केहि दशक देखि विकसित भएको मिटरब्याजी परम्पराले विकरालरुप लिए पछि शोषित पीडित जनताको चर्को दबाब पछि सरकारले मिटरब्याजी सम्बन्धी कानुन निर्माण र लागु गर्न तयार भएको छ । नाजायज तरिकाले धन कमाउने लोभ गर्ने व्यक्तिहरु विरुध्द सडकमा पीडितहरु उत्रिएपछि प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले ठाडो उजुरी र दुवै पक्षवीच छलफलद्धारा अनैतिक रकम असल उपर गर्ने नीति, व्यवहार अघि सारेको छ । यो व्यवहारिक र प्रभावकारी नै देखिएको छ । घर व्यवहार चलाउन चर्को ब्याजमा ऋणलिने गरेका विशेष गरी तराई मधेश प्रदेशमा जनताहरुका लागि मिटरब्याजी ऋण ठूलो पीडा सावित भएको छ । मिटरब्याजी विरुद्ध देशभर दश हजार भन्दा बदी ठाडो उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यलयहरुमा दिन्हु आवश्यक कारवाहीका लागि ऋणदिने र ऋण लिने दुवैको भिंड लागी रहेको छ । छलफल पछि मिटब्याजी मुद्दा छिनोफानो हुदैं गएको छ । मिटर्रब्याजी अपराध अन्त्य भएपछि गाँउघरमा सरसापट कसैवाट कसैले नपाउने,सामान्य घरब्यवहार नचल्ने अवस्था आउने एकतर्फीको भनाई छ । अर्कोतर्फी भनाइ मिटरब्याजको विकल्पकोरुपमा बैंक र ऋण तथा बचत सरकारी संस्थाहरुले सरल र सस्तो तरिकाले घरव्यवहार चलाउन आवश्यक परेको बेला ऋण उपलब्ध हुनुपर्दछ । चर्को ब्याज दरमा ऋण लिने भाखाभिज तिर्ने नसक्दा घरखेत नै गुमाउनु पर्ने अघिकांशको पीडा मिटरब्याज सम्बन्धी कानून निर्माण पछि हल हुने देखिन्छ । मिटरब्याजी सम्बन्धी कानूनले गरिब,असहाय धेरैको उध्दार गर्ने संभावना छ । मिटरब्याजी कृपयाको अन्त्य नै हुनु पर्दछ । अनुत्पादक लगानी मिटरब्याजी,चर्को ब्याजले धेरै ऋणीहरुको उठीबास नै लागेको , जीवन अति कण्टकर बन्द गएको बेला मिटरब्याज विरुद्ध सरकारले चालेको कडा कदमलाई प्रगतिशील कदम नै मान्नु पर्दछ । भनिन्छ शोषणका अनेकरुप हुन्छन । मिटरब्याजीको अन्त्य भएपछि वृहदलीय संसदीय व्यवस्थामा अर्को शोषणको रुप नेपाली समाज भर पर्दा हुन सक्दछ । त्यस तर्फ सरकार र जनता दुवै बदी चनाखो हुन जरुरी छ । मिटरब्याज लगायत सबै आर्थिक खाले शोषण,सामाजिक र राजनितिक शोषणको अन्त्य गर्न मौजदा शासन व्यवस्था र राज्य संयन्त्रमा आमूल परिर्वतन गर्न एक पटक देशभक्तिपूर्ण राष्ट्र निमार्ण क्रान्ति जरुरी छ । सबै खाले शोषण र उत्पोडिनमा परेका देशभरका जनता एकपटक एकैसाथ संघर्षको मैदानमा जुरुक्क उठे भने नयाँ समाजवादी दैसानिक समाजवादी क्रान्ति सफल भई जनमुक्तिको उन्मुक्त वातावरण देखा पर्ने छ । अनैतिक गरेर अपराध गरेर पैसा कमाउने प्रवृत्ति समाजवादी नीतिले समाप्त नै गर्न सक्दछ । वर्तमान दलाल पूर्जीवादी हृदलीय संसदीय व्यवस्थाले विद्यमान विकृति, विसमनि अन्तर विरोध,विभेद,शोषण,दमन,आर्थिक विषभता लगायत तमाम समस्याको स्थायी समाधानगर्न सक्दैन ।
सामान्य सुधार र परिवर्तनबाट देश र जनाको मुक्ति संभव नदेखिए पछि एकीकृत जनक्रान्ति मार्फत आभुल परिवर्तन अनिवार्य हुन्छ । जस्को पखाईमा नेपाल र नेपाली छना आमूल परिवर्तनको प्रवल संभावना छ, सफल हुन्छ । सबैखाले विकृति विसंगतिको निमार्ण गर्न जनक्रान्ति जरुरी हुन्छ । क्रान्ति एकमात्र निर्णायक हो । क्राँित रहरले होइन, बाध्यताले हुन्छ । अति र ज्यादति भए पछि अनिवार्य रुपमा अनि गर्नेको खनी हुन्छ । अति पाप घरकाको घुरीबाट कराउँछ भनिन्छ । मिटरब्याजी पाप यनिखेर घरकै घुरीबाट कराएको छ । देशभर एकै साथ कराएको छ । मिटरब्याज विरुद्ध जसरी पीडितहरु सडकमा शान्तिपूर्ण संघर्षमा उत्रिए झं विदेशी हस्तक्ष्ँेप, भारतीय सीमा अतिक्रमण महमी,वेरोजगारी ध्याप्त भ्रष्टाचार घुसखोरी प्रशासनिक दिलासुस्ति, राज्य ब्यवस्थाको ज्यादति विरुद्ध सडक संघर्षमा अनिवार्यरुपमा उत्रिए पछि मात्र यथास्थितिमा आमूल परिर्वर्तनको लागि वाधारहित वातावरण निर्माण हुनेछ । मिटरब्याजको क्रममा दृष्टिवन्धक भनेर झुकाएर जग्गाको रजिष्टेशन नै पास गरेको पनि पाइएको छ । मिटरब्याजीहरु सरकारी वर्तमान पहलबाट निकै डराएका छन । उनीहरुको सातापसत्लो उडेको छ । यो कदमले निरन्तरता र तदारुक्ता पा(उन पर्दछ । बैकिङ कसुरले पनि यतिखेर उग्ररुप लिदैछ । थुप्रै बैकिङ कसरदाताहरु जेलको कालो कोठरीमा बस्न पुगेको छन । विभिन्न अपराधमा सलग्न्न ब्यक्तिहरु जेलमा कोचिएका छन तर पनि अपराध घट्नुको बदला बढीरहेको छ । आर्थिक चलखेल र अपराधबाट सिगों समाज नै अक्रान्त हुदैछ । लाग औषध बेचविखन र सेवनले पनि अस्वभाविक अपराध बढाउदै लगेको छ ।
अहिलेसम्म प्रहरी,सुरक्षकर्मी अपराध नियन्त्रणमा राख्नसके पनि रक्षक नै भक्षक बन्ने शासक,प्रशासक,जनप्रतिनिधि नै भ्रष्टाचारी सावित कहुदैं गएको परिस्थिति रक्षक नै भक्षक भन्ने कुरा देखापर्दे गएको छ । सिर्फ पेट पाल्न,विहानवेलुकी छाक टार्नुका लागि मात्र हुने अपराध पनि बढदै गएको छ । मानवीय समस्याबाट ग्रष्टबन्दै छ नेपाली समाज यस्को समाधानका लागि आर्थिक र राजनीतिक पहल शुन्यसरी देखिन्छ । भौतिक विमासमा भन्दा मानवीय विकासमा सरकारले बढी प्राथमिक्ता नदिने हो भने भौतिक विकासले उल्टो गति लिन्छ । वर्ग संघर्षका नाममा लामो अवधिसम्म रहेको कम्युनिष्ट विदोह र संघषले कम्युनिस्ट उद्देश्य र लक्ष्य रतिभर पूरा नगरि अन्यज्ञ बरालिन पुगेको छ । कम्युनिष्ट राजनीतिमा सक्रिय ब्यक्तिहरु अधिकांश् भ्रष्ट वेइमान, अनैतिकजातिवादी संकिर्णवादी,पुर्वाग्रही धनवादी, सुविधाभोगी देखिएका छन् । कम्युनिस्ट आन्दोलन कै बदनामी हुन पुगेको छ । इमान्दार,कर्मट,देशमुक्ट,क्रान्तिकारी नेताको सिलानै खोज्नु पर्ने अवस्था आएको छ । विचारको राजनीति केवल कुरामात्र बनेको छ । कुरा र भाषाले देश र समाज बन्दैन । कठीन संघर्ष इमान्दार योगदान राष्ट्र निमार्णको माध्यम हो । आन्दोलन विखण्डनकारी अनन्दोलनमा परिणत भएपछि देश र जनताको सर्वशव डुब्नपुग्दछ । राष्ट हार्न पुग्दछ । राष्ट्रनै असफल हुन्छ । आन्दोलनबाट स्थापित भएको भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र यतिखेर राष्ट्रिय अभिशापबन्ने देखिन्छ । सत्ता गठबन्धनको सरकार र संस्कृतिले रानिति अराजकता र अस्थिरतक कायम गरेको छ । यो ब्यवस्थाले विद्यमान समस्या समाधान होइन,आफैमा एउटा समस्या बन्नपुग्दैछ यसैमा अिजोका क्राँितकारी ठहरिएको विभिन्न पार्टीका नेताहरु रमाउदै नाचिरहेका छन । उनीहरुको नाँच नै नाश र विनाश हो । भू राजनीति जटिलता,कुटनीतिक असन्तुलनले राष्ट्र नै र्ववादीका संघारमा उभिन पुगेको छ,यस्तौ संगीन घडीमा राष्ट्रलाई पार लगाउन सक्ने खाइलागदो ब्यक्ति,नेतृत्व देखापर्न नसकेकोले आशंकै आशंकामात्रउत्पन्न भएको छ।आशा र उदासिमता अनि तनाव अशान्तिमात्र जतातेतै देखिन्दैछ । बढदो गरिवीले अकाल मृत्यु जगाइ रहेको छ । जलवायु परिवर्तनको चुनौतिले आम जनतालाई जोखिममा बाँच्न विवस पारेको छ । अनिश्चित छ भविष्य । नैराश्यताको जिन्दगी कहिलेसम्म मस मस्ले बिताउनेसंघीय राज्य भ्रममा परिणत भएको छ ।यस्ले हिंसा वाहेको सपनामा यर्थाथ र सत्यता केही देखिएन । त्यसैले यो असफल बन्न पुग्दैछ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना