आइतबार साँझ आएको शक्तिशाली हावाहुरीले बारा र पर्साका विभिन्न भागमा घरहरू भत्कीदा हालसम्म २८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फेटा गाउँपालिका ६ पुरनियाका २ वर्षीया अलिसा खातुन, ९ वर्षकी रुकसार खातुन, फेटा गाउँपालिका ५ पुरनियाका १२ वर्षीया रुवी खातुन र फेटा गाउँपालिका १ का ६ वर्षका नन्दलाल पटेल रहेकाे जिल्ला प्रहरी कार्यालय बाराका कार्यरत प्रहरी निरीक्षक निशान्त श्रीबास्तवले बताए ।
त्यसैगरी फेटा गाउँपालिका ६ की मिना खातुन (५५), सकिना खातुन (२०), सवनम खातुन (१८), समसिदा खातुन (१८), विविया खातुन (२५) , मुस्तकिया खातुन (५०० र सुवर्ण गाउँपालिका ८ कि तहिखा खातुन (२०) रहेका छन् ।
भारत मतकोवाका राजेश मुखिया, अवधेश पासवान (३६), सुवर्ण गाउँपालिका ४ का श्रीप्रसाद यादव, फेटा गाउँपालिका ६ का गडियादेवि (५०) फेटा गाउँपालिका १ का हरिन्द्र दास (६०), अक्षेलाल माझी (५५), फेटा गाउँपालिका १ का मनोरमा देवि (४५) र रुवी देवी (२४) को पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्दाजी २ वर्षका वालक सहित एक महिला र ४ जना पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पर्साको चैनपुरमा हावाहुरीले बस पल्टेर वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका सरोज रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
हुरीका कारण घरहरू भत्किएका, रुख ढलेका, विद्युतीय पोल ढलेकाले त्यहाँ च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले बताए ।
घाइतेहरु मध्ये ३ सय कलैया अस्पताल, ३०४ वीरगञ्ज अस्पतालमा उपचाररत छन् । जसमध्ये कलैया अस्पतालमा उपचार गराइरहेका २ सय २० जना घाइते डिस्चार्ज भइसकेको प्रहरी निरीक्षक श्रीबास्तवले बताए ।