१. जि.पि इमरजेन्सि मेडिसिन भनेको के हो ?
यो एउटा स्पेशलाइजड डिग्री हो । एम.डि भनेको डाक्टर अफ मेडिसिन र जेनरल प्राक्टिस इमरजेन्सि मेडिसिन भनेको यो डिग्री फेमिली मेडिसिनको नामबाट पनि जानिन्थ्यो । विकासित देश अमेरिका, इङ्गल्यान्ड र अष्टे«लियामा डिग्रीको महत्व छ । विकासित देशमा सबैको इन्स्योरेन्स हुन्छ । त्यहाँ मेडिसिन उपचार पनि महँगो छ । त्यहाँको सरकारले जनतालाई सुुविधा दिएको छ । इन्स्योरेन्स नगराएको मान्छे त्यहाँ बस्न गाह्रो हुन्छ । कुनै पनि देशमा पहिला बिरामी जेनरल प्राक्टिस अथवा फेमली फिजिसियन एम.डी.जि.पीले हेर्ने गर्छन् । एम.डि.जी.पीले रिफर गरेपछि मात्र सुुपर स्पेशलिटीसंग देखाउनुुपर्छ ।
२. नेपालमा एम डि.जि.पी को आवश्यक्ता किन छ ?
डा.मार्कले टिचिङ्ग हस्पिटल महाराजंंमा एम.डि.जि.पी सुुरुवात गरेका हुन् । पाटन हस्पिटल, टिचिङ्ग हस्पिटलमा त्यसमा डा.सतेन्द्र गुुप्ता, डा. रामदेव साह र डा.मनोहर गुुप्ताले २००२ मा वि.पि.के एच धरानमा ल्याएको हो । नेपालमा सबैको बीमा छैन । अहिले सरकारले बीमाको नीति ल्याएको छ । काठमाण्डौं, विरगंज, विराटनगर, पोखरा, नेपालगंजमा सबै किसिमका रोगको उपचार गर्ने डाक्टरहरु पाइन्छ । यो बाहेक अन्य जिल्लाका अस्पताल, स्वास्थ्य चौकीहरुमा दुुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा तत्काललै सबै विशेषज्ञहरु उपलब्ध हुदैन । यस्तो अवस्थामा तुरुन्त बिरामीहरुको उपचार गर्नमा एम.डि.जी.पी आवश्यक छ । एम.डि.जी.पि सेवाले कुनै पनि किसिमको रोग लागेको विरामीलाई तुरुन्त उपचार गरी बचाउन मद्दत पुग्छ ।
३) नेपालमा एम.डि.जि.पी कत्तिको उपलब्धि मूलक छ ?
नेपालमा एम.डि.जि.पी लागु भएको क्षेत्रमा पहिला सुगम जिल्लाकोभन्दा बढी मृत्युदर भएको पाइन्थ्यो । आज एम.डि.जि.पी बाट दुर्गम क्षेत्रका बिरामीहरुलाई सेवाहरु दिइरहेको छन् त्यो कारणले गर्दा मृत्युुुदर घटेको छ । बिरामी उपचार गर्न बाटोमा जाँदा मर्नेको संख्या धेरै कम भएको छ । जिल्ला अस्पतालमा एम.डि.जि.पी भनेको बिरामीको तत्काल ज्यान जोगाउन प्रयोग गरिने प्रमुख समस्याको समाधान हो । फिजिसियन,सर्जन,ग्याइनोक्लोजिष्ट डाक्टरको जरुरत पर्दैन । तत्काल एम.डि.पीले नै सबै ज्ञान प्राप्त गरिसकेका हुन्छन् । अब बिरामीलाई एन्जीयोग्राफी गर्नुपरे जहाँ पनि लान सकिन्छ । मानिसको जीवन तत्कालिन मृृत्युुबाट बचाउनको लागि एम.डि.जि.पि को एकदम प्रमुुख भुुुमिका रहेको छ ।
४) एम.डि.जि.पीको प्रयोग कसरी गर्न सकिन्छ ?
नेपाललाई चाहिएको एम.डि.जी.पि हो । विदेशमा इन्सुुरेन्स जोगाउनका लागि लागुु गरेका हुन् । हाम्रो जस्तो अविकासित देशमा बिरामीको ज्यान जोगाउनका लागि लागु गरिएको छ । सरकारले जुन निती ल्याएको छ । नेपालमा मृत्युुुदर कम भएको छ । सुुगम क्षेत्रमा एम.डि.जि.पी लाई इन्रजेन्सीमा राखेर । जहाँ मानिसको सही उपचार र डाक्टरलाई निर्देशन गर्न यसको आवश्यक छ । (ड्राइज सिस्टम) बिरामीलाई कसरी रातो, पहेलो, हरियो, कालो अनुसार वर्गिकरण गरिन्छ । रातो भनेको अति सिरियस बिरामी तुुरुन्त उसलाई उपचार चाहिन्छ । पहेलो भनेको हस्पिटल भर्ना गर्नुपर्छ । घरमा पढाएर उपचार गर्न गाह्रो छ । हरियो भनेको उसलाई डाक्टरको निगरानीमा इमरजेन्सीमा राखेर २४ घण्टासम्म राखेर उपचार गरेर घर पठाउन सकिन्छ । कालो भनेको डेथ बडीलाई मानिन्छ । बिरामीको कुन अवस्थालाई रातो भन्ने, कुन बिरामीलाई पहेलो भन्ने, कुन बिरामीलाई हरियो भन्ने छुट्याउन जी.पी को भुुमिका हुन्छ । जनरल फिजिसियन, न्यूरो सर्जन, ल्याप्रोसकोपी, कार्डियोलोजिष्टकोमा पठाउन सजिलो हुन्छ ।
५) वीरगंजमा एम.डि.जि.पि कतिको पाउनुु भएको छ ?
बिरामीको चाहना किन डाइरेक्टर सुुपर स्पेशलिस्ट कहाँ जाउ भन्ने हुन्छ । कहिलेकाँही एउटा बिरामीलाई एउटा रोग मात्र हुदैन । एउटै बिरामीलाई घुडा पनि दुुुखेको छ, मुटुु पनि दुुखेको छ । उसको आँखा पनि दुुखेको छ भने कति जना डाक्टर कहाँ जाने, आर्थिक भार पनि बढी हुन्छ भन्ने हुन्छ । त्यो आर्थिक भारको बोझ पनि अनुभवी डाक्टरले समाधान गर्छ भने त्यो महत्वपूर्ण हुन्छ । अब उसलाई लाग्छ कि यो बिरामीको इन्जियोग्राफी पनि गर्नुुपर्छ । मुुटुुको अप्रेसन गर्र्नुुपर्छ । उसले नेपालको कुन ठाउँमा राम्रो सुुविधा सहज छ, सरकारको अनुुदान छ त्यो ठाँउमा रेफर गरेर पठाउँछ । अब तपाईको उपचार भइसक्यो । नेपाल सरकारले बनाएको शहिद गंगालाल हस्पिटल छ ।
६. यहाँको अनुभवको हिसाबले इमरजेन्सीमा कस्ता बिरामी आउने गरेका छन् ?
इमरजेन्सी परेको बिरामीहरु मात्र त्यहाँ आउँछन् । जसलाई इमरजेन्सी प¥यो तुुरुन्त डाक्टर चाहियो । त्यो बेला नै इमरजेन्सी हो । बिरामी जुन हिडेर आउँछ उसलाई केही भएको जस्तो महसुुस भइरहेको छ । यसको लागि ओ.पि.डि हुन्छ । यसको लागि इमरजेन्सी हुदैन । ओ.पि.डि मेडिसिनमा जाँदा डाक्टरले भने सर्जरीमा जानुुपर्छ भनेर सर्जरीमा पठाइदिन्छन् । अर्थोपेडिक जानुपर्छ भने उसले अर्थोपेडिकमा पठाइ दिन्छ ।
७) कति प्रतिशत बिरामी इमरजेन्सीमा आउँछन् ?
कुुनै पनि अस्पतालको संमवेदनशील स्थान नै इमरजेन्सी हो । कुुनै पनि विरामी चाहन्छन् विरामीलाई छिटो उपचार होस् । अनि समयको पनि ज्ञान कमै भएको हुन्छ । एकदम बढी विरामीलाई च्यापछन् । अनि मान्छे अलिकति कम विरामी छ भने कुनै पनि औषधी पसलबाट मेडिसिन लिएर उपचार गराइरहेका हुुन्छन । सिकिस्त भए पछि मात्र इमरजेन्सीमा गएका हुन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना