यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजमा अहिले निकै कर बुझाउनेको भीडभाड बढेको छ । दैनिक चार सयदेखि छ सय सेवाग्राही आइरहेको कार्यालयमा अहिले कर बुझाउनेको भीड बढेको हो ।
पहिले दैनिक तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकोमा चालू आव २०८०/८१ मा सवारीकरमा लाग्ने जरिवाना छुट भएपछि वर्षौंदेखि कर नबुझाएका गाडीहरूको कर बुझाउन सेवाग्राहीहरू आउँदा भीड बढेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । यातायात सवारी शाखा कार्यालय मधेस प्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय हो । मधेस प्रदेश सरकारले चालू आवमा नवीकरण फेल भएका सवारीसाधनमा जरिवाना छुट गर्दै नवीकरण शुल्क तिरेपछि नवीकरण गर्न सकिने बजेट भाषणमा व्यवस्था गरेपछि सवारी करमा प्रदेशभरि जरिवाना माफ भएको छ । यो मौकाको फाइदा सेवाग्राहीहरुले उठाइरहेका छन् । सेवाग्राहीले सवारीसाधनको नवीकरण शुल्कमा नियम अनुसार शुल्क तिर्नुपर्छ । नवीकरण दस्तुुरमा गत आवभन्दा केही प्रतिशत वृद्धि गरिएको सूची जारी भएको छ । गाडीको क्षमता अनुसार नवीकरण दस्तुर निर्धारण भएको बुझिएको छ । कर बुझाउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएपछि चालू आवमा राजस्व सङ्कलनमा वृद्धि हुने अपेक्षा रहेको कार्यालयले जनाएको छ ।
यो कार्यालयमा गत आर्थिक वर्ष एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको कार्यालय प्रमुख उमेश रेग्मीले बताए । अघिल्लो आव २०७८/७९ भन्दा गत आव २०७९/८० मा राजस्व सङ्कलनमा –हास आएको उनको तर्क छ । यातायात व्यवस्था कार्यालय सवारी शाखाले गत आवमा रु २३ करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले गत आवमा रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार राजस्व सङ्कलन गरेको थियो भने सोभन्दा अघिल्लो आव २०७८/७९ मा उक्त कार्यालयले रु एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ । गत आवमा यातायात क्षेत्रको आम्दानी शीर्षकमा ६ करोड ३७ लाख ३५ हजार ४३६, प्रशासनिक दण्ड जरिवाना एवं जफत शीर्षकमा रु ९ हजार ४९६, बेरुजू ११ हजार ५४५, सवारीसाधन कर रु ९७ करोड ७१ लाख ४२ हजार ४५५, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर रु १५ करोड ३९ लाख १५ हजार ८६८ गरी कुल रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व सङ्कलन भएको कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ ।
उता अघिल्लो आव २०७८/७९ मा सवारीकरमा रु एक अर्ब १७ करोड सात लाख ४३ हजार २७०, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर रु १८ करोड ३८ लाख ३८ हजार ५३०, यातायात क्षेत्रको आम्दानी रु सात करोड ८६ लाख ७८ हजार ९२०, प्रशासनिक दण्ड जरिवाना र जफतमा रु २६ हजार नौ सय, बेरुजू रु ८१ हजार ३१० गरी कुल रु एक अर्ब ४३ करोड ३३ लाख ६८ हजार ९३० राजस्व सङ्कलन भएको कार्यालयका लेखा शाखाका जीतेन्द्रकुमार राउतले जानकारी दिए ।
गत आवसम्म कुल २९ हजार ४५९ सवारी दर्ता
यातायात व्यवस्था कार्यालय, सवारी शाखा वीरगंजमा गत आव २०७९/८० सम्ममा कुल २९ हजार ४५९ सवारीसाधन दर्ता भएका छन् । गत आवमा बस ५९५, मिनीबस, मिनीट्रक ५७, क्रेन, डोजर, एक्साभेटर, ट्रक, टिपर गरी २४२ वटा, कार, जीप, भ्यान २७३, पिकअप ६९७, माइक्रोबस ३९, टेम्पो, ईरिक्सा १ हजार ९५१, मोटरसाइकल २७ हजार ४८५, ट्याक्टर, पावर टिलर ७१४, एम्बुलेन्स १४ गरी कुल २९ हजार ४ सय ५९वटा सवारीसाधान दर्ता भएको पनि कार्यालयले जनाएको छ । मुलुकको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजमा मधेस आन्दोलन र नाकाबन्दीपछि भैरहवा नाकाबाट सवारीसाधान पैठारी हुन थालेपछि यो नाका केही ओझेलमा परेको छ । साथै, हेटौंडा, चितवन, मधेस प्रदेशका अन्य जिल्लामा पनि सवारीसाधन दर्ताको सेवा उपलब्ध भएपछि वीरगंजमा सवारी दर्ता सङ्ख्यामा स्वभाविक रुपमा कमी आएको त्यहाँका कर्मचारीहरूले बताए ।
मर्ज भएन सवारी र लाइसेन्स
सङ्घीय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालू आवदेखि लाइसेन्स र सवारी शाखा मर्ज गरी एउटै कार्यालय सञ्चालन गर्नुपर्ने निर्देशन दिए पनि वीरगंजका यी दुईवटा कार्यालय हालसम्म मर्ज भएका छैनन् । सवारी शाखा प्रमुख उमेश रेग्मीका अनुसार सरकारको नीति भए पनि हालसम्म कसरी मर्ज भएर सञ्चालन गर्ने भन्ने बारेमा थप नीतिगत जानकारी आइसकेको छैन । परिपत्र नआएकोले अन्योलको वातावारण रहेको उनको भनाइ छ । उनले हालसम्म सवारी र लाइसेन्स छुटाछुटै शाखाबाट सेवा दिइरहेको चर्चा गर्दै सरकारको परिपत्र आएपछि एउटै कार्यालयको रूपमा अघि बढाउन आफूहरू पनि तयार रहेको बताए । “दुईवटा कार्यालय एउटै गाभेर सञ्चालन गर्दा कार्यालय प्रमुख तथा अन्य कर्मचारीको व्यवस्थापन कसरी मिलाउने, कार्यालय कहाँ सञ्चालन गर्ने भन्ने एकिन नभएको लेखा शाखाका जीतेन्द्रकुमार राउतको भनाइ छ ।
गत आव २०७९/८० मा कुल २९ हजार ४५९ सवारीसाधन दर्ता भएका छन् । गत आवमा बस ५९५, मिनीबस, मिनी ट्रक ५७, क्रेन, डोजर, एक्साभेटर, ट्रक, टिपर गरी २४२ वटा, कार, जीप, भ्यान २७३, पिकअप ६९७, माइक्रोबस ३९, टेम्पो, ईरिक्सा १९५१, मोटरसाइकल २७,४८५, ट्याक्टर, पावर टिलर ७१४, एम्बुलेन्स १४ गरी कुल २९ हजार ४५९ वटा सवारीसाधन दर्ता भएको कार्यालयले जनाएको छ । मुलुकको मुख्य प्रवेशद्वार भनेर चिनिने वीरगंजमा मधेस आन्दोलन र नाकाबन्दीपछि भैरहवा नाकाबाट सवारीसाधन पैठारी गरी दर्ता गर्ने काम भएपछि वीरगंजमा नयाँ सवारीसाधन दर्ताको सङ्ख्यामा कमी आएको छ । साथै, हेटौंडा, चितवन, मधेस प्रदेशका अन्य जिल्लामा पनि सवारीसाधन दर्ताको सेवा उपलब्ध भएपछि वीरगंजमा सवारी दर्ता सङ्ख्यामा कमी आएको कर्मचारीहरूको दावी छ । गत साउन १ गतेदेखि नै मर्ज गरी सञ्चालन गर्ने सरकारको निर्देशन एवं तयारी भए पनि प्राविधिक तयारी पूरा नभएकोले मर्ज हुन नसकेको कर्मचारीहरुको दावी छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना