प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले प्रचण्ड नेतृत्वको सरकार ढाल्न गेम भइरहेको बताएका छन् ।
मधेसको विकास र समृद्धि आफनो मुख्य ध्यान रहेको वीरगंजमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धनकै नेतृत्वमा देशमा केही राम्रो काम हुने देखेर सरकार ढाल्न लागेको बताएका हुन् ।
गठबन्धनको सरकारले राम्रो कामको थालनी गरेकाले एकथरी मानिस आतंकित भएर सरकार ढाल्न लागेको भन्दै यसमा आफू रत्तिभर नडराउने बताए । प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको ६० किलो सुन बरामद गर्न सफल भएको दावी गरे । उनले जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै मुद्दामा केन्द्रित रहने जिकिर गरे ।
मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन । जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झने लायक काम गरेर अब ढुक्कसँग मर्ने मात्रै रहर छ । प्रधानमन्त्री दाहालले मोर्चालाई अगाडि लैजान सबैको सहयोग आवश्यक रहने बताए । प्रधानमन्त्री दाहालले नागरिकता विधेयक, मिटरब्याज पीडित, विद्युत व्यापार, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, ललिता निवास प्रकरण, सीमानाका लगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम भएको जिकिरे गरे । उनले जति राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको बताए । समृद्धिका निम्ति केही ठोस काम सुरू गरिए पनि सरकारले गरेका कामबारे भन्न मानिसहरू डराउने गरेको गुनासो पोखे । माओवादीको अथवा प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो कि भन्दै प्रश्न समेत गरे । सरकारले गरेका कामबारे भन्न मानिसहरू किन डराउँछन् प्रश्न गरे ? म त बुझ्दिनँ । प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो की ?
मधेश प्रदेशको सिचाईदेखि चुरे संरक्षणका लागी म गहिरो अध्ययनमा रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । उनले मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न निर्णय गरेकै दिन पानी परेर निर्णय हालका लागी रोकिएको बताए । आवश्यक्ता परे सुख्खा क्षेत्र घोषणा गरेर राहत दिने बताए । मधेस र कर्णाली प्रदेश आफनो मुख्य प्राथमिकतामा रहेको बताएका हुन् । मधेस र कर्णाली प्रदेशको विकास र समृद्धि बिना नेपाल समृद्ध हुन सक्दैन । त्यसका कारण यो कार्यकालमै यी दुई प्रदेश समृद्ध र विकसित बनाउने मेरो सोच रहेको बताए । उनले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरे । यिनै विषय नै सरकारको मुख्य एजेण्डा रहेकोपनि उनले बताए ।
कार्यक्रममा समाजवादी मोर्चाका नेताहरु माधव नेपाल, उपेन्द्र यादव, लालबाबु राउत गद्दी, लगायतको उपस्थिति रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना