अधिकारको समानताको कुरा बाहिर भनिए जस्तो व्यवहारमा अझै भेटिने गरेको छैन । वीरगन्ज महानगरपालिका वडा नम्बर. १४ गण्डक चौक हनुुमान मन्दिरको पछाडि बसोबास गर्ने डोम बस्तीका नागरिकको सवालमा पनि त्यहि अवस्था देखिएको छ । विगत आठ वर्षदेखि त्यस ठाउँमा बसोबास गर्दै आएका डोमजातिका मानिसले अहिलेसम्म वडाबाट कुुनै किसिमको सुविधा पाएका छैनन् । मन्दिर पछाडि रहेको ७ घर परिवार बिजुुली, पानी, शिक्षाबाट बञ्चित हुनु असमान व्यवहार हो ।
आफ्नो जग्गा नभएको कारण गण्डक नहर नजिक रहेका उनीहरुलाई राती सर्पले टोक्ने डर हुने, साना–साना बच्चाहरु नहरमा ढुुब्ने सम्भावनाबाट बचाउन त्यतिकै चुनौति हुने उनीहरुले दुखेसो गरे । ती नागरिकको आम्दानीको श्रोत भनेको दिनहँुु बास काटेर त्यसबाट दैरी (ढाकी), बेना (हातेपंखा) जस्ता बस्तुहरु बनाई विक्री गरेर गुजारा चलाउने गरेको काजल मल्लिकले बताइन् । एक दिनमा २० वटा बेना बनाउछौं । ४० रुपिँयाको दरले बेच्दै आफ्नो पेट पाल्छौं उनले भनिन् ।
बिहान उठेर मन्दिरनिर पानी लिन जाँदा ठूला जातीका मानिसले बालटिन फालि दिने गरेको डोम बस्तीका नागरिकको गुनासो छ । पानी लिन जाँदा डोम भएकै कारण हेलां नगरिदिए हुन्थ्यो उनीहरुले भने । बिजुली, पानी नभएर हामीहरुलाई धेरै गाह्रो भएको छ । बिजुली नभएको कारण रातिमा धेरै अप्ठयारो हुने गरेको उनीहरुले तर्क गरे । बत्ती नभएकै कारण गर्मीमा सुुत्नुु समेत अप्ठ्यारो पर्ने, बच्चाहरु रुने, छट्पटाउने जस्ता पारिवारिक समस्या व्यापक भएको उनीहरुको भनाइ छ ।
दुुबै तर्पm नहरका बीचमा बसोबास गर्ने डोम जातीका मानिसको नागरिकता नभएको पनि होइन । राज्यले नागरिक पुष्टि गरे पनि सुविधा दिने समयमा अहिलेसम्म कुनै सहयोग नमिलेको उनीहरुको दावी छ । निर्वाचनमा हाम्रो भोट चल्ने तर सुविधा दिने समयमा हामी नचल्ने ? कस्तो अचम्म उनीहरुले प्रश्न गरे । भोट माग्न आउने नेताहरु सबैले मलाई भोट दिनुस् म चापाकल लगाइ दिन्छु, बिजुली दिन्छुु भन्ने आश्वासन नदिएको पनि होइन । तर निर्वाचन जितेर गएपछि ती नेताहरुको अत्तोपत्तो नहुने गरेको उनीहरुको दुखेसो छ । हामीले धेरै पटक यहाँको वडा अध्यक्षसित पनि आफ्नो समस्या भनेका छौं । तर अहिलेसम्म सुनुवाई भएको छैन स्थानीय सबिता मल्लिकले भनिन् । म १५ वर्षको भए । अहिलेसम्म विद्यालयको शिक्षाबाट बञ्चित छु । आमा बुुबासंग पैसा नभएको कारण पढ्न जान सकेको छैन उनले भनिन् । गरिब भएको कारण शिक्षाबाट वंचित सबितालाई पढन धेरै रहर भएको उनले तर्क गरिन् । पसलबाट कापी, कलम किनेर आफ्नो आमा बुुबाको नाम लेख्न सिकेकी छन् उनले ।
गण्डक चौकनिर रहेको हेरिटेज इस्कुुलबाट बच्चाहरु पढेर आउँदा मन खिन्न हुने गरेको र आमाबुुबालाई आफू पनि जाने भन्दा पनि पारिवारिक समस्याले त्यो सम्भव नभएको उनको भनाइ छ । बाल्ने बिजुलि छैन, पिउने पानी पनि छैन । हामी डोमजाती भएको कारण छिटो कुनै काम पनि पाउदैन । आफुुसँग कुुनै प्रकारको सिप पनि छैन । सरसफाईको काम गर्छुु र त्यहिबाट आफ्नो घर परिवारको पेट पाल्छुु स्थानीय राजुु मल्लिकले भने । नागरिकता भए पनि सरकारको सरसुुविधाबाट वञ्चित भएको उनको पनि गुनासो छ । डोमजाती भएको कारण हामी सित मान्छेहरु छुुवाछुत, भेदभाव गर्छन् । त्यहि छुुवाछुतको कारण हामीलाई कुुनै राम्रो काम पनि पाउदैन ।
गण्डक चौक हनुमान मन्दिर पछाडि रहेको डोमबस्तीहरु जाडरक्सी खाएर मन्दिरको पुुजारी सित झै– झगडा गर्ने गरेको वीरगन्ज १४ का वडाध्यक्ष महबुब एलाही अंसारीले बताए । नेपाल सरकारको नियम अनुसार जमिनको लालपुर्जा भएको र त्यो जमिनको कर तिरेको हुुनुपर्ने उनको भनाइ छ । वडाबाट सिफरिस गराएर बिजुुली लिन पाउँछन् । त्यसो भए हामीले सरकारी चापाकल लगाई दिन मिल्छ उनले बताए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना