१) तपाई राजनीतिमा आउनुको कारण के हो ?
नेपालको संविधानमा व्यवस्था गरे अनुरुप स्थानिय तहको निर्वाचनमा दलित महिला सदस्यको लागि १ वटा कोटा निर्धारण गरेको हुुँदा म शिक्षित महिला भएको नाताले दलित समुदायको महिला सशक्तिकरणको लागि केही हदसम्म काम गर्न सक्छु भनेर राजनीतिमा आएको हो ।
२) दलित महिला सदस्यमा विजय हुदाँ तपाईलाई कस्तो महशुस भएको थियो ?
संविधानले व्यवस्था गरेको दलित महिला वडा सदस्य मा आउनुपर्ने संवैधानिक व्यवस्था र दलित उत्थानको उद्देश्य राखेर चुनावमा उम्मेदवार बनेको थिए । तर सफल्ता हात पार्न सफल भए र जनताको सेवा गर्ने अवसर पाए ।
३) १ वर्षको कार्यकालमा वडाका कस्ता काम गर्न सफल हुनुुभएको छ ?
हरेक वर्ष वडाका प्रसुती महिलालाई नगद ५ हजार सुत्केरी भत्ता स्वरुप वितरण गर्नेछौं भनेर निर्वाचनको दिन भनेका थियौं । चुुनाव जितेको पहिलो बैठक पहिलो निर्णय गरेर प्रत्येक प्रसुती महिलालाई नगद ५ हजार वितरण गर्दै आइरहेको छ । महिला सशक्तिकरण तथा महिला स्वरोजगारकालागि सिलाइकटाई, डलकुशन, व्यूटिसियनका कार्यक्रम निरन्तर चलिआइरहेको छ । महिला सीप विकासको विषयमा सिलाइकटाईमा ५लाख र व्यूूटिसियन तालिम तर्फ पनि अघिल्लो वर्ष २ लाख खर्च गरिएको छ । सिलाई सिक्ने २१ जना महिलालाई तालिम सकिएपछि सिलाई मेसिन पनि दिएर आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । अहिले गर्मीको मौसममा पानी नपरेर खानेपानीको धेरै ठूलो हाहाकार फैलिएको छ । यसरी सबैको चापाकल सुकेको छु । यही खानेपानीको विकराल समस्यालाई समाधान गर्न यस वडामा खानेपानीको बोरिङ्ग जडान गरी जनतालाई खानेपानी सहज उपलब्ध गराएका छौं ।
४) अहिले तपाई कार्यवाहक वडाध्यक्ष हुँदा कस्तो महशुस भएको छ ?
वडा अध्यक्षले गर्ने सिफारिस तथा कानूनी वाध्यता तथा वडावासीको सिफारिस कानून बमोजिम गर्न धेरै चुनौतिपूर्ण छ । तर पनि जनतालाई दिएको अधिकार जनताकै लागि हो । जनताले आफ्नो अधिकार सरल र सहज रुपमा पाउनुपर्छ । वडा अध्यक्षको अनुपस्थितिमा मैले का.बा. वडा अध्यक्ष भएर काम गर्न र बुझ्न पाएको छु । मेरो चासोको विषय आम जनताले समस्या भोग्न नपरोस भन्ने हो । काम गर्दै जाँदा लडिन्छ फेरी उठ्ने प्रयास चाहि गर्नुपर्छ । प्रयास गरे कामहरु सफल पनि हुन्छ । खुशी पनि छु र गर्व महशुस गर्दै छु । मैले पाएको कार्यवाहक वडाध्यक्ष मेरो नभई मेरो समुदायको लागि गौरवको विषय हो । घरबाट बाहिर निस्किदाँ समाजमा परिवर्तनको अनुुभुति गर्न पाएको छु ।
५) दलित महिलाहरुको लागि के गर्ने योजना राख्नु भएको छ ?
दलित र अन्य महिला भनेर मैले कुनै किसिमको भेदभाव गरेको छैन । वडाका सबै महिला उस्तै हुन् । भोलीका दिनमा मलाई निर्वाचनमा सबै महिला दिदी बहिनीहरुको साथ सहयोग र माया चाहिन्छ । सबै प्रसुती महिलाहरुलाई नगद ५ हजार दिने पहिलो निर्णय नै चुनाव जितेपछि भएको छ । यस्तो कुनै पनि वडाले गरेको छैन । त्यसैले दलित महिला तथा अन्य महिलाहरु सबैलाई समान हुने गरी बजेट ल्याएको छ । वडामा पाएको बजेट समावेशी भएकोले दलित तथा अन्य सबैलाई ध्यान दिएर बजेट तर्जुमा गरिन्छ ।
६) कार्यवाहक अध्यक्ष पदमा बसेर कार्य गर्दा कत्तिको सहज छ त ?
कार्यवाहक अध्यक्ष भएर काम गर्दा खुशी लागेको छ । कार्यवाहक अध्यक्ष भएर काम गर्नु मेरो लागि चुनौती पनि हो । तर वडाध्यक्षले गर्ने सिफारिस र कानून बमोजिम गरिने काम चुनौतीपूर्ण छ । खराब नीति भएको मानिसले कुन समय फसाउन सक्छ होसियार भएर काम गनुर््पर्छ ।
७) वडाध्यक्ष पद पाउनुु भयो भने पहिलो प्राथमिक्तामा के रहन्छ ?
दलित समुदाय लगायत समावेशी बजेट तर्जुमा गरी वडाको चौतर्फी विकास गर्ने पहिलो प्राथमिकतामा हुन्छ ।
८) वडा सदस्य र कार्यवाहक अध्यक्ष पदमा के फरक पाउनुभयो ?
मेरो रोजाइ भनेको नै अब राजनीति नै हो । सदस्यमा रहँदा अरुको बारेमा गुनासो मात्र सुन्ने मौका थियो । पदमा बसेर काम गर्दा सजिलो नहुने रहेछ । काम गर्दा सबै आफ्नो पक्षको मात्र हुन्छन् भने होइन । कसैले कामको प्रशंसा पनि गर्छन् । भने कतिपयले कुरा काटिरहेका पनि हुन्छन् । पहिला र अहिले धेरै फरक पाएको छु । हाम्रो टिमबाट राम्रो काम हुँदै आएको छ । अझ थप राम्रो गर्ने प्रयास जारी छ । बजेट तर्जुमा भोटिङ् राइट्स हुने वडा सदस्यको अधिकार हुन्छ । वडा अध्यक्षको वडाको जनताको सबै सिफारिस,कार्यपालिकाको पदेन सदस्य हुने अधिकार हुन्छ ।
९) अन्त्यमा तपाई थप के भन्न चाहनुु हुन्छ ?
आफ्नो विवेकले भ्याएसम्म कोही पनि मेरो वडाको जनता दुःखी नहोस् । सबैको काम सरल तरिकाले होस् भन्ने मेरो चाहना हो । आम जनताले मैले गरेको राम्रो कामको अनुभूति गर्न सकुन् । सबै काम अनलाइन सिष्टमबाट भैरहेको छ । कागजपत्र शुद्ध रुपमा सबैको छ भने कसैको काम रोकिदैन् । जनता नै हाम्रो परिवार हुन् । म दलित समुदायबाट आएको हुनाले अब दलितहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुदँै गएको छ । हाम्रो वडामा जुन लाग्ने दस्तुर बाहेक अन्य कुनै शुल्क लिने गरेको छैन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना