तीन दशकअघिसम्म चोरडाँकाको गाँउ भनेर चिनिने धनुषाको विदेह नगरपालिक–४ झिंझा गाँउको भौतिक अवस्था आज पनि परिवर्तन हुन सकेको छैन । बाजे, पुर्खाले कुनै बेला अपनाएका चोरी, डकैती जस्ता कर्मलाई तीन दशकदेखि छाडे पनि आजका युवापिडीले बदनामी खेप्न बाध्य छन् । उनीहरु आफ्नो पाखुरी चलाएर इज्जतका साथ संघर्ष गरेर जिवन चलानउ चाहन्छन् । तर पनि कुनै काम गरेर गुजरा चलाउने काम सरकारले व्यवस्था गर्न नसकेको गुनासो झिंझावासीको छ । पछिल्लो समयमा वैदेशिक रोजगार, खेतीपाती लगायत अन्य पेशाामा मानिसहरु लागेपछि जीवनशैली परिवर्तन भएको छ ।
आर्थिक स्थिति कमजोर भएकोले पेट पाल्न झिंझाका मानिसहरु डकैति गर्ने कामलाई पेशा बनाएका थिए । २०३५ सालमा नेपाल सरकारले पहिलो पटक झिँझा बस्तीका २ सय ८ सुकुम्वासीहरुलाई सर्लाहीको लालबन्दी नगरपालिकामा पुनर्वास गराएको थियो । उनीहरुको जीवनस्तर निकै परिवर्तन भएको स्थानीय अमर पासवान बताउँछन् ।
झिझा गाँउको मानिसको शिक्षाको अवस्था भने आज पनि कमजोर नै छ । मधेश प्रदेशको राजधानी जनकपुरधामभन्दा करिब २५ कि.मि पूर्व–दक्षिण भारतीय सीमा नजिकै पर्ने झिंझा गाँउमा ८५ घर पासवान र २० घर महरा समुदायको बसोबास छ । आर्थिक रुपले विपन्न, गरिबी, संकट, अशिक्षा र अभावमा बाँचिरहेका झिंझावासीको जिवनशैलीलाई सामान्य रुपमा मान्न सकिन्न । स्थानीय तह, प्रदेश तह र केन्द्र तह तीनै तहको सरकार २ पटक पद बहाली भैसक्दा पनि विकासको कुनै पूर्वाधारले समेट्न सकेको छैन ।
समाजसेवी उपेन्द्र पासवानले गाउँमा पासवान जातिको ८५ घर र महरा जातिको २० घर पनि माथिल्लो जातिहरुले धारामा पानी लिन जाँदा उता धारामा किन आइस् । पानी किन छोइस भनेर गाली गर्ने गरेको गुनासो गरे । हाम्रो समाजमा बालविवाह गर्ने चलन छ । हाम्रो गाँउमा १२÷१३ वर्ष भएपछि विवाह गर्न थाल्छन् । १६ वर्ष भित्र नै विवाह गरिसक्नु पर्छ भन्ने मान्यता छ । समाजको चलन र छोरीको विवाह ढिलो गर्दा गर्ने समाजले गर्ने अपमान, तिरस्कारले गर्दा कानुनलाई मिचेर आफ्नो छोरीको बालविवाह गर्नु परेको उनीहरुले बताए । गाँउमा छोरीको विवाह छिटो गर्नु हुदैनभन्दा उल्टै मेरो छोरी भाग्यो भने कसले जिम्मा लिन्छ ? सामाजिक बन्धन हुन्छ । अफवा हुन्छ, गाँउमा बस्न पनि दिदैनन् । भोज भतेरमा पनि सामेल हुन दिदैनन् भन्ने मानसिकता भएकोले समाजमा बालविवाहले जरो गाडेको उनीहरुको भनाइ छ ।
बसजा नदीको नजिकको गाउँ भएकोले आज पनि वर्षातको समयमा डुबान हुने गरेको छ । बस्ती डुबानको कारण त्यहाँका बासिन्दाको जनजिवन अस्तव्यस्त हुने गरेको छ । यदी सरकारले त्यो नदीमा तटबन्ध गरिदिए झिंझावासीमा प्रत्यक्ष लाभ पुग्ने आशमा बाँच्नु परेको खुलेको छ । विदेह नगरपालिकामा दलित समुदायबाट बेचनदास तत्मा स्थानीय तहको २ पटकको निर्वाचनमा
मेयर पदमा निर्वाचित भए । तर पनि झिंझा गाँउको समस्या समाधान गर्न चासो देखाएका छैनन् । विकासको त कुरै छोडौं, दलित मेयरले नै चोर, डाँकाको गाँउ भनेर अपहेलित गर्ने गरेको स्थानीयको गुनासो छ । अहिलेसम्म पनि बाटोघाटो निर्माण हुन सकेको छैन । यहाँ बसोबास गर्ने मानिसहरु आर्थिक रुपले विपन्न नै छन् ।
अहिले जमिन्दारको खेत बटैया गरेर, ज्याला मजदुरी गरेर गुजरा चलाइरहेका छन् । विदेशतिर गएर कमाउने भएकोले खानलाई जेनतेन पुगेको छ । यहाँ खेतमा काम गर्दा मजदुरी अन्य काममा ३ सय देखि ४ सय दिने गरेको पाइन्छ । खेतीको समयमा धान रोप्न २ सय पचास पाइन्छ । जनता आवासले घर बनाइदिए पनि शौचालय भने सबैको नभएको बताउँछन् । पहिला गाविसले शौचालय कागजमा मात्र सिमित ग¥यो । हामीलाई शौचालय दिएन । अहिलेसम्म पनि शौचालय पाउन सकेका छैनौं । जो हुनेखाने वर्गकाले मात्र पाएका छन् । वर्षातको बेलामा बिरामी हुदाँ, महिला सुत्केरी हुदाँ खाटमाथि राखेर ८÷१० जनाले बोकेर खाडी, खजुरीसम्म लैजाने र उपचारकोलागि जयनगर, जनकपुर लैजाने गरेको उपेन्द्र पासवानले बताए ।
मेरो घरको स्थिति अत्यन्तै नाजुक छ । बर्षात्को समयमा परेको पानी सबै घर भित्र पस्छ । यहाँ १५÷१६ वर्षको उमेरमा नै केटाहरु रक्सी, गाँजा, चुरोट हरेक चिज खान्छन् । नखाउभन्दा कसले के गर्छ काटिदिन्छु । हामीलाई कसैले समाउन सक्दैन भन्छन् स्थानीय समुन्द्री देवी पासवानले बताइन् । आफ्नो बच्चा सुधार्न सकेको छैन भने अर्काको बच्चा पनि खराब हुन्छ । मेरो एक छोरीको १० वर्ष अघि नै विवाह भैसक्यो । छोरा १८ वर्षको छ । उसलाई नबिग्रोस भनेर विदेश पठाएको छु । अर्को छोरी १३ वर्षको भइन् । उनी अहिले खजुरीको विद्यालयमा कक्षा ५ मा पढ्दैछिन् उनले भनिन् । वर्षातको समयमा घरमा करेत, गोमन र दराज ३ वटा सर्पको बिगबिगी हुन्छ । यो विषालु सर्प भएकोले यसको टोकाइबाट बच्न खोज्दा पनि बच्न गाह्रो हुने गरेको फुल कुमार पासवानले बताए । मलाई रातिको २ बजे सर्पले टोक्यो । राती नै भतिजाले लिएर उपचार गराउन लगेर बाँचेको छु उनले भने ।
स्थानीय इन्दल पासवान वैदेशिक रोजगारीमा कतार गएका थिए । अहिले नेपाल फर्केर आइसकेका छन् । गाँउमा काम नभएर उनी फेरि विदेश जाने सोचमा थिए । अहिले मिटरब्याजी कारवाही गर्ने हल्लाले गर्दा साहुले ऋण दिन छाड्ेका छन् । विदेश जान पनि ३,४ लाख लाग्छ । अब बाध्य भएर मुम्बई जाने योजना बनाएको छ । हामीलाई दुई छाक खान, बालबच्चा पाल्न पहिला धौं–धौं थियो । सरकारले नै चोरेर जीवन गुजारा गर्न पहिले बाध्य पारको थियो इन्डिया पासवानले बताए । भारतका विभिन्न ठाँउमा गएर चोरेर ल्याउने गरेका थियौं । नेपालमा पनि पेशा नै भएपछि नगर्ने भन्ने कुरा थिएन । कहिले झडपमा पर्दा गाँउको मुखियाको खुट्टामा ठूलो चोट लागेको थियो । तर अहिले यो सबै काम छाडेपछि आनन्द भएको छ उनले भने ।
झिंझाको राष्ट्रिय प्राथमिक विद्यालयमा १ सय ३४ जना बालबालिका पढ्छन् । २ जान मात्र शिक्षक छन् । झिंझाको विद्यालयलाई सरकारले पनि शिक्षक दिनमा चासो नगरेको स्थानीयको गुनासो छ । अहिले छोराछोरीलाई पढाउनु पर्छ भनेर विद्यालय पठाँउने गरेका छौं । तर पनि सानै उमेरमा भागेर आफै विवाह गर्ने भएकोले बालबिवाहबाट भिंझा गाँउ मुक्त हुन सकेको छैन । झिंझा बस्तीका केही युवाहरु लागुऔषध जस्ता कुलतमा फसेका छन् । यस्ता युवाहरुलाई सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने स्थानीय सरस्वती देवी पासवानले बताइन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना