यही वर्षको माध्यमिक ( कक्षा १० को परिक्षा SEE) यही चैत्र १० गते देखि देशै भरी संचालन हुदै थियो तर यस वर्षको परिक्षाले एकाएक तरंग पैदा ग¥यो । हुन त एसईई वा यस भन्दा पहिले एस एल सी परिक्षा किन नहोस परिक्षा अवधि भरि कुनै न कुनै रुपमा चर्चा भईरन्थ्यो । कहि परिक्षा अमर्यादित भयो भनेर त कहि अभिभावकलाई धपाउने हवाई फायर गर्नु परेको घटना । कहि नेतृ त कहि अभिनेतृको परिक्षा त कसैले परिक्षाको समयमा बच्चा जन्माएको घटनाले चर्चा पाईरहेको यो परिक्षा भने यसपालि सवै सिमा पार गरेको छ ।
निरन्तर रुपमा प्रश्नपत्र बाहिरिए पछि संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गर्ने निर्णय लिएको छ । अन्यत्र भने परीक्षा जारी रहनेछ ।
बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो र अहिले परिक्षा स्थगित भएको छ । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी थिए जसले आफनो उज्वल भविष्यको योजना सहित परिक्षा दिईरहेका थिए ।
नेपाल भरि परिक्षा संचालन भईरहेको थियो तर प्रदेश २ को मात्र परिक्षा स्थगित भएकोले यी परिक्षार्थीहरुको भविष्य नै अन्यौलमा परेको बताउछन श्रोत व्यतिm छोटेलाल प्रसाद । यसले प्रशासनको कमजोरी मात्र देखाएको छैन विधार्थीहरुको मानसिता नै बिगारेको छ । यस प्रदेश बाहेकका सवै विधार्थीरु परिक्षा सकाएर उच्च शिक्षा हासिलका लागि तयारी गर्ने छन तर यहाँका विधार्थीहरु परिक्षा कहिले हुन्छ र अव फेरी यस्तै हुने हो की भन्ने मनमा त्रास सहित बाच्न बाध्य छन । अरुको तुलनामा यहाँका विधार्थीहरु पछाडी परेकी परेनन यसको जवाफ कसले दिने ?
एसईईको प्रश्नपत्र माध्यमिक शिक्षा परिषद्ले तयार पार्छ र तीन वटा सुरक्षा घेरामा जनक शिक्षाको प्रेसमा छपाई हुन्छ । यसरी तयार भएको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको करिव १५ दिन अगाडि जिल्ला प्रहरी कार्यालय लगेर सुरक्षित राखिन्छ ।
परीक्षा हुनुभन्दा तीन दिन अगाडि नजिकको प्रहरी चौकीमा लगेर राखिन्छ र परीक्षा हुनु एक घन्टा अगाडि मात्र केन्द्राध्यक्षले प्रश्नपत्र बुझ्छन् र सुरक्षा घेरामा लैजान्छन् । ‘यतिधेरै सुरक्षाका बीच प्रश्नपत्र बाहिरिनु गम्भीर घटना हो । यसको छानविन गरी सत्य तथ्य बाहिर ल्याउने कुरा त गरियो तर विधार्थीको भविष्यमा परेको असरको लेखाजोखा कसले गर्ने ? विधार्थीले चिट चोर्दा कार्वाही गर्ने निकाय अहिले किन मौन ? सत्य तथ्य बाहिर ल्याएर कानुनी कार्वाही गरिएन भने प्रदेशकै लागि घातक हुने बताउनु हुन्छ शिक्षक संघ पर्साका उपाध्यक्ष ईब्राहिम देवान । हुन पनि हो देश भरि नै परिक्षा संचालन हुने तर यस प्रदेशको परिक्षा स्थगीत भए पछि विधार्थीको भविष्यमा असर परेकोले यस तर्फ संघ र प्रदेश सरकारको ध्यान जान जरुरी छ ।
प्रदेश २ का ७० हजार ५६८ जना परीक्षार्थीहरुको भविष्य पछाडी धकेलिएको छ । उनीहरुको योजना धारापमा परेको छ भने उनीहरुको अभिभावकको सपना माथी खेलवाड भएको छ । संगै पढेका साथीहरु कोही परिक्षा दिएर घुम्न जान्छन कोही भविष्यको तयारी लाग्छन तर यहाँका परिक्षार्थीहरु के गर्छन ? कहाँ जान्छन यसको जवाफ बाहिर आउनु पर्छ ? अरु प्रदेशमा निर्वाचन भएर जनप्रतिनिधिहरु जनताको काममा लागि सकेका थिए तर पहिलो, दोस्रो र तेस्रो चरणको चक्करमा हामी नेतृत्व विहिन थियौ र त्यसको प्रभाव अहिले सम्म पनि त्यस्तै यो पनि नहोस ? सयमा समस्याको समाधान होस । एक अर्कालाई दोषारोपण भन्दा पनि यसको निराकरण होस ।