योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन सकृय हुन थालेको छ । ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका उद्देश्य हुन् । सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन् । ती लक्ष्य र उद्देश्यमा कर्तव्यनिस्ठ हुन सम्पुर्ण रोजगारदाता तथा श्रमिकहरुलाई सुचिकृत गर्न आवश्यक छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत ४ वटा सुविधाहरु सुनिश्चित गरिएको छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र अवश्यकता सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाको सुविधा तथा बृद्धावस्था सुरक्षाको सुविधा लगायतका व्यवस्थाहरु रहेका छन् ।
कोषले यी व्यवस्थाहरुको कार्यान्वयन गर्ने काम गर्छ । कार्यान्वयनको पहिलो चरणमा रोजगारदाताहरु दर्ता हुने, उनीहरुले आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकहरुको दर्ता गराउने अर्थात सुचिकृत गर्ने काम हुन्छ । त्यसपछि योगदान रकम जम्मा गर्न कोषले सूचना जारी गर्छ । कोषको यस्तो सूचना जारी भएपछि रोजगारदाताहरुले कोषमा रकम जम्मा गर्ने काम गर्छन् । यी शर्तहरु पूरा भएपछि मात्रै श्रमिकहरुले सुविधा प्राप्त गर्न सक्छन् । कोषले श्रमिकका खातामा जम्मा भएको रकमको आधारमा उसलाई विभिन्न सुविधा दिँदै आएको छ ।
सामाजिक सुरक्षा कोषको उद्देश्यः
सरकारले विशेष गरी श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कोषको मुख्य उद्देश्य भनेकै आम श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु हो । सरकारले सामाजिक सुरक्षा कोष नियमावली, २०६७ बमोजिम कोषको स्थापना गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तर्जुमा भई कार्यन्वयनमा आएपश्चात् हाल सोही ऐन बमोजिम कोषले कार्य सञ्चालन गरिरहेको छ । त्यस्तै सामाजिक सुरक्षा कार्यविधी २०७५ अनुसार कोषले यसमा रहेका व्यवस्थाहरुको कार्यान्वयन गरिरहेको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको लागि ः
यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने व्यवस्था गरिएको छ ! वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा र कोषमा सिधै आवेदन दिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू सामाजिक सुरक्षामा जोडिन सक्छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तीन तरिकाबाट कोषमा आबद्ध हुन सक्छन्। श्रम स्वीकृति लिने स्वीकृतती लिने क्रममा नवीकरण गर्ने क्रममा र सिधै सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत विवरण दर्ता गराएर यसरी सूचीकरण भएपछि उहाँहरूको इमेलमा सामाजिक सुरक्षा कार्ड र नम्बर जान्छ र त्यही नम्बरका आधारमा उहाँहरूले आफ्नो योगदान जम्मा गर्न सक्नुहुनेछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रूपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट विप्रेषण पठाएको प्रमाण पेस गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने प्रावधान रहेको छ । अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै गत बुधबार प्रधानमन्त्री पुस्प कमल दाहालज्युले अब करारमा रहेका कर्मचारीलाई पनि सुरक्षा कोषमा ल्याउने सरकारको करार सेवामा वर्षौं काम गरेर रित्तो हात घर फर्किने अवस्था हुनुहुँदैन भन्ने पक्षमा वर्तमान सरकार रहेकाले सबैलाई एकै पटक नसके पनि चरणबद्ध रूपमा कोषमा आबद्ध गराउने बताउदै गर्दा श्रमजीवीले यो कोष मजबुत हुने विस्वास गरेका छन् ।
स्वरोजगारदेखि वैदेशिक श्रमिकसम्म
सामाजिक सुरक्षा कोषको अवधरणाको दायरा निक्कै फराकिलो बन्दै जानू सुखद् पक्ष हो । तर कार्यावन्यनको पक्षमा भने विस्वसनीयताको वातावरण सरकाले बनाउनु पर्ने भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेडयुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा आबद्ध गराउने कार्यक्रमलाई तीन दशक लामो ट्रेड युनियन आन्दोलनको उपलब्धीका रूपमा लिएको बताउनु र उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रमान मल्ल र नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अनौपचारिक र स्वरोजगारका श्रमिकलाई कोषमा आबद्ध गराउन पूर्ण सहयोग हुने प्रतिबद्धता जनाउँदै गर्दा अब भने योगदानमा आधारित सामाजिक सुरक्षाको दायारा फराकिलो संगै मजबुत विश्वास रहेको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना