारिरीक व्यायमको कमी भएमा पनि हाड, जोर्नीमा दुखाई हुने गर्दछ ।
७) नसा तथा हाडजोर्नी रोगबाट स्वास्थ्य रहन कस्ता नीति अपनाउनु आवश्यक हुन्छ ?
मधेशमा स्वास्थ्य सम्बन्धी जनचेतना धेरै कम छ । सरकारले पनि अझै जनचेतना जगाउन सकेको छैन । स्वास्थ्यलाई संविधानमा पनि मौलिक अधिकारको रुपमा राखिएको छ । जनता पनि आफ्नो अधिकार प्रति सचेत हुनुपर्दछ । यहाँ सरकारी अस्पताल पनि छ । मधेशमा डाक्टरको योग्यता क्षमताभन्दा पनि लालच, प्रलोभन भएका व्यक्तिहरु हावी भएका छन् । चिकित्सकहरु आफ्नो विशिष्ट रोगका क्षेत्रमा बिरामीको झन बढी रोगले ग्रस्त हुदाँ पनि अन्य रोग सम्बन्धी विज्ञ डाक्टरकोमा नपठाउने प्रवृति आज पनि हावी छ । यस्ता प्रवृतिलाई नेपाल मेडिकल काउन्सिलले चिर्ने प्रयास गरेको छ । यहाँ भएका हरेक डाक्टरको कुन रोग विशेषज्ञ हो । त्यसको नाम लिष्ट तयार गर्ने काम भइसकेको छ । अहिले मेरुदण्ड, नसा सम्बन्धी विशेष उपचार, अप्रेशन गर्नु परेमा सुपर स्पेशलिष्ट डाक्टरको पनि व्यवस्था भैसकेको छ । वर्तमान अवस्थामा सुपर स्पेशलिष्ट डाक्टरबाट गरिएको उपचार प्रभावकारी भईरहेको छ ।
८) वीरगंजका अधिकांश मानिस अप्रेशन गर्न बाहिर जाने गरेको सुन्नमा आउँछ । के चिकित्सक स्तरीय नभएर हो र ?
वीरगंजमा धेरै राम्रा डाक्टरहरु छन् । तर प्रचारप्रसार जनमानसमा पु¥याउन नसकेको कारण र केहि चिकित्सकहरुले आफुलाई आफ्नो सम्बन्धित क्षेत्रमा अपडेट गर्नलाई कुन्जुसाई गरेकै नतिजा हो । कुनै पनि व्यक्तिले आफनो पेशामा आफुलाई सदैव अपडेट राखी अब्बल राख्न सक्नुपर्छ । विभिन्न गोष्ठीहरुमा, अनुसन्धान लेख, रचना लेखिरहनु पर्छ । जसले गर्दा अपडेट हुन सहज हुन्छ । एउटा सर्जनले वा शल्य चिकित्सकले एपेन्डिक्सको अप्रेशन मात्र गरिरह्यो भने उसको स्किल अन्य क्षेत्रमा हराउदै जान्छ । उसले एपेन्डिक्स बाहेक अन्य अंगको अप्रेशन गर्नुपर्दा गल्तिहरु हुने सम्भावना बढी हुन्छ । पढेर आएका सक्षम व्यक्ति पनि धेरै वर्षसम्म अभ्यास नहुदाँ पछि गएर हातमा सर्टिफिकट भए पनि उ पछिल्लो समयमा असक्षम देखिन्छ । त्यस्ता जटिल खालका बिरामी आफू कहाँ आएमा बाहिर पठाउने गर्दछन् । डाक्टर बीचको अन्तरद्धन्दका कारण बिरामीहरलाई बाहिर पठाउने गरेका छन् । यो विषयमा हामी डाक्टरहरु पनि चुकिरहेका हुन्छौं ।
९) स्कोलियोसिस् कसरी पत्ता लगाउने ?
स्कोलियोसिस् भनेको साधारण भाषामा भन्नुपर्दा मेरुदण्ड टेढो हुनु हो । यसलाई धेरै ठूलो जाँच बुझ गर्नु पर्दैन । साधरण नन् डिजिटल एक्स–रेबाट पनि पत्ता लगाउन सकिन्छ ।
१०) राम्रा चिकित्सकसम्म जनताको पहुँच कसरी पु¥याउन सकिन्छ ?
मेरो विषेशज्ञताले भ्याएसम्म मैले उपचार गर्न सक्छु । सरकारले नै निजी र सरकारी भनी छुट्याएको छ । त्यो भित्र रहेर नै सेवा दिन सक्छौं । म व्यक्तिगत हिसाबले विभिन्न समयमा जनताको घर दैलोमा गएर शिविर संचालन गरेर सेवा दिदै आएको छु । लायन्स क्लब अफ सेन्ट्रल सिटीको समन्वयनमा हरेक बुधबार ९ बजेदेखि ११ बजेसम्म निजी क्लिनिक मेडिलेनमा निःशुल्क परामर्श सेवा संचालन गरेको छु । यो परामर्श सेवाको सबैले सदुपयोग गर्नुपर्छ । त्यसले पनि धेरैलाई राहत पुग्छ । झट्ट हेर्दा २ घण्टाको सेवा भए पनि वर्षको एउटा व्यक्तिबाट ८ लाखको समाजमा अनुदान हो । प्रत्येक डाक्टरहरुले यसरी गर्ने हो भने समाजमा धेरै राहत पुुग्न सक्छ । गरिब, निमुखा जनता यहाँ पनि आउँछन् । उनीहरुको अवस्था हेरेर निःशुल्क उपचार पनि गराएको छु । हरेक व्यक्तिले आफ्नो तर्फबाट समाजमा योगदान दिनुपर्छ । त्यस प्रति हामी सबै चिकित्सक सजग रहनु पनि पर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना
गायत्री अश्वमेघ महायज्ञ
बडा सुन्दर बा हमरो नेपाल तराई पहाड सजनि