१) गर्भावस्थाको बारेमा बताइदिनुस्न ?
गर्भावस्था भनेको विशेष अवस्था हो । यो कुनै रोग होइन । हरेक अवस्थामा हरेक गर्भवती महिलाले विभिन्न कुरामा ध्यान दिनुपर्र्ने हुन्छ । हाम्रो कानुनले जति पनि २० वर्ष माथि विवाह भने पनि समाजमा बाल विवाह चलिनै रहेको छ । २० वर्ष भित्र एक,दुई वटा बच्चा जन्माएर आउनेहरु पनि छन् । बालविवाह भएर गर्भवती हुदाँको खतरा हामीले बुझ्नुपर्छ । बालबिवाहको नराम्रो पक्ष भनेको महिलाको शारिरीक रुपमा विकसित भै सकेको हुदैन । मानसिक रुपमा पनि त्यति धेरै ज्ञान प्राप्त भएको हुदैन । उ आफै पनि त्यति शिक्षित नभएको अवस्थामा र घर परिवारलाई पनि जानकारी न भएको अवस्थामा आफै सिकेको पनि हुदैन र सिकाइएको पनि हुदैन । मानसिक रुपमा कमजोर हुन्छ भने शारिरीक रुपमा पनि विकास भैसकेको हुदैन । त्यस्तो बेलामा गर्भावस्था विशेष अवस्था भैदिदाँ महिलालाई समस्या आउँछ । सबैभन्दा बालबिवाहलाई न्यूनिकरण गर्नुपर्छ । कुनै सामाजिक कारण वस विवाह भएमा बिस वर्षपछि मात्र गर्भवती हुनको लागि सिकाउनु पर्छ । हरेक परिवारले आफ्नो छोरीहरुलाई आफ्नो शैक्षिक उपलब्धि प्राप्त नभएसम्म,गर्भवती हुने उमेर नभएसम्म परिवार नियोजनको अस्थाई साधनको प्रयोग गर्नलाई सल्लाह दिनुपर्छ । नेपाल सरकारबाट परिवार नियोजनको साधन निःशुल्क पाइने कुरा जानकारी गराउनु पर्छ । कुनै परिवारको व्यक्ति र विवाहित महिलाको श्रीमानले पनि महिलाले भनेको कुरा मान्छन भन्ने छैन । त्यसैले नव विवाहित दम्पत्तिहरुलाई एक पटक चिकित्सकसंग सम्पर्कमा ल्याउन सकेमा अनिश्चित गर्भ रहनबाट बचाउन सकिन्छ । शारिरीक,मानसिक र सामाजिक रुपमा मात्र महिलाहरु स्वस्थ्य भएपछि मात्र बच्चा जन्माउनु पर्छ । अहिले स्वास्थ्य क्षेत्र विकसित भैसकेको छ । सरकारले पनि गाँउ–गाँउमा हरेक वडामा स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर पु¥याई सकेको छ । सरकारले पूर्ण सेवा पु¥याएको छ । भने त्यसको फाइदा लिनु आफ्नो बच्चालाई सुरक्षित राख्नु हाम्रो पनि दायित्व हुन्छ ।
२) गर्भवती अवस्थाको कस्ता कुरामा ध्यान दिनुपर्छ ?
वातावरण पनि त्यति नै प्रदुषित छ । तनाब धेरै लिएर हिड्ने हुनाले गर्भवती महिलाको मानसिक,शारिरीक स्वास्थ्य स्थिति र गर्भमा भएका बच्चाको पनि फरक किसिमको असर पारिरहेको छ । नियमित गर्भवती महिलाले जाँच गरेर म स्वस्थ्य छ कि छैन । जोखिममा कत्तिको छ । बच्चाको स्वास्थ्य अवस्था कस्तो छ । बच्चालाई जन्मजात रोगहरु लाग्ने गदर्छ । कुनै किसिमका जन्मजात रोगहरु बच्चा जन्मेपछि त्यो रोगहरु लिएर बच्चा बाँच्ने सक्ने अवस्था छ वा बाँच्न नसक्ने अवस्था पनि हुन सक्छ । यस्ता किसिमका बच्चाका रोगहरु गर्भवती अवस्थामा नै अल्ट्रासाउण्ड को माध्यामबाट पत्ता लगाउन सक्छौं । गर्भवती अवस्थामा नै पेट भित्र भएको बच्चा स्वास्थ छ छैन कस्तो रोग लागेको छ पत्ता लगाउन सकिन्छ । स्वस्थ्य बच्चालाई त अहिले समाजमा पालन पोषण गर्ने, पढाउन धेरै गाह्रो परिस्थिती छ । भने जुन बच्चा आमाको पेटबाट नै रोग लिएर आयो भने झन धेरै गाह्रो छ । आमाबुबाको जीवन पनि तनाबमा नै बित्छ । आर्थिक हिसाबले पनि अभिभावक पछाडी पर्दै जान्छ । बच्चाको जीवन पनि संघर्षमा नै बित्छ । अहिले संवेदनशील अवस्था छ । विभिन्न किसिमका रोगहरुबाट मातृमृत्यु हुनबाट बचाउनको लागि आमा र बच्चालाई स्वस्थ्य रुपले अगाडी बढाउनको लागि सचेतनाको जरुरत छ ।
३) गर्भवती भएपछि जाँच गर्न किन आवश्यक छ ?
गर्भवती महिलाको नेपाल सरकारको मान्यता अनुसार आठ पटक जाँच गर्नुपर्छ । पहिला महिनावारी रोकिएपछि पिसाबबाट जाँच गरेर गर्भवती भएको पत्ता लगाइन्छ । कतिपय महिलाहरु गर्भरहेको थाहा पाएपछि चुप लागेर घर बस्दा पछि गएर समस्था आउने पनि देखिन्छ । तर गर्भ बसेपछि पनि बच्चा कुन ठाँउमा सही अवस्थामा छ की छैन । अरु केनै रोग लागेको छ कि छैन । पाठेघर बाहिर बच्चा बसेको छ भने डेढ,दुई महिनामा अचानक महिलाको अवस्था गम्भिर धएर मृत्यु हुन सक्छ । त्यसैले पहिलो तीन महिनामा अल्ट्रासाउन्ड गरेर बच्चा ठाँउमा छ की छैन । ठाँउमा छ भने कति वटा छ । बच्चाको घड्कन छ कि छैन । त्यो बाहेक पत्थरी,ग्यास्टिक,ट्युमरको रोग छ कि छैन सबै हुर्नु पर्ने हुन्छ ।
४) ढिलो विवाह गर्दा प्रजनन्मा कस्तो समस्या देखिन्छ ?
ढिलो विवाह गर्दा पहिलो बच्चा बस्ने सम्भावना कम हुन्छ । किनभने महिलाको अंडको संचिति कम भैरहेको हुन्छ । ढिलो विवाह गर्दा ब्लड प्रेसर, थाइराइड,सुगरका समस्याहरु देखापर्छन । जसले गर्दा गर्भावस्थामा जोखिम हुन्छ । एक सन्तानमा हामीलाई चित्त बुझ्दैन । कम्तिमा दुई वटा बच्चा चाहिन्छ भन्ने गछौं । कम्तिमा दुई बच्चाको अन्तर पनि कम्तिमा २,३ वर्ष हुदाँ पनि महिलाको उमेर झनै बढी हुन्छ । नर्मल बच्चाको वजन पनि कम हुन्छ । त्यसैले मेडिकल साइन्सले पनि २० वर्षपछि विवाह गर्ने र ३० वर्ष भित्रमा सन्तान पुरा गर्नुपर्छ भनिएको छ । ३० वर्ष नाघेका महिलाहरुबाट जन्मिएको बच्चा विकलाङ्ग हुने धेरै सम्भावना उच्च हुन्छ । बच्चाहरुको सुस्त मनस्थितिको पनि हुन सक्छ ।
५) गर्भवती महिलाको मातृमृत्युदरका अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा मातृमृत्युदर पहिलाको भन्दा भेरै कम भएको छ । पहिला १ वर्षमा गर्भवती भएका महिला मध्ये ७ सय भन्दा माथि मातृमृत्युदर हुने गरेको थियो । त्यसपछि क्रमशः ५३९ मा झ¥यो । त्यस पछि नेपाल सरकारको अथक प्रयासले क्रमश लगभग ३ सय, २ सयको हाराहारीमा पु¥याएको छ । अबको दिनमा पनि लगभग २ सयको हाराहारीबाट पनि अझै मृत्युदर घटाउने लक्ष्य लिएको छ । नेपाल सरकारले मातृमृत्युदर निमूर्ल पार्न धेरै कार्यक्रम चलाइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत नारायणी अस्पतालमा दक्ष प्रसुतिकर्मी तालिम संचालन गरेको थियो । त्यस तालिम केन्द्रको कोडिनेटर भएर काम काम गरेको थिए । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयोजकत्वमा तालिम संचालन आज पनि भैरहेको छ । जसमा मधेश प्रदेशको ८ जिल्लाको र अन्य प्रदेशका पहाडी जिल्लाहरुको सहभागीलाई लिएर २ महिनाको तालिम दिइन्छ । अहिले सम्म ४० औं ब्याच तालिम संचालन भैसकेको छ । विभिन्न तालिमहरु अपडेट गराउर्दै नेपाल सरकारले गरेको छ । नेपाल सरकारले स्वास्थ्यकर्मीहरु राखेर बर्थिङ्ग सेन्टरहरु पनि संचालन गरेको छ । पहिलाको भन्दा सरकारले पनि धेरै राम्रो काम गरेको छ । जनताहरु पनि सचेत भैसकेका छन् । धेरै संघ–संस्था पनि मातृमृत्युदर घटाउनमा लागिपरेका छन् ।
६) तपाइसंग अहिले पाठेघर खस्ने समस्या लिएर कत्तिको उपचार गर्न आउने गदर्छन ?
पाठेघर खस्ने समस्या पहिले धेरै नै थियो । यो समस्या तराइको महिलामा भन्दा पनि पहाडको महिलाहरुमा हुने गर्दछ । पहाडमा महिलाहर उकाली ओराली गर्नुपर्छ । पहाडमा पानीको धेरै समस्या भएकोले पानी लिन टाढा जानुपर्ने हुन्छ । घरको काम उकालो ओरालो हिड्नुपर्ने भएकोले यो समस्या हुन्छ । तराईको पुरुषहरुले घरको महिलाहरुलाई धेरै माया गर्दछन् । कलको पानी समेत पनि महिलाले कल चलाउन नपरोस भन्ने सोच रहेको पाइन्छ । माथिल्लो पहाडी भेगका महिलाहरु सुत्केरी भएको अवस्थामा आराम भएन भने राम्रो स्याहार पाइएन । भारी उठाउनु प¥यो । सुत्केरी अवस्थामा पौष्टिक आहार पाएन भने आङ् खस्ने समस्या भएको पाइन्छ । तराइमा आङ् खस्ने समस्या केही मात्रामा छ । जुन महिलाहरु धेरै बच्चा जन्माउन्छन् । शरीर कमजोर भएर पोष्टिक खाना भएर पनि पकाएर खाने तरिका नमिलेर खानामा पोष्टिक खाना भएर पनि पकाए खाने तरिका नमिलेर पौष्टिक तत्वहरु नष्टको भैसकेको हुन्छ ।
७) गर्भावस्थामा कस्ता पौष्टिक खाना खानु पर्छ ?
गर्भवती महिलाले एकजनाले खाएको खानाले दुई जनालाई पाल्नु पर्ने हुन्छ । त्यो कारणले गर्दा गर्भवती महिलाले पौष्टिक युक्त खाना खानुपर्छ । गर्भवती महिलाले ५ वटा कुरा कम खानुपर्छ भनेर भन्ने गरेको छु । अमिलो,खुर्सानी,मसला,तेल र नुन यि चिजहरु गर्भवती मात्र होइन । सबैले कम खानुपर्छ । मेडिकल साइन्सको अनुसार सेतो वस्तु कम खानुपर्छ । जुन कुरा बढी सेतो हुन्छ ति वस्तुहरु कम खानु पर्छ । नुन,चिनी,चामल,मैदा कम खानुपर्छ । दुध पनि सेतो हुन्छ तर यो नखाने भन्ने होइन । जसको मुटुको समस्या छ, मोटोपन बढी छ, कोलेस्ट्रोन बढी छ भने तर हटाएर दुध खानुपर्छ । सागसब्जी,फलफूल,गेडागुडी, दाल सबै थरिका खानामा थोरै थोरै राखेर खानुपर्छ । हामी धेरै थरी तरकारी बनाउन झन्झट मान्छौं । तर हामीले चार,पाँच किसिमका तरकारीलाई मिसाएर एकै ठाँउमा पकाएर खान पनि सकिन्छ । जसरी पनि सबै पौष्टिक तत्व खान सकिन्छ । अलग–अलग पकाएर खानु पर्छ भन्ने होइन ।
८) गर्भवती अवस्थामा महिलालाई कस्तो सहयोको आवश्यक्ता पर्दछ ?
गर्भवती महिलालाई नैतिक साथ सहयोग चाहिन्छ । गर्भवती अवस्थामा विशेष अवस्था हो । यो समयमा हर्मोन परिवर्तन भैरहेको हुन्छ । यो समयमा मानसिक तनाबमा राखेर जति पनि खान दिए पनि ज्यानमा लाग्दैन । जब नयाँ बुहारी घरमा आउँछिन । सबै जना खुशी हुन्छन् । जब उनी गर्भवती हुन्छिन् । उनलाई बान्ता हुने,खान मन नलाग्ने,निन्द्र लाग्ने,चक्कर लाग्ने हुन्छ । गर्भवती भएकोले परिवारलाई पहिलेको जस्तो काम दिन सकेकी हुन्नन । गर्भवती अवस्थालाई उनको विशेष अवस्था बुझेर श्रीमान परिवारका सदस्यले उनको ख्याल गर्नुपर्छ । अफिसियल काम गर्ने महिलाहरुको लागि यो अवस्थामा अफिसबाट झनै सहयोगको आवश्यक्ता पर्दछ । अफिसमा पनि महिला मैत्री वातावरण हुनुपर्छ ।