वीरगंजस्थित पानीटंकीमा प्रभु सिटी स्क्यान सेवा संचालनमा आएको छ । शरीरका सम्पूर्ण भागलाई स्क्यान गरेर भित्री समस्यालाई सजिलै देखिने अत्याधुनिक प्रविधी सहितको प्रभु सिटी स्क्यान सेवा आज देखी संचालनमा आएको हो ।
प्रभु हस्पिटल नजिकै रहेको यस सिटी स्क्यानको वीरगंज महानगरपालिका वडा नं. ४ र ८ का वडाध्यक्ष जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् । यस सिटी स्क्यानमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड लगायत सम्पूर्ण सेवा उपलब्ध हुने छ । क्यान्सर, ब्लडप्रेसर, ब्रेन हैमरेज, टाउको दुख्ने, छातीमा पानी जमेको, रिडको हड्डी टुटेकोे लगायत भिन्न समस्याको रोग पत्ता लगाई सबै उपचारको सुविधा यहाँ मिल्ने रहेको सिटी स्क्यानका संचालक डाक्टर निरन्जन साहले बताए ।
सेवा शुरु गरेको यस सिटी स्क्यान सेन्टरमा अन्य भन्दा सर्वशुलभ शुल्कमा विभिन्न खालका बिरामीहरको सिटी स्क्यान सेवा उपलब्ध रहेको डाक्टर साहले बताए । यहाँ विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसीरबायोप्सीका लागि समेत सेवा उपलब्ध हुने रेडियोलोजिस्ट डाक्टर डम्बर साहले बताए । अरु सिटी स्क्यान भन्दा प्रभु सिटी स्क्यानले आजको आजै स्क्यान गरि तुरुन्तै रिपोर्ट दिई चौबिसै घण्टा गुणस्तरीय सेवा दिने गरेको डा. साहले जानकारी दिए ।
कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको संचालक द्वय साहको तर्क रहेको छ । बिरामीहरुको चेकजाँच गर्ने बितिकै ह्वाट्सअफ मै तुरुन्तै रिपोर्ट पठाउने गरेको अर्का संचालन रोडियोलोजिस्ट डा. डम्बर साहले जनाए ।
साढे ३ करोडभन्दा बढिको लगानीमा संचालनमा आएको प्रभु सिटी स्क्यानले मधेश प्रदेश अन्तर्गतको जिल्ला सहित छिमेकी मुलुक भारतसम्म सेवाग्राहीहरुलाई राहत मिल्ने डा. डम्बर साहले बताए ।
उद्घाटन कार्यक्रममा प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, एमाले नेता शम्भु गुप्ता, लोसपाका नेता नेजामुद्दिन समानी, प्रहरी समुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासु सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, अधिवक्ता शालिग्राम साह, वडा नं. १२ का वडा सदस्य अनिता क्षेत्री, कांग्रेसका युवा नेता दिलीप राज कार्की लगायतको सहभागिता रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना
गायत्री अश्वमेघ महायज्ञ
बडा सुन्दर बा हमरो नेपाल तराई पहाड सजनि