वीरगञ्ज उद्योग वाणिज्य सङ्घका का.वा. अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सम्मिलित एक शिष्टमण्डलबीच आज एक समारोहका बीच सङ्घकै बैठक कक्षमा भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।
कार्यक्रममा सङ्घका का.वा. अध्यक्ष हरिप्रसाद गौतमले हरिवनमा कृषिजन्य उत्पादन तथा कृषिजन्य उद्योगहरु स्थापनाको पर्याप्त सम्भावना रहेकोले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो । आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर हरिवन नगरपालिकाभित्र उद्योगहरु स्थापना गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन देखाएको अग्रसरताप्रति नगर प्रमुख रमेश बुढाथोकीलाई धन्यवाद दिनुभयो । उहाँले हरिवन नगरपालिकाभित्र उद्योगहरुको स्थापनाको लागि जग्गाको प्रबन्ध गर्नुपर्ने, नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्ने, ढल निकासको व्यवस्था गर्नुपर्ने, शान्ति सुरक्षाको व्यवस्था हुनुपर्ने, उद्योग स्थापना गर्दाका बखत नीतिगत जटिलताबाट मुक्त हुनुपर्ने, आईईई÷ईआईए गराई राख्ने झण्झटबाट मुक्त राख्नुपर्ने, उद्योगहरु स्थापना भई सके पश्चात् स्थानीयहरुको हस्तक्षेप नहुनुपर्ने लगायतका सुझावहरु दिनुभयो । साथै नगरपालिका क्षेत्रमा उद्योगहरु स्थापनाका लागि चाहिने सहयोग र सहकार्यका लागि सङ्घ सदैव तयार रहेको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका का.स.स. अरविन्द्र अमात्य, तारा प्रसाद र हीरालाल साहले हरिवन नगरपालिकाले हरिवनले कृषिमा आधारित उद्योगको अपार सम्भावना बोकेकोले कृषिसँग सम्बन्धित उद्योगहरु स्थापना गर्नुपर्ने बताए । साथै उद्योग स्थापनाको लागि गर्नुपर्ने कार्यहरु बारे आ–आफ्नो सुझाव दिनुभयो । उहाँहरुले नगरपालिका क्षेत्रमा उद्योगहरु स्थापनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले हरिवन नगरपालिका क्षेत्रभित्र उद्योगहरु स्थापनाको लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले उद्योगहरु स्थापनाका लागि चाहिने पूर्वाधारहरु जग्गाको प्रबन्ध, बिजुली बत्तीको व्यवस्था, ढल निकासको व्यवस्था आदिको प्रबन्ध नगरपालिकाले गर्ने जनाए । साथै उद्योगहरु स्थापनाका क्रममा कुनै समस्या परे नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि दिए । कार्यक्रममा वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय र हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कार्यपत्र प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा हेल्भेटास नेपाल इन इलम परियोजनाका टिम लिडर हरि गुरुङ, हेल्भेटास नेपाल इन इलम परियोजनाका प्रदेश संयोजक कृष्णलाल कर्ण, हरिवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन योञ्जन, हरिवन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष केशव राज थापा, हरिवन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नागेन्द्र साह, हरिवन नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, हरिवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजन के.सी., हरिवन उद्योग वाणिज्य सङ्घका महासचिव राम विनोद कुश्वाहा, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना