१. तपाईलाई एक्कासी यो पेसामा आउने ईच्छा कसरी भयो ?
म यो पेशामा आउन योजना गरेर आएकी भने होइन । मैले काम गरिरहेको उद्योग एक्कासी बन्द भएपछि एउटा बाध्यतावश भनौं, समस्यामा भनौं, वा सोख भनौं मान्छेलाई मजबुरी परेपछि कुनै न कुनै काम सिक्नु पर्छ भन्ने लाग्यो । मैले यत्तिकै बस्नुभन्दा बरु केही काम गरौं भनेर नै सिलाई सिकेको हो । धेरै पढ्न नसके पनि महिलाहरुको लागि यो पेशामा काम गर्न राम्रो नै लाग्यो । आफूले जानेको काम अरु दिदी बहिनीहरुलाई पनि सिकाउन पाउदाँ आनन्द पनि लाग्ने गरेको छ ।
२. बुटिक र सिलाई नै किन रोज्नु भयो त ?
मलाई यो पेशा नै ठिक लाग्यो जुन महिला पढेलेखेको छैन । त्यसको लागि धेरै राम्रो रहेको छ । आफु पनि गर्ने अरुलाई पनि सिकाउनु पर्छ । अरुले पनि केही गरोस् भनेर मैले बुटीक खोलें । मैले सिलाई बिर्ताको नारी टेलर्सबाट सिकेको हो । मैले नारी टेर्लरमा ५ वर्ष सम्म सिक्दै काम गरें । त्यहाँ इण्डियाको मास्टरहरु काम गर्न आउथे । मैले उनीहरुसंग अरु थप डिजाइनहरु सिके । डिजायन सिक्दाँ एक महिनामा १५ हजार दिएर पनि सिके । लेबल एकको परिक्षा आयो र मैले लेबल एकको परिक्षा दिए । अनि लेबल २ को परीक्षा दिन हेटौडामा जानु पर्ने थियो । त्यो समय परीक्षा दिन जान सक्ने स्थिति भएन । त्यसले केही विलम्ब भयो ।
३. बुटिक र सिलाईमा फरक हुन्छ ?
मान्छेहरुलाई टेर्लर भन्दा अलि भिन्दै महशुस हुन्छ । टेर्लर त जता त्यतै पनि हुन्छ । यो आकर्षित गर्नलाई होइन । काम त्यही नै हो ,आदर्श नगरमा ठूलो–ठूलो बुटिक आदर्शनगरमा छ । त्यहाँका मास्टरहरुले पनि मेरो बुटिकमा काम गरेका छन् । अलिकति मान्छेहरुलाई हेर्दामा बुटिकको सिलाई राम्रो जस्तो लाग्छ के बुटिक भन्नाले त्यति नै हो खासै होइन ।
४. तपाईले बुटिक संचालन कति लगानी मा सुरु गर्नुभयो ?
मैले बुटिक संचालन गरेको ८ वर्ष भयो । मैले यो बुटिक खोल्दा १ लाखको लगानी सुरु गरेको थियो । मैले सुरुमा एक्लै गरेको थिए । छ महिना जति मैले एक्लै नै काम गरें । त्यसपछि मैले स्टाफहरु एक जना दूई जना गर्दा गर्दौ ४÷५ जनालाई राखे । मैले आफ्नो यो सानो व्यवसाय सुरु गरें । पहिला त मैले जति लगानी लगाएको थिए त्यतिको काम भइरहेको थिएन । त्यसमा पनि बच्चाहरुलाई पढाउन घर खर्चहरु चलाउने यस्तै गर्दा गर्दै बढ्दै गयो । अहिले आएर ६,७ जना काम गर्छन् । मैले अझै लगानी लगाएर बुटिकका समानहरु राख्दै गए । अहिले मेरो लगानी बढेर ३ लाख जति भएको छ । मेरो महिनामा ३५ देखि ४० हजार जति आम्दानी हुन्छ । सिजन अनुसार पनि आम्दानी घटबढ पनि हुन्छ । तिजदेखि लिएर छठसम्म अलि बढी काम हुन्छ ।
५. घरायसी व्यवस्थापन कसरी एक्लै गरिरहनु भएको छ ?
कुनै पनि काम सहज हुदैन । मेरो छोरा फारमेसी पढिरहेको छ । पोखरा बसेर डिप्लोमा कोर्ष गर्दैछ । छोरी चाही बिकम तेस्रो बर्ष पढ्दैछ । म यो बुटिक खोले पनि कुनै पनि यस्तो दिन छैन कि म आरम गरेको छु । कहिलेकाहीं यस्तो विचारमा आउँछ कि । यो मेरो लागि धेरै ठूलो कुुरा हो । अब म आफनो प्रगति देखेर धेरै खुशी हुन्छ ।
६. आगामी लक्ष्य के छ ?
अझ केही गर्ने विचार छ । छोराको अहिले पढाई चलिरहेको छ । त्यसैले कपडा धेरै राख्न पनि सकिरहेको छैन । छोराको पढाई सकेपछि व्यवसायलाई अभैm राम्रोसंग बढाउने इच्छा छ । ५÷७ जना दिदि बहिनीहरु सिलाई सिक्न पनि आइरहेका छन् । तर म सबैलाई यही सल्लाह दिन्छु कि आत्मनिर्भर बन्नु पर्छ । मैले ८ वर्षमा १५÷२० जनालाई सिकाइ सकेकी छु । कोइ लामो समयसम्म सिक्छ कोइ एक महिना सिकेर छोड्छ । पहिला म महिनाको दुई हजार लिएर पनि सिकाउँथे । अहिले मैले कोर्स नै बनाएको छु ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना