१) तपाई राजनीतिक क्षेत्रलाई नै रोज्नुको कारण के हो ?
समाजमा रहेको विकृति, विसंगतिहरुलाई कसरी निर्मूल पार्ने, कसरी असल समाजको निमार्ण गर्ने भन्ने उद्देश्यले समाज सेवामा लागेको हो । योङ स्पोटर्स क्लबको अध्यक्ष भएर समाज सेवामा लागेको हो । २०६२ सालमा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरे । सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र हनुमान मन्दिरको पनि सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष हुदाँ नै निर्माण गरे । क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षको उद्देश्य मिल्दोजुल्दो थियो । स्थानीय सरकार जनप्रतिनिधि विहिन भएको अवस्थामा बिना बजेट पनि सामुदायिक प्रहरीको अध्यक्ष भएर काम गरेको थिए । नेपाल सरकारबाट स्थानीय निर्वाचनको घोषणा भयो । बिना बजेट सामाजिक काम गरेको नै थिए भने नेपाल सरकारको बजेटमा किन वडाको विकास र समाजको सेवाकोलागि काम नगरौं भन्ने सोच मनमा आयो । त्यसपछि पूर्ण रुपमा म वडा अध्यक्षको उम्मेदवार भएर नै वडाको विकासकोलागि काम गर्न राजनितिक क्षेत्रमा लागेको हो ।
२) तपाइले पहिलो कार्यकालमा के–के काम गर्नु भएको छ ?
पहिलो कार्यकालमा हाम्रो वडाकोलागि ३५ लाख बजेट आएको थियो । लामो समय जनप्रतिनिधि विहिन भएर बसेको स्थानीय सरकारको अवस्था लथालिङ्ग थियो । जनप्रतिनिधीहरुको लागि बस्ने ठाँउ सम्म थिएन । कार्यालयको व्यवस्थापन गर्नु पनि त्यस बेलाको पहिलो आवश्यक्ता थियो । त्यो समयमा आएको बजेट सानो भए पनि हामीले त्यसको सही सदुपयोग गरेका छौं । पहिलो कार्यकालमा हामीले नाला, सडक जे जति निर्माण गरेका छौं । त्यसका लागि ठेकेदारको प्रवेश निषेध भन्ने कार्यक्रम चलाएका थियौं । जुन टोलमा निर्माणको काम भैरहेको छ । त्यहाँका बासिन्दाहरुलाई नै उपभोक्ता समिति बनाएर जिम्मा दिएर काम गरेका छौं । जसरी आफ्नो घर बनाएका छौं । त्यसरी नै विकास निर्माणका कामहरु सम्पन्न गरेका थियौ । स्वास्थ्य, शिक्षा र सुरक्षा नीतिलाई पहिलो कार्यकालमा लिएर हिडेको थिए । विकास निर्माणका साथै वडाका महिलाहरुको सीप विकासकालागि पनि केही काम गरेका छौं । वडामा आमा समूह गठन गरी महिलाहरुमा परेका समस्या समाधान महिला सदस्यहरु मार्फत प्रयास गरेका छौं । कसरी वडा नं.–५ लाई नमुना वडा बनाउने भन्ने विषयमा ध्यान दिन्थे । वडा समितिका साथीहरुले पनि मेरो काममा साथ दिनुभयो । जनताको चाहना अनुसार नै मैले काम गरे ।
३) यो कार्यकालमा के कस्ता काम गर्ने योजना गर्नु भएको छ ?
पहिलो कार्यकालमा सबैभन्दा बढी विकास निर्माणका कामहरु गरेका छौं । यो पटकको हाम्रो मुख्य योजना वडामा बसोबास गर्ने वडावासीकालागि सुरक्षाको प्रत्याभूति दिन चोकचोकमा सि.सि क्यामेरा जडान गर्ने, वडामा रहेका निरक्षर महिला तथा बुढापाकाहरुलाई साक्षरता कार्यक्रम संचालन गर्ने र साक्षर बनाउने । बालबालिकाहरुको विकासकोलागि बाल क्लब गठन गर्ने, गरिब, जेहेन्दार बालबालिकालाई छात्रावृति दिएर उनीहरुको शिक्षामा जोड दिने योजना ल्याएका छौं । विद्यालयलाई कसरी व्यवस्थित गर्ने विषयमा काम गर्ने योजना छ ।
४) तपाईको वडाका महिलाहरुको सीप विकासकालागि कस्ता योजना गर्नु भएको छ ?
हाम्रो वडामा आमा समूह गठन गरेका छौं । पहिलो कार्यकालमा खासै अनुभव नभएको कारण हामीले सिलाइ कटाई, डल, कुशन बनाउने तालिम दियौ धेरै खर्च पनि लाग्यो । तर त्यो सीपलाई महिला दिदी बहिनीहरुले रोजगारको रुपमा सीपलाई सदुपयोग गर्नु भएन । अहिले आमा समूहमा जुली श्रेष्ठ अध्यक्ष हुनुहुन्छ । आमा समूहमा विगतका दिनमा नै सरफ, हर्पिक, झोल साबुन बनाउने तालिम दिएका थियौ । हामीले पहिला जुन काम दुई, तीन लाखमा गर्थे । आमा समूहले त्यो काम एक लाखमा सम्पन्न गर्नु भएको छ । हामीले महिलाहरुकोलागि सीपमूलक तालिम जे ल्याउछौं । आमा समूहको बैठकबाट निर्णय भएको अनुसार नै तालिमहरु ल्याउने गछौं । यो वर्षको बजेट पनि आमा समूहलाई नै दिन्छौं । साबुन, हर्पिक र सरफ बनाउन चाहिने समान खरिद गर्नको लागि दिने र अघिल्लो वर्ष तालिम लिइसकेका महिलाहरुकालागि रोजगार बनाउने उद्देश्य राखेका छौं ।
५) आमा समूहले चालेको कदमलाई कसरी साथ दिनुहुन्छ ?
मेरो उद्देश्य भनेको महिलाहरुलाई नै सक्रिय बनाउनु हो । अहिले धेरै ठाँउहरुमा महिला सीपमूलक तालिमको नाममा आर्थिक हिनामिना भैरहेकोे छ । हाम्रो वडा नं.–५ मा कम लगानीमा महिलाहरुलाई आयआर्जन गरी रोजगार बनाउन सफल भएका छौं । हाम्रो वडाको आमा समूह भित्रबाट पनि गरिब, एक्कल महिलाहरुलाई पहिलो प्राथमिक्ता दिएका छौं । उनीहरुको आयआर्जन र घरयासी खर्च जुटाउन सक्ने दक्ष र आत्मनिर्र्भर बनाउने प्रयास गर्ने छौं । अहिले ३५ जनाले तालिम लिनु भएको छ । पहिलो पटक २० जना गरिब, एक्कल महिलाहरुलाई काम दिने लक्ष्य राखेका छौं । भने यसमा वडा समितिका महिला सदस्यहरुको पनि निगरानी रहनेछ । आमा समूहले उत्पादन गरेको सामानलाई हामी वडा समिति स्वयम वडा नं.–५ का प्रत्येक घर–घर गएर बजारीकरण, बिक्री तथा प्रचार–प्रसारका लागि जानेछौं । भोलिका दिनमा वीरगंज भरी नै आमा समूहले उत्पादन गरेको समान बजारीकरणको व्यवस्था मिलाइदिने । वीरगंज महानगरमा नै आमा समूहलाई नमुनाको रुपमा चिनाउने मेरो चाहना छ ।
६) अहिले खानेपानीको विकराल समस्यालाई समाधान गर्न कस्तो नीति अपनाउनु हुन्छ ?
अहिले खानेपानीको समस्या वीरगंजमा मात्र होइन । मधेश प्रदेशमा नै विकरालरुप देखापरेको छ । वीरगंज महानगरपालिकामा ३ वटा वडाको लागि एउटा टंकी बनाएर खानेपानी संस्थानको मार्फत पाइप लाइन वितरण गरेर मात्र यो समस्यालाई समाधान गर्न सकिन्छ । तत्कालको समस्या समाधान गर्न बोरिङ हालेर सानो वडालाई सम्भव हुन्छ । तर ठूलो वडाहरुमा खानेपानी संस्थानको पाइप लाइन वितरण गरेर मात्र यो समस्यालाई समाधान गर्न सम्भव छ ।
७) तपाइको योजनामा साथ सहयोग गर्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
मेरो योजनामा साथ दिने युवाहरु, बुद्धिजिवीहरु, वडा समितिका पदाधिकारीहरु सबैले मेरो काममा र योजनामा साथ दिनु भएको छ । उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । सबैभन्दा बढी आमा समूहका महिला दिदी बहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । विगतका दिनमा महिला सीपमूलक तालिमको लागि धेरै पैसा लगानी गरेर पनि यस्तो उपलब्धी प्राप्त भएको थिएन । यो पटक आमा समूह टिमले ५ लाख बराबरको काम १ लाखमा सम्पन्न गराउनु भएको छ । उहाँहरुले छानेको सीप कम लागतमा उपलब्धिमूलक, रोजगारमूलक र समाजका धेरै भन्दा धेरै महिलाहरुलाई भविष्यमा समेट्न सक्ने र बेरोजगारी समस्यालाई हटाउन सक्ने भएकोले आमा समूह प्रति धेरै आभारी छु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना