नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् ।
बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनको शल्यक्रिया सफल भइसकेको नेपाल क्रिकेट संघ क्यानका अफिसियल डाक्टर अभिषेकराज सिंहले जानकारी दिए । उनले भने, ‘उहाँको अप्रेसन भर्खरै सम्पन्न भएको हो । अहिले अवस्था सामान्य नै छ ।’
उनका अनुसार ललितले कम्तिमा पनि ४ हप्ता आराम गर्नुपर्ने बताएका छन् । ‘हामीले उहाँलाई विश्वकप क्वालिफायर्समा खेलमा फर्काउने लक्ष्य सहित विशेष रिकोभरीको व्यवस्था गर्नेछौं । हेरौं उहाँको शरीरले कतिको छिटो रिकोभर गर्न सक्छ’, डाक्टर सिंहले भने । ललितको बलिङ आर्म सुरक्षित भएका कारण दायाँ पट्टी लागेको चोट रिकोभर गरि उनलाई मैदान फर्काउन डाक्टरहरुको विशेष प्रयास हुने उनले तर्क दिए ।
स्पिनमा सन्दीप लामीछानेसँग राम्रो सहकार्य गरिरहेका ललित टिममा नभएपछि त्यसको असर प्रदर्शनमा हुनसक्ने सम्भावना रहेको छ ।
ललितको स्थानमा कसलाई प्रतिस्थापन गर्ने भन्ने निर्णय अहिल्ये गरिनसकेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जनाए । ‘म्यानेजमेन्ट टिमले केही छलफल गर्दै छ । निष्कर्ष निस्किएपछि हामी निर्णय गरेर सुचित गराँउन्छौं , उनले भने ।
ललितले नेपालका लागि एसीसी प्रिमियर कप जिताउनका लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनल खेलमा यूएईविरुद्ध ४ विकेट लिएका थिए ।
ललितले २३ ओडीआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।
ललितले सन् २०२२ मा बी एन्ड बी अस्पतालमा बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गरेका थिए । त्यसको एक वर्षपछि नेपाली टोलीमा फर्किदै सानदार प्रदर्शन गरिरहेका उनले पुनः कम्तिमा पनि ४ हप्ता टिमबाट बाहिर बस्नु पर्ने भएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना