१) बि.एड पढे पनि फेसन डिजाइनर बन्नुको कारण के हो ?
बि.एड पढे पनि विवाह पछिको खाली समयमा घरमा नै पार्लर खोल्ने उद्देश्यले व्यूटिसियन तालिम लिए । वीरगंजमा नै व्यूटिपार्लर पनि खोलेर केही समय काम गरे । सानो बच्चाको जन्म भएपछि मैले पार्लरलाई समय दिन सकिन । त्यसैले पार्लर बन्द नै गर्नु प¥यो । बच्चा ठूलो ३ वर्षको भएपछि खाली समय घरमा बसेर बिताउन कठिन भएको थियो । एक जना दिदीले बुटिक खोल्न सल्लाह दिनु भयो । तर मलाई सियो धागो पनि चलाउन नजानेको मानिसले कसरी यो काम गर्न सक्छु । उहाँले नै तिमीलाई काम गर्ने दक्ष कालिगढ र दक्ष स्टाप दिन्छु भनेर मेरो काम गर्न हौसल्ला बढाई दिनुभयो । कम लगानीमा मैले बुटिक संचालन गरे । मलाई मेरा कालिगढ र स्टापले धेरै सहयोग गर्नु भएकोले म सफल हुदै गए । म यो पेशामा लागेपछि मैले यो पेशा सम्बन्धी जानकारी हुनुपर्छ । त्यो ज्ञान प्राप्त गर्नकोलागि मैले पनि तालिम लिएको हो । पहिला ६ महिनाको आधारभुत तालिम लिए । त्यसले पनि मलाई पुगेन फेरि एडभान्स कोर्ष पनि ६ महिनाको गरे पछि मलाई धेरै जानकारी भयो । अहिले स्टाफ,कालिगढ नभए पनि आफैले पनि कम सम्हाल्न सक्ने भएको छु ।
२) तपाइलाई यो पेशामा आउन परिवारबाट कत्तिको साथ सहयोग पाउनु भएको छ ?
कुनै पनि महिलालाई कुनै व्यवसाय गर्न,काम गर्न उसको श्रीमानको पहिलो साथ चाहिन्छ । अनि घरपरिवारको साथ चाहिन्छ । मलाई काम गर्न जहिले पनि मेरो श्रीमानले साथ दिनु भयो । त्यसैको कारण आज म यो स्थानमा आइपुग्न सफल भएको छु । घरपरिवारको पनि राम्रो नै साथ पाएको छु ।
३) बुटिकको सुरुवातको अवस्था कस्तो थियो ?
मैले बुटिक संचालन गरेको २ महिना सुरुबुरु चल्यो । तेस्रो महिना देखि मेरो बुुटिकबाट राम्रो आम्दानी हुन थाल्यो । बुटिक संचालन गरेको ६ महिनादेखि खर्च कटाएर मासिक ७० हजार भन्दा पनि माथि आम्दानी भएको थियो । कोरोनाको समय भन्दा अगाडी कमाए पनि घरमा धेरै सपोट गरेको थिए । लकडाउन पछि घरभाडा ,कालिगढ खर्च ,मेटेरियल खर्च,स्टाप खर्च सबै कटाएर आफूलाई खर्च गर्न पुगेको छ । पहिला जस्तो बचाउन सकेको छैन ।
४) तपाईको बुटिकमा कति जनालाई रोजगारी दिनु भएको छ ?
अस्थायी रुपमा ८ जना कालिगढहरु छन् । स्थायी रुपमा भने ५ जना कालिगढ छन् । म संग महिला स्टाप ३ जना हुनुहुन्थ्यो । बजारको अवस्थाको मध्य नजर गर्दै एक जना महिला स्टाफ चाही छुट्टीमा राखेको छु । २ जना लेडिज स्टाफहरुलाई मैले तलबमा राखेको छु । एक जनाले मार्केटिङ्गको काम गर्ने, अर्डर लिने, कालिगढलाई काम दिने सबै काम गर्छिन । अर्की चाहीं कपडा सिलाउने, हातको काम सबै गर्छिन । कालिगढहरुलाई कपडा सिलाएको आधारमा पिस अनुसार पैसा लिनुहुन्छ ।
५) तपाइ आफ्नो पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यो पेशाबाट निकै सन्तुष्ट छु । किनभने महिलाहरुको लागि सुरक्षित मापदण्डको व्यवसाय जस्तो लाग्छ । किनकी यसमा आफैले मेहनत गर्ने हो । आफैले कमाउने हो । ग्राहकसंग आफैले डिल गर्ने हो । बाहिरबाट कसैले केही भन्ला, केही गरिदेला भन्ने डर,त्रास हुदैन । निश्चित भएर काम गर्न सकिने भएकोले यो पेशाप्रति म सन्तुष्ट छु ।
६) तपाइलाई यो पेशा छाडेर कुनै समय अन्य काम गर्ने इच्छा लागेन ?
मलाई यो पेशा छाडेर अर्को काम तर्फ जाउ भन्ने कहिले पनि लागेन । कोरोनाकाल देखि ३ वर्ष आर्थिक पक्षले गर्दा केही तनाब भयो । लकडाउनको कारण घरभाडा,बजारको ऋणले गर्दा मानसिक रुपमा तनाब उत्पन्न भएको थियो । पछि बिस्तार काम गर्दै गए । मेरो स्टाप र कालिगढले पनि नआत्तिनुस् हामी तपाइलाई साथ दिन्छौं । भनेर बुटिक नछाड्न आग्रह गर्दै मेरो हौसल्ला बढाउने काम गरे । म पनि निरन्तर काम प्रति लागिरहे । अहिले त्यस्तो कुनै समस्या छैन । लकडाउनको समस्यालाई समाधान गर्दै अहिले सही बाटोमा आइसकेको छु ।
७) फेसन डिजाइनर कोर्ष कत्तिको महंगो छ ?
फेसन डिजाइनरको पुरा कोर्ष गर्न लगभग ६० हजार जति लाग्छ । यो कोर्ष महंगो छ । यसको तह अनुसार अठार हजार,बिस हजार,पच्चिस हजार लाग्छ । फेसन डिजाइनर सिकाउने वीरगंजमा एकजना मात्र ट्रेनर छन् । मैलै पनि मेनु भण्डारीबाट नै सिकेको हो । वीरगंजमा उनले मात्र तालिम दिइरहनु भएको छ ।
८) तपाइले कति महिलालाई काम गराउनु भएको छ ?
धेरै महिला दिदी बहिनीहरु सिकाइदिनुस् भनेर आउने गरेका छन् । मलाई सिकाउन सक्ने आत्म विश्वास आएकाने छैन । तर २५ प्रतिशत मात्र पनि सिलाई सम्बन्धि काम गर्न सक्छन भने उनीहरुलाई काममा राख्ने गरेको छु । मेरो वरिपरीका छिमेकका महिलाहरुलाई पनि घरमा नै बसेर काम गर्न दिइरहेको छु । बुटिकमा हातको काम धेरै हुन्छ । लड्कन बनाउन,डिजाइनहरु राख्ने,साधारण ब्लाउज,पेटीकोट पिसहरु कटिङ्ग गराएर घरमा नै दिएर पनि ४ जना महिलाई काम दिएको छु । भने तलबमा २ जना महिलालाई राखेको छु ।
९) अन्त्यमा महिला दिदी बहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?
कुनै पनि पेशा सानो ठूलो हुदैन । जुन पनि पेशामा मेहनत र लगनले लाग्नु पर्छ । मैले ३ वटा मेसिन र एउटा काउन्टरबाट व्यवसाय सुरु गरेको थिए । अहिले ९ वटा मेसिन, ठूलो मेसिन २ वटा र कडाइ मेसिन छ । ३ वटा सटरमा काम भैरहेको छ । काम गर्न पढ्नै पर्छ भने पनि छैन । म बि.एड गरेर पनि बुटिक संचालन गरिराखेको छु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना