नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन, मृत्यु त तब हुन्छ, जब पौडिन आउदैन । यो सत्य हो, तसर्थ हामीले यो बुझ्न सक्नुपर्छ कि परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त परिस्थितिसँग जुध्न नजान्दा मात्र आउँछ । अहिलेको समाज र सामाजिक मूल्य मान्यताको व्याख्या कसरी गर्ने भन्ने बारेमा सबैको मत एकै नहुन सक्छ । तर समाज परिवर्तन हुनुपर्छ भन्ने साझा मान्यता भने जिवन्त छ ।
परिवर्तनको सोच अगाडी सार्दा अहिलेको समाजले मागेको सामाजिक मूल्य मान्यतालाई कायम राख्न खासगरी आधा आकाश ढाक्ने प्रतिस्पर्धामा अग्रसर हुन खोज्ने तर विविध कारणले हातखुट्टा बाधिए जस्ता महिला जो आफ्नै घर, परिवार र समाजमा खुलेर बोल्न हिड्न सकिरहेका छैनन् । हरेक क्षेत्र काम गर्न सक्ने भए पनि समाजले चिन्न नसकेका थुप्रै महिलाहरुलो आवाज बन्नु पर्ने थियो । त्यो आवाज बनेर आयो मध्य नेपाल २०७३ साल भदौ १२ गते । पर्सेली महिलाहरुको सक्रियतामा मिडियाको माध्यमबाट पत्रिकाका रुपमा मध्ये नेपाल सन्देश आएको वेला धेरैलाई यति लामो यात्रा गर्छ भनी विश्वास थिएन । तर अहिले यो पत्रिकाले आफ्नो सातौं वार्षिकोत्सब मनाइरहँदा यो लामो समयको भोगाई, गराई र उपलब्धीको अवस्था निकै मनन् योग्य छ ।
जसरी भर्खरै जन्मिएको बच्चा ताते–ताते गर्दै हिड्न समय मात्रै लाग्दैन, पटक पटक लड्छ, चोट लाग्छ, घाइते हुन्छ, अनेकौं दुःखको सामना गरी पुनः हिड्ने प्रयत्न गर्छ । ठिक त्यसै गरी यो पत्रिका पनि यत्तिकै यहाँसम्म पुगेको होइन । मानवीय चेतनामा कुनै पनि कुराको सुरुवाती कठिन नै हुन्छ भन्ने कुरा यो संचारगृह संचालक टिमलाई पनि राम्रोसँग थाहा छ । त्यसैले प्रकाशनको यो समय पार गर्दै गर्दा आएका विभिन्न कठिनाइ र चुनौतीलाई हरेक पाइलाले एकदिन आफ्नो गन्तव्य भेट्न यो कालखण्ड पार गरेको उदाहरण यहाँहरु सामु छर्लङ्ग छ ।
धेरै पत्रपत्रिकाको बीचमा प्रतिस्पर्धाको आँट गरी जन्मिएको यो पत्रिका वर्गिकरण समूहको ‘क’ श्रोणीमा पर्दै पर्सा जिल्लामा मात्र नभई छिमेकी जिल्ला तथा मधेश प्रदेश बाहिर अन्य प्रदेशसम्म अस्तित्व स्थापित गर्न थाल्नु विना चुनौति सम्भव छैन । पत्रकारिताका चुनौतिलाई महिलाहरुले पनि सामना गरी मधेशको बसाई, यहाँको रहनसन, लवाई, खवाई, हिडाई बोलीचाली, धर्म, संस्कृति बीच महिला सञ्चारकर्मी भएर कार्य गर्न कम चुनौती छैन । त्यसमा पनि उमेरको हिसाबले चंचल प्रवृत्ति, अस्थिर जीवन शैली, स्वतन्त्रताको हठ हुने यो उमेरमा सामाजिक सबै चुनौतीलाई आँक्दै निरन्तर, उत्तिकै सक्रिय र आत्मबलका साथ लगातार सिंढी चड्नु आफैमा गर्वको कुरा पनि हो ।
महिला सहभागिताका कुरा
नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने संचारकर्मी महिलाको संख्या एकदमै न्यून पाइन्छ । वि.सं. १९८० देखि नै पत्रकारितामा महिला संलग्न हुन थालेका भनिए पनि २००८ साल जेठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला’ मासिक पत्रिकाबाट नै नेपालको पत्रकारितामा महिलाको सहभागिता राम्रोसँग दर्ज भएको पाइएको हो । त्यसपछि रेडियो, टेलिभिजन, रिपोर्टर, हुँदै लेखनको माध्यमबाट समाजमा परिवर्तनको बिगुल फुक्न कम्मर कसेर महिलाहरु लागेका थुप्रै उदाहरण छन् । विसं २०७९ सम्म आइपुग्दा पत्रकारितामा महिला सहभागिता बढ्दै गएको पक्कै हो । यद्यपि सन्तोषजनक उपस्थिति भने छैन । नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार नेपालमा करिब १५ हजार पत्रकारहरु मध्ये महिलाको संख्या ४ सयको हाराहारीमा मात्रै छ । यही तथ्यांकलाई हेर्दा पनि नेपालमा पत्रकार महिलाको सहभागिता न्यून छ । थुप्रै कारण मध्ये व्यावसायिक पत्रकारिता फष्टाउन नसक्दा महिलाको संख्या कम भएको भन्ने गरिन्छ । तथापि ‘महिलाका सकारात्मक समाचारभन्दा नकारात्मक बढी आउँदा यसले महिलाका लागि बन्ने सुखद् पक्ष रहेको छैन । त्यसो त नेपाली पत्रकारितामा पनि महिलाको नकारात्मक समाचारलाई बढी नै प्राथमिकता दिइनुले पनि कहिकतै सोचाइमा साँगुरोपना अझै जिवित नै छ भन्ने कन्जुस्याईं गर्नु पर्दैन । मञ्चमा उभिएर राज्यको चौथो अंग मानिने पत्रकारिताका क्षेत्रमा महिला पत्रकारहरु पेशामा लागेको केहि समयपछि नै पलायन किन हुन्छन् ? किन दीर्घकालसम्म यस पेशामा रहन सक्दैनन् ? यो गम्भीर चुनौति र यसै भित्रका अवसरहरु सामना गरी पत्रकारिता क्षेत्रमा महिलाहरुले टिकिरहनु देशले नै गौरव गर्ने कुरा हो ।
मध्य नेपाल भित्र बसेर हेर्दा ः
वीरगन्जमा पनि न्यून रहेको पत्रकार महिलाको संख्याका बीच पछिल्लो समय कविता खड्का सम्पादक रहेको मध्य नेपाल संदेश वास्तवमै मधेश प्रदेशको मात्रै नभई नेपाल कै एउटा नमुना पत्रिका पनि हो । मधेशको भूमिमा पत्रकार बनेर निस्कने कमैले सोच जन्माएका हुन्छन् । त्यही कम मध्येको एक तर सशक्त भएर यो पत्रिका जन्मिने बित्तिकै अन्त्य हुनेको आँखाले हेर्नेहरु आज मध्य नेपालले के गरिरहेको छ ? भनेर होइन अझ के के गर्छ ? भनेर जिज्ञासु आँखाले हेर्न थालेका छन् । यो मध्य नेपालका लागि पहिलो सफलता हो ! सुरुमा विना रंगीन सुरु भएको यो पत्रिका बिस्तारै मधेशकै पहिलो रंगीन पत्रिका बन्न सफल भएको छ । यसको अलावा प्रेस काउन्सिलको ‘क’ वर्गसम्म पुग्दै उत्कृष्ट समेत बन्न सफल भएको छ । समाजका हरेक पक्ष समेट्दै यहाँहरु माझ आइपुग्दा प्रत्येक अंकमा ३८÷४० जनाको बिचारहरु समेटिनु यो पत्रिकाको विशेषता हो । यसरी हेर्दा महिला, बालबालिकाहरुको आवाज, समसामयिक घटना विचारदेखि व्यक्तिका सफलतासम्मका उदाहरणले अरुलाई पनि सकारात्मक कार्य गर्न बल पुग्छ भन्ने हाम्रो ठम्याई हो ।
आठौं वर्ष प्रवेश गरिरहँदा हजारौं व्यक्तिका विचार र भावना तथा बिषयले प्राथमिकता पाइसकेको प्रष्टै हुन्छ । यो पत्रिका नभइदिएको भए ती व्यक्तिका भावना, विचार र कार्य कुशलताका उदाहरण दबिएका हुने थिए । सो कुरा दबिनुबाट बाहिर ल्याउने कार्यमा निरन्तर लागि रहने महिला संचारकर्मीहरु शोभा धमला, निलम पंत, यो स्तम्भकार गीता भण्डारी, त्यसै गरी शबनम भट्टराई, कमला भण्डारी र पछिल्लो समय साईस्ता खातुन, अनिसा चौधरी, लगायतको साथ अटुट छ । पत्रिकालाई अझस्तरीय बनाउन सुरुवाती क्षणदेखि हालसम्म सम्पादनमा साथ दिई अभिभावकीय भूमिका निभाउँदै उर्जा थप्ने तुलसी भण्डारी र नयाँ–नयाँ बिषय बस्तु (कन्टेन्ट) पहिचानमा साथ दिने तथा साज–सज्जामा सहयोग गर्ने जियालाल साह, खोजी जवाफदेहिताको स्तम्भमा निरन्तर लागि परिरहने शिवनाथ यादव र सल्लाहकार कमलमोहन पोख्रेलको निरन्तरता ओजवान छ । अहिले रहेका र सुरुमा रही बाहिर केही राम्रा अवसर पाई मध्य नेपाल छोडेका सबैलाई एकै थलोमा जम्मा हुने अवसर मध्य नेपाल संदेशको अनुकरणीय छ । यो कदम अगाडी बढाउन बाहिरबाट सहयोग गर्ने सबै हात र साथ दिने महानुभाव सबैको भूमिका झन आगामी दिनमा खड्किने नै छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना