वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महिलाहरुलाई आत्मनिर्भर बनाउन महानगरले क्षमता अभिबृद्धिका कार्यक्रम विशेष प्राथमिकतामा राखेर गरिरहेको बताए ।
उमन स्किल सेन्टरको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्किल सेन्टरले गरिरहेको कामको सह्राना पनि गरे ।
उहाँले स्किल सेन्टरसँग हातेमालो गर्दै वीरगञ्जका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गर्न आफू तयार रहेको जनाए ।
‘महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको क्षमता अभिबृद्धिका लागि आउनुस सँगै हातेमालो गरेर काम गरौँ,’ उहाँले भन्नुभयो, ‘नाम मात्रैको तालिम नभई योगदान दिन सकिने गरि क्षमता अभिबृद्धिको कार्यक्रम गरौँ, त्यसका लागि महानगर लगानी गर्न तयार छ ।’
फरक प्रसंगमा उहाँले वीरगञ्जमा भइरहेको राम्रा काम नपचेकाहरुले महानगरलाई विवादित बनाएर काम नर्ग नदिने षड्यन्त्रमा लागेको बताउँदै कसैले होकी भनेको भरमा आफूहरुको वीरगञ्ज बनाउन काम गर्ने रफ्तार नरोकिने स्पष्ट पारे ।
कार्यक्रममा स्किल सेन्टरले शारिरिक रुपमा असक्त ३ जनालाई ह्विल चेयर प्रदान गरिएको थियो ।
सेन्टरकी अध्यक्ष चञ्चला दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध गुप्ता, उद्योगी अशोक टेमानी, फोरजिआरकी नुतन सरावगी लगायतको सहभागिता रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना