१) महानगरको नेतृत्व सम्हालेको एक वर्षमा यहाँको मुहार फेरिएको जनताले आभाष गरेका छन् तपार्इं चाही यो बिषयमा के भन्नुहुन्छ ?
वीरगंजको सरसफाई लगायत, सौन्दर्यकरणमा मैले सुरुवात मात्र गरेको छु । अझै गर्न धेरै बाँकी छ । काम गर्ने लक्ष्य र चाहना, मनमा इच्छा शक्ति भएमा असम्भव भन्ने केही छैन । देशमा आर्थिक तरलताले जकडेको अवस्थामा मेरो चाहाना भनेको वीरगंजको आर्थिक क्षेत्रलाई चलायमान बनाउनु हो । वीरगंजलाई पर्यटकीय नगरीको रुपमा विकसित गर्न सुरुवात गरेका छौं । यसमा काम गर्दै आएका छौं । काम गर्दा आउने समस्याहरुसंग जुध्दै लक्ष्यमा अगाडी बढ्नु पर्छ भन्ने मेरो मान्यता हो ।
२) वीरगन्जका मठ, मन्दिर र सौन्दर्यीकरणमा थप कस्ता काम गर्न आवश्यक देख्नु हुन्छ ?
वीरगन्जमा मठ, मन्दिरहरु प्रशस्त छन् । तर केही मन्दिर मात्र प्रसिद्ध भएका छन् । गहवा माईका सात दिदी बहिनी हुन् । गहवा माईको मन्दिर मुख्य बजारमा भएर प्रचार प्रसार बढी भएको हो । अरु छ दिदी–बहिनी आसपासमा भएर पनि ओझेलमा छन् । त्यसको प्रचार प्रसार हुन सकेको छैन । वीरगन्जमा १ सय ५० वर्ष पुरानो नृर्सिङ्ग भगवानको मन्दिर छ । प्रचार प्रसारको अभावले यो मन्दिर समेत जिर्ण अवस्थामा छ । वीरगन्जमा पशुपतिनाथको मन्दिर थियो । केही भू–माफियाहरुले भगवानलाई नै बन्धकी राखेर श्रद्धालुहरुबाट टाढा राखेर थिए । खोजी गरी त्यस्ता सम्पदाहरुलाई छुटाउने काम गर्दैछौं । वीरगन्जमा धार्मिक पर्यटनका लागि बौधी माई, भुटनदेवी माई, बिर्ता माई, भिस माई, गहवा माई सात दिदी बहिनीको महिमालाई जनजनमा पु¥याउने लक्ष्य छ । गीता मन्दिर पनि नेपालको सबैभन्दा आकर्षक छ । मन्दिरका पर्खालमा गीताका श्लोकहरु लेखिएको छ । किताब पढ्न नसके पनि मन्दिर भित्र गएर केही गीताका श्लोकहरु पढ्न सकिन्छ । अझै पनि यो विषय श्रद्धालु भक्तजनमा पुग्न सकेको छैन । यस्ता कुराहरुमा सबै जिल्लाका भक्तजनमा पु¥याउने लक्ष्य छ । वीरगन्जको आर्थिक अवस्था पर्यटकीय हिसाबले चलायमान बनाउन पर्ने छ । पहिला भारतबाट पर्यटक आउँदा वीरगन्जको बाटो मात्र प्रयोग गर्थे । सिधै सौराहा, पोखरा, काठमाण्डौं जान्थे । अब उनीहरुलाई वीरगन्ज भ्रमण गर्न यहाँ पनि बस्न आकर्षित गर्नु पर्छ । अन्य स्थान भ्रमणको लागि आउँदा यहाँ पनि एक–दुई रात बसेर मात्र अन्यत्र जाने वातावरण बनाउनु पर्छ । यही उद्देश्यले महिनाको दुई दिन अन्तिम शुक्रबार र शनिबार रात्री बजार संचालन पनि सुरु गरिएको हो । वीरगन्जका महिला दिदी बहिनीहरुले निर्माण गरेका घरेलु समानहरुले पनि स्थान पाओस् भन्ने पनि हो । यो रात्री बजारबाट आर्थिक स्थिति कमजोर भएका मध्यम वर्गहरुको स्थितिमा पनि केही सुधार भएको महशुस गरिदै छ । यहि आर्थिक वर्षमा २ वटा ठूला बहुवर्षे योजना पनि सुरु गर्ने सोचमा छौं । जसले २ वर्ष पछि यहाँको छुट्टै पहिचान ल्याउन सकियोस् भनेर ।
३) अतिक्रमण भएको सरकारी जग्गाको अवस्था कस्तो छ ?
सरकारी जग्गाको खोजीकार्य चालु अवस्थामा छ । अहिलेसम्म डेढसय बिघाभन्दा बढी महानगरको माताहतमा ल्याइसकेका छौं । वीरगन्ज महानगरको १ देखि ३२ वडाहरुमा भएका पोखरीहरुको संख्या महानगरमा दर्ता थिएन । ती पोखरीहरुलाई महानगरमा दर्ता गरेर लगत राख्ने काम भएको छ । सार्वजानिक जग्गालाई केही मानिसहरुले सरकारी कार्यालयको मिलेमतोमा आफ्नो नाममा ल्याएका थिए । त्यस्ता सम्पत्तिहरुलाई पुनः महानगरपालिका र नेपाल सरकारको माताहतमा ल्याउने काम भइरहेको छ ।
४) अतिक्रमित जग्गा फिर्ता लिदाँ कस्ता चुनौतीको सामना गर्नु गर्नु परेको छ ?
काम गर्दा चुनौतीहरु आउनु सामान्य हो । जो वर्षौंदेखि घर बनाएर बसेका छन् । खाइपाइ आएको सम्पत्ति छाड्नु पर्दा विरोध त आउँछ नै । त्यस्ता चुनौतीहरु स्वीकार गरेर नै यो ठाँउमा बसेका छौं । आएका चुनौतीहरुको सामाना गरी पार गरेर नै अगाडी बढ्छौं भन्ने हाम्रो मान्यता रहेको छ ।
५) तपाइको १ वर्षे कार्यकालमा गरेको सम्झन लायक काम के हो ?
म निर्वाचित भएपछि वीरगंजलाई पहिलाको स्वरुपबाट परिवर्तन गर्ने कामको सुरुवात गरेको छु । मैले व्यक्तिगत रुपमा गरेको कामबाट पूर्ण रुपमा सन्तुष्ट भएको छैन । मन परेको काम के छ भने पूर्व मेयरबाट उज्यालो वीरगंज नामक अभियान चलाइएको थियो । जुन अध्याँरो वीरगन्जमा परिणत थियो । त्यो उज्यालो वीरगन्जको अभियानलाई उज्यालो भनेर नै परिणत गर्न सफल भएका छौं । सयमा १० प्रतिशत बत्ति प्राविधिक समस्याले बन्द होला । तर ९० प्रतिशत बत्ति अहिले पनि राम्रोसंग बलिरहेको छ । उज्यालो वीरगन्जलाई उज्यालो पार्न सफल भएकोमा अलि सन्तुष्ट छु ।
६) एक वर्षे कार्यकालमा बजेटको अभावले काम गर्न नसक्दा मन खिन्न पनि भएको छ ?
प्रशस्त बजेट आइदिए धेरै काम गर्ने चाहना मनमा छ । तर संघीय सरकारको सौतेला व्यवहारले अहिले पनि मन खिन्न छ । मनले चाहे, सोचे अनुरुपको काम बजेटले मात्र हुने हो । संघीय सरकारको नीति काँखा पाखा गर्ने खालको छ । नेपालमा ६ वटा महानगरपालिका छन् । सबैभन्दा तल्लो बजेट वीरगन्जलाई नै छ । देशको ४७ प्रतिशत राजश्व वीरगंजबाट जान्छ । तर पनि बजेट विनियोजनमा आर्थिक नगरी भनिए जसरी उपलब्ध भएको छैन । विभेद गरिएको छ । काठमाण्डौंको बजेट वार्षिक साढे २५ सय करोड, पोखराको साढे १४ सय करोड, ललितपुरको १० सय करोड, भरतपुरको साढे ७ सय करोड, विराटनगरको हामीभन्दा अलि माथि छ । तर यहाँको सवा ३ सय करोड मात्र किन त ? यो बजेट हेर्दा संघीय सरकारले राम्रोलाई राम्रो नै बनाउने बिग्रेकोलाई सपार्ने तर्फ ध्यान दिए जस्तो लागेन । जे कामको सुरुवात गर्न बजेट नै सम्बन्धित हुन्छ । हाम्रो सम्पूर्ण टिम लागि रहेका छौं । हामी सहयोग गर्ने दाताहरुलाई पनि खोजी गरी थप काम गर्ने पक्षमा पनि छौं ।
७) निर्वाचन अगाडी जनतासँग गरेको बाचा जितेर पदमा आएपछि कत्तिको पूरा गर्न सकिदो रहेछ ?
वीरगंजवासीको मसंगको अपेक्षा वृहत छ । महानगरसंग भएको स्रोत साधन संकुचित छ । सानो स्रोत साधनमा वीरगंजवासीको वृहत अपेक्षा पूरा गर्न नसके पनि ६० प्रतिशत पुरा गर्छु भन्ने लक्ष्य लिएर अगाडी बढेको छु । जनतासंग गरेको वाचालाई प्रमुखताको आधारमा काम गर्दै गएको छु । काम गर्न सोचे जस्तो सजिलो छैन, चुनौती नै छ । घरको अभिभावकलाई जसरी घर चलाउन चिन्ता हुन्छ । त्यस्तै नगरको प्रमुखलाई पनि महानगरको सबै वडाहरुको जिम्मेवारी हुन्छ । स्थानीय सरकार भएको हुनाले संसद, मन्त्रीसंगभन्दा पनि जनताको अपेक्षा नगर प्रमुखसंग बढी हुने गरेको छ । वीरगंजमा सबैभन्दा बढी रोजगारीको समस्या ठूलो छ । वीरगंजमा ९० प्रतिशतभन्दा बढीे रोजगारीको अपेक्षा राख्ने मानिस भेटेको छु ।
८) जनताले नगर प्रमुखलाई कसरी बुझिदिए हुन्थ्यो जस्तो लाग्छ ?
जनताले बुझिदिनु पर्ने मुख्य कुरा के छ ? भने स्थानीय सरकारले बेरोजगार हटाउन केही गर्न सक्दैन । पढेपछि सरकारी जागिर खानुपर्छ भन्ने सोच बदल्नु पर्छ । युवाहरुले आफ्नो अध्ययनको विषयलाई नीजि उद्योग, व्यवसाय संचालन गर्न तर्फ केन्द्रित गर्नु पर्छ । यसो गरे वीरगंज महानगरपालिका हातेमालो गर्न तत्पर छ । स्थानीय निकायमा शिक्षामा पनि धेरै परिवर्तन गर्ने लक्ष्य लिएको छौं । शिक्षाको संघबाट नै कानुन नबनेको हुनाले हामीलाई काम गर्न धेरै गाह्रो भएको थियो । त्यस्ता कानूनहरु नबनेर थुप्रै काम गर्न चुनौतीहरु आएका छन् । शिक्षाको पनि संसदमा ऐन, नियमावलीहरु संसोधनका लागि गएको छ । यस्ता थुप्रै विषयहरुमा पनि प्रष्ट स्थानीय सरकारले गर्न सक्ने नीति नियम बन्छ भन्ने आशा छ । जनताले मेरो बोलीमा होइन काम हेरेर मूल्याँकन, विश्वास गरिदिनु पर्छ । धेरै युवाहरु पढेर पनि बेरोजगार छन् । वीरगंजका युवाले मसंग रोजगारीको अपेक्षा राखेका छन् । धेरै जनाले इन्जिनियर पढेर महानगरमा नै जागिर खाने सोच राखेका छन् । तर सबैलाई महानगरमा राख्न सम्भव छैन । यस्ता कुराहरु युवा पिढीले पनि सोचीदिनु पर्छ ।
९) स्थानीय तहमा महिलाहरुलाई रोजगार सृजना गर्न कस्तो रणनीति बनाउनु भएको छ ?
मलाई स्थानीयस्तरमा महिला र युवालाई स्वरोजगार बनाउन छ । नीजि क्षेत्र, सरकारदेखि लिएर सबैको सहयोग आवश्यक्ता पर्दछ । विशेष गरेर महिला दिदी बहिनीहरुका लागि केही वडाहरुमा त्यस्ता कार्यक्रमहरु पनि संचालन गरेका छन् । हामीले महिला ग्राम उद्योगको परिकल्पना गरेका छौं । घर बसेका महिला दिदीबहिनीहरुको आर्थिकस्तर कसरी माथि उठ्छ ? गत आर्थिक वर्षमा २ वटा वडाहरुमा सुरुवात गरिसकेका छौं । वडा नं.–१ का २५ जना महिला दिदी बहिनीहरुलाई समूह बनायौं । त्यो समूहमा लुगा धुने साबुन, हेन्डवास बनाउने तालिम दियौं । तालिम प्राप्त गरिसकेपछि उनीहरुलाई उत्पादन गर्न चाहिने समान पनि हामीले नै उपलब्ध गरायौं । त्यो समूहले साबुन, हेन्डवास राम्रोसंग बनाउन सक्नु हुन्छ । उनीहरुको उत्पादन भएको समान पनि वीरगन्ज महानगरपालिकाले बजारीकरण गर्ने व्यवस्था गरेको छ । वडा नं–१४ मा २५ जना महिला दिदी बहिनीहरुको समूहले बेत बाँसबाट बन्ने समानहरुको तालिम दियौं । ती महिला दिदी बहिनीहरुले बनाएको शंकाराचार्य गेट, घण्टाघर, छठ पर्वमा पूजा गर्ने डालियाहरु सम्पूर्ण समान २ दिनको रात्री बजारमा बिक्री गरेका पनि छन् । यो वर्षमा वडा नं–१७ मसला, अचार, पापड र वडा नं.–२७ उदययपुर घुर्मी दहीको लागि प्रसिद्ध ठाँउ हो । त्यहाँको दही लोप हुन लागेको छ । युवा र महिला दिदी बहिनीहरुमा प्रोत्साहन गर्ने लक्ष्य लिएका छौं । हरेक वडाहरुमा अलग–अलग किसिमको तालिम संचालन गर्ने र उनीहरुबाट उत्पादन भएका समान महिला उद्योग ग्रामले प्याकेजिङ्ग, बिक्री, वितरण गर्ने र बजार व्यवस्थापन गर्ने काम गर्ने गरी तयारी गरिरहेका छौं ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना