वीरगञ्ज महानगरले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिईरहेको छ ।
अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ ।
महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।
वीरगञ्ज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जनाए ।
यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको तर्क रहेको छ ।
नियमन समितिले वीरगञ्ज–८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले बताए । वीरगञ्ज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको पाएको उनले जनाए ।
अनुगमन टोलीले वीरगञ्ज सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको भेटिएको अनुगमन टोलीसँगै गएका सञ्चारकर्मी अमित अग्रवालले बताए ।
यसअघि महानगरले सोमबार वीरगञ्ज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूर्ण कलेज, वीरगञ्ज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो । त्यसै गरी महानगरले गत बुधवार वीरगञ्ज – ११ स्थित इम्पेरियल कलेज र वीरगञ्ज – १३ स्थित वीरगञ्ज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो ।
अनुगमन टोलीमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका सल्लाहकार अभिषेक तिवारी, शैक्षिक प्रशासन महाशाखाकाकी अधिकृत सिर्जना बुढाथोकी, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् महिना कै लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना