वीरगन्जमा दुई फरक धर्मका समुदायबिच तनाव बढ्दै गएपछि सोमबार ‘सद्भाव र्याली’ निकालिएको छ ।
सर्लाहीको मलंगवामा गत बिहीबार गणेश चर्तुथीको मूर्ति सेलाउन क्रममा दुई समुदायबिच भएको भिडन्तको घटनालाई लिएर वीरगन्जमापनि तीनदिन यतादेखि तनाव भइरहेको छ । उक्त घटनाको विरोधमा गत शनिबार हिन्दुवादीहरुले वीरगन्ज बजार बन्द गराउनुका साथै प्रदर्शनपनि गरेका थिए ।
यसैलाई मध्यनजर गरी वीरगन्जमा सोमबार वीरगन्ज महानगरपालिकाको अगुवाईमा ‘सद्भाव र्याली’ निकालेका हुन । आदर्शनगरस्थित स्वीमिङ पुल परिसरबाट सुरु भएको ‘सद्भाव र्याली’ पशुपति घोष चोक ,आदर्शनगर चोक , घडीअर्वा , माईस्थान चोक , घण्टाघर चोक हुदैं नगर परिक्रमा गरिएको हो । ‘सद्भाव र्याली’ मा प्रतिनिधीसभा सदस्य प्रदीप यादव , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम , राजनीतिक दलका नेता, महानगरपालिकाका कर्मचारी , शिक्षक–शिक्षिका ,नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी ,सञ्चारकर्मी लगायतको सहभागी रहेको थियो । ‘सद्भाव र्याली’ मा सहभागीहरुले ‘ धार्मिक सद्भाव कायम गरौंै ’ सामुदायिक सदभाव कायम राखौं’ ‘हिन्दूू–मुस्लिम भाई भाई’ लगायतका नारा पनि ग्न्जिएको थियो ।
नगरपक्रिमापछि जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र हस्तातरण गरिएको थियो । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सहायक प्रजिअ शीव प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै वीरगन्जमा धार्मिक उन्माद बढाउने, सदभाव विगार्ने तथा शान्ति सृुरक्षामा खलल पुग्ने गरी जनजिवन प्रभावीत पारी अशान्ती मच्चाउने व्यक्ति तथा समुह सक्रिय रहेकोले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । ‘वीरगन्जमा सदियौंदेखी हिन्दु र मुस्लीमबिच आपसी सद्भाव र भाईचारा रहिआएकोमा केहि समयदेखी दुवै समुदायका चाडपर्व, सभा, जुलुस तथा जात्रामा दुवै धर्मावलम्बीका केहि सिमित व्यक्तिहरुबाट आपसी सद्भाव र भाईचारा विथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छीत गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ती भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने, विभाजीत गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रब्य दृष्य सामाग्रि समेत पोष्ट गरीरहेकोले त्यस्ता व्यक्ति तथा समुह विरुरु साईबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग गर्दछौं , ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सद्भाव र्यालीमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, , नेपाली कांग्रेसका नेता श्याम पोखरेल, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगन्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगन्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायतकोपनि सहभागीता थियो ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमापनि वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका र्याली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना