गैरकानूनी रुपमा भर्ना गरेका करिव ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई वीरगञ्ज महानगरपालिकाले जागिरबाट बर्खास्त गरेको छ ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सूचना जारी गर्दै विभिन्न मिति र विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई आजैको मिति देखि कामकाजमा नलगाउने गरी कामबाट बर्खास्त गरिएको जानएको छ ।
वीरगञ्ज महानगरमा गैरकानूनी रुपमा कर्मचारी भर्ना गरिएको र आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
आयोग र केन्द्रले वीरगञ्ज महानगरपालिकासँग पटक पटक कर्मचारी भर्ना सन्दर्भमा जवाफ मागे पनि कर्मचारी भर्ना गर्नुपर्ने कारण खुलाउन नसकेको अख्तियार अनुसन्धान आयोग स्रोतले जानकारी दिएको छ ।
जथाभावी कर्मचारी भर्ना गरेको भन्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई सतर्कता केन्द्रले कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने सुइको पाएपछि पौडेलले आज दैनिक ज्यालादारी र डोर हाजिरमा काम गर्दै आएका कर्मचारीलाई सेवाबाट बर्खास्त गरेका हुन ।
वीरगञ्ज महानगरपालिकाको आन्तरिक आय घटदो क्रममा रहेको र दरवन्दी नभएको ठाउँमा दैनिक ज्यालादारी र डोर हाजिर गराउने गरी कर्मचारी भर्ना गरेको बिषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको समेत आलोचना हुर्दै आएको थियो ।
महानगरपालिकाको सूचनाबाट नगरप्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखा समेत विभिन्न पदमा कार्यरत करिव ४ सय ५० जना कर्मचारी सेवाबाट हटाइएको महानगर स्रोतले जनाएको छ । दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख तलवमा खर्च हुनेगरेको महानगरपालिकाले जनाएको छ ।
हटाइएको मितिबाट डोर हाजिर प्रमाणित गर्ने कर्मचारीले कुनै कर्मचारी राखेको खण्डमा त्यस्ता कर्मचारीको तलव सुविधा प्रमाणित गर्ने पदाधिकारीको निजी सम्पत्तिबाट तलब भत्ता ब्यहोर्न सूचनामा भनिएको छ । वीरगञ्ज महानगरपालिकाले व्यहोर्दै आएको अनवाश्यक व्यायभार कम गर्न यस्तो निर्णय लिन परेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना