‘सञ्चार’ भन्ने साथ विगत, वर्तमान र भविष्यमा जहिले पनि यसको महत्व कम छैन । व्यवस्थित सञ्चार गृह नहुँदा पनि सञ्चारकर्म भने हुने गरेको विगतले प्रष्ट्याएकै छ । परापूर्वकालमा अग्लो ठाउँमा चढेर ठूलो आवाजमा गाउँ–घरका मानिसलाई सन्देश दिनेसम्मका कुरा सञ्चार नै गरिएको हुन्थ्यो । कालान्तरमा यसका रुप र शैलीहरु रुपान्तरण हुँदै छापा, रेडियो, भिडिओ र संजाल मिडियासम्मले अहिले स्थान ओगटेको छ । नयाँ प्रविधिको तिब्र विकाससँगै यसको महत्व अझ बढेको धेरैको भनाइ छ । २१ औं शताब्दीको उत्तराद्र्धसम्म आइपुग्दा सञ्चारको युग भनेर चिन्ने गरिएको छ । नयाँ–नयाँ प्रविधि प्रयोग र सञ्चारले विश्वलाई एउटा हातको हत्केला भित्र अटाइदिएको नमूना ज्वलन्त छ । विश्वका हरेक कुनामा घटेका घटना वा कसैको विचार क्षणभरमा संसारभर फैनिन बल मिलेको पनि प्रविधि प्रयोगले नै हो ।
सञ्चारको यो फड्कोलाई सबैले अंगिकार गरेकै छ । तथापि सञ्चार गर्ने त्यसमा पनि व्यवसायिक सञ्चारकर्र्ममा लाग्नेका सन्दर्भमा भने महत्वमा थोरै ह्रास आएको आभाष पाइन्छ । सञ्चारको युगमा झन बढि सञ्चारकर्ममा लाग्नेको महत्व बढ्नु पर्नेमा पछिल्लो समय प्रविधि, पहुँच, पावर, चुक्ली र लाभका चक्करले हस्तक्षेप बढाएको छ । व्यवसायिक सञ्चारकर्म गर्ने प्रति अनर्थ लाउने, आफ्नै सकारात्मक कुरा मात्र बाहिर आओस् भन्ने महत्वकाँक्षा पाल्ने, अनि सञ्चारकर्मी पनि प्रविधिसँग रुपान्तरण नहुने र थोरै स्वार्थी तथा अल्छी भइदिने जस्ता कुराले समाज र सञ्चारकर्म प्रति समन्वय बढाउन आवश्यक देखिएको धेरैको ठम्याइ छ ।
समन्वयमा सुमधुरता आवश्यकः
सचिव चौहानबद्लिदो समय अनुसार सञ्चारकर्मी तथा सञ्चारकर्मलाई राज्यका हरेक निकाय, व्यक्ति वा समाजका विविध पक्षसँग थप समन्वय बढाउन पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको सुझाव छ । खासगरी समाचार बढिजसो सकारात्मक र नकारात्मक तवरले प्राप्त हुने गर्छन् । संचारकर्मीले बडो मेहेनतका साथ समाज भित्र लुकेका व्यापक विकृति, विसंगी र वा भ्रष्टाचार बाहिर ल्याउनै पर्छ । समाजमा विधिको शासन स्थापित गरे मात्र गलत सन्देश निस्तेज हुन्छ उनले भने । नराम्रो पक्षबाट मात्र सञ्चारकर्ममा लाग्नेलाई अथ्र्याई दिंदा त्यो सहि हुन्न उनले भने ।
अझै मिसन पत्रकारिता ः वरिष्ठ पत्रकार शर्मा
अहिले पनि मिसन पत्रकारितामा जानु पर्ने बाध्यता रहेको वीरगन्जका वरिष्ठ पत्रकार जगदीश शर्माले बताए । मिसन पत्रकारितामा जानु पर्ने बाध्यता किन छ ? भने मान्छेले बुझिरहेका छैनन् । अहिले पनि मानिसले स्थानीय पत्रिकाभन्दा पनि बढी राष्ट्रिय पत्रिका बोकेर पढे जस्तो गर्छन् । पत्रकारले लेखेको कुराहरु यदि समाजले चासो दिएन भने हामीले लेखेको समाचारको परिणाम राम्रो आउँदैन उनले भने ।
विष्लेषणात्मक समाचार हुनुपर्छ ः वरिष्ठ पत्रकार झा
रुपान्तरित समयमा अबको पत्रकारिता विष्लेषणात्मक हुनुपर्ने वरिष्ठ पत्रकार चन्दकिशोर झाको सुझाव छ । समाजले पनि राम्रो गर्ने र नराम्रो गर्ने पत्रकारलाई छुट्याएर सो अनुसार नै व्यवहार गर्नु पर्छ । पत्रकार महिलाको संख्या र गुणात्मकता पनि बढाउनु पर्छ । सूचना दिनेभन्दा पनि अबको समाचार झन खोजपूर्ण बनाइनु पर्छ उनले भने ।
समान समन्वय होस् ः नगरप्रमुख सिंह
हातको पाँचै औला बराबर हुँदैनन् । सबै पत्रकार राम्रा मात्र नहुन सक्छन् । मेरो खण्डन मात्र होइन । ‘वीरगंजवासीलाई भ्रमित तुल्याउने काम संचार माध्यामले नगरे हुन्थ्यो’ वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले भने । जे कुरा सत्य हो, त्यो आउँनु पर्छ । गलत गरेको छ भने त्यसै अनुसार आओस् । हामीभन्दा माथिको निकाय, कानुन छ । गलत गर्दा छुट हुन्न । माथिल्लो निकायमा उजुरी दिन पनि सकिन्छ । सञ्चारकर्ममा लाग्नेमा पुरुष मात्र हावी भएर मात्र पनि हुन्न । पत्रकार महिला पनि अगाडी आउनु पर्छ, यो कुरामा वीरगंजले पनि गर्व गर्न सकोस् ।
पत्रकारलाई अवलोकन भ्रमण गराउनु पर्छ ः पूर्व अध्यक्ष लाठ
व्यापार व्यवसायमा हुन सक्ने संकट, करको न्यूनिकरण र व्यापारको स्तरीयताले समाज र देशको आर्थिक पक्ष बलियो बन्न कुरा सतहमा ल्याउन जरुरी रहेको नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले बताए । व्यापारीहरुले पनि पत्रकारहरुलाई अरु देशको भ्रमण अवलोकन गराई दुई पक्षीय समन्वय बढाउन सक्नु पर्ने उनले सुझाव दिए ।
सबैलाई एउटै तराजुमा राख्नु हुन्न ः प्रो.डा. सर्राफ
६० देखि ७० प्रतिशत स्वास्थ्य सेवाहरु नीजि तथा राज्यसँग स्वीकृति नलिएका गैर स्वास्थ्य संस्थाले समेत ढाकिदिनु परेको छ । राज्यले त ४० प्रतिशत मात्र स्वास्थ्य सेवा धान्न सकेको छ । विकृति छरपस्ट छन् । तर विकृति र भ्रष्टाचारले बदनाम परिवेशमा सबै अस्पताललाई एउटा तराजुमा तुलना गर्न नहुने नारायणी सेन्ट्रल अस्पताल, वीरगन्जका मेडिकल निर्देशक प्रो.डा. प्रमोद कुमार सरार्फले बताए । यो बिषयलाई सञ्चारकर्मीले अझ बाहिर ल्याइदिनु पर्छ सुझाव दिए ।
आर्थिक एजेण्डाका रुपमा सम्बन्ध ः अध्यक्ष अग्रवाल
८० वर्षको इतिहास बोकेको वीरगंज उद्योग वाणिज्य संघ र संचारकर्मी बीचको सम्बन्ध विभिन्न आर्थिक एजेण्डाका आधारमा स्थापित गर्नु पर्ने वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताए । राज्यले व्यवसायमा लगाएका कर, नीतिका कुराहरु, भन्सारका विषयमा संचारका माध्यमबाट थप यथार्थ बाहिर ल्याउनु पर्छ उनले भने ।
सहयोग सहितको समन्वय ः पूर्व उपमेयर खातुन
मेलै महशसुस गरेको कुरा भने महिलाहरु जुनसुकै क्षेत्रमा हुन्, चुनौती सबै ठाँऊमा बढि छ पोखरिया नगरपालिकाको पूर्व उपमेयर सल्मा खातुनले भनिन् । ईच्छा हुँदाहुँदै पनि पत्रकार महिलाको लागि विभिन्न परिवेशका कारण सहजता देखिन्न । पत्रकारिता मै लामो समयसम्म बाँच्न आर्थिक पक्षले साथ दिएको छैन । यो बिषयमा समाजले पनि सोचिदिनु पर्छ । सानो श्रोतबाट ठूलो अपेक्षा गरिनु पनि ठिक होइन । स्थानीय सरकार तथा अन्य निकायहरुले पनि सहयोग सहितको समन्वय बढाउन पर्ने उनको सुझाव छ ।
सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्छ ः डा थापा
सञ्चार र स्वास्थ्य क्षेत्रका बीचमा झन एकदम सौहार्दपूर्ण वातावरण बन्नु पर्ने प्रभु हस्पिटल रिसर्च सेन्टरको संचालक तथा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा.लक्ष्मी थापाले बताइन् । आफ्नो ज्ञान, अनुभवले समाज सेवा दुवै पक्षले गरेका छौं । काम गर्ने क्रममा कहिले काही नचाहेर पनि घटना हुन्छ । कुनै पनि डाक्टर, नर्स तथा संस्थाले बिरामीले दःुख पाउने काम गर्दैनन् । रोगको प्रकृति नै अलग भएर हुने घटना र सञ्चारकर्मीले पनि बुझिदिनु पर्छ । घटनापरक समाचारमा पत्रकारहरुले बिरामीले नै भनेको आधारमात्र नभई चिकित्सकसँग पनि बुझी समाचार सम्प्रेषण गर्दा अस्पताल र पत्रकार बीचको सम्बन्ध सकारात्मक हुन्छ उनले भनिन् ।
दबिएका मुद्दाको खोजी ः पत्रकार पटेल
त्यसै गरी समाजवादी प्रेस सगंठन पर्सा अध्यक्ष मनोज पटेलले समाज र पत्रकारका बीच समन्वय बढाउन सके पत्रकारले कार्ड देखाएर म पत्रकार हुँ भन्नु पर्दैन भन्छन् । योग्य पत्रकारलाई समाजले चिन्नु पर्छ । पत्रकारले समाजको दबिएको कुरा, न्याय दिलाउने मुद्दा बढि उठाउँदा समाजसँग थप समन्वय बढ्ने उनको सुझाव छ ।
सरकारले संरक्षण गर्नुपर्छ ः पत्रकार महतो
स्थानीय, प्रदेश र केन्द्र सरकार भएर सञ्चार माध्यम त्यसमा पनि पत्रकार महिलालाई क्षमता विकास गराउँदै लान सके समाजले अपेक्षा गरेको सञ्चारकर्म हुने पत्रकार महिला माधुरी महतोले बताइन् । सरकारहरुले पत्रकार र संचार गृहहरुलाई प्राथमिक्तामा राखेर विशेष रुपमा संरक्षण गरिदिनु पर्छ उनले भनिन् ।
पत्रकारितामा थप गहनता आवश्यक ः उपप्राध्यापक मिश्रा
पहिला कुरा त शिक्षकबाट नै शिक्षित भएर पत्रकारहरु पनि पत्रकारिता पेशामा आएका हुन् । शिक्षकले पत्रकारहरुलाई मार्गदर्शन दिएर नै दिक्षित बनाएका हुन्छन् । सिद्धान्तको रुपमा शिक्षकले पढेका कुराहरु र पुस्तकमा भएका कुराहरु पढाइएको हुन्छ । वास्तवमा समाजको वास्तविक स्वरुपहरु कस्तो छ ? भन्ने अझ बुझेर पत्रकारहरुले अगाडी बढ्नु पर्छ । एउटा पत्रकारले पढेका कुरा र समाजमा हरेक कुराहरुलाई बुझेर शिक्षा तर्फ कलम चलाउँदा सम्बन्ध घनिष्ट हुने ठाकुरराम बहुमुखी क्याम्पसको उप–प्रध्यापक उमा मिश्राले बताइन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १५:५६