पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ ।
एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले जनाएको छ । यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा समावेश भएका छन् । उनी एसिया कपमा टोलीमा परेका थिएन्न ।
विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य चयनकर्ता इन्जामाम उल हकले भने ‘विश्वकप कुनै पनि खेलाडीका लागि जिन्दगीको महत्वपूर्ण इभेन्ट हो, आफ्नो शानदार खेलको बलमा टिममा स्थान बनाउने सबै खेलाडीलाई शुभकामना, पछिल्ला केही वर्षमा टिमले शानदार खेल प्रदर्शन गर्दै आएको छ, त्यसैले हामीले यो टिममा विश्वास गरेका छौं ।’
पाकिस्तानी टिम
बाबर आजम (कप्तान), शादाब खान (उप–कप्तान), मोहम्मद रिजवान (विकेट कीपर), अब्दुल्लाह शफिक, फखर जमान, हरिश रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद वसिम, सलमान अलि आगा, सऊद शकिल, शाहिन शाह अफ्रिदी र ओसामा मिर ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना