पछिल्लो केही समय देखी देशको धेरै जसो ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घ नारायणी शाखाले आज वीरगञ्जको नारायणी अस्पतालसहित यस क्षेत्रमा रहेका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्थाहरूमा बहिरङ्ग (ओपिडी) सेवा बन्द गर्ने निर्णय गरेको छ ।
चिकित्सकहरूमाथि भौतिक आक्रमण भइरहँदा पनि सरकार र त्यसका सुरक्षा निकायले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा गर्ने नसकेको भन्दै सङ्घले आज एक दिनका लागि विरोध स्वरूप नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिक, नर्सिङ होम, मेडिकल कलेज लगायत स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घको नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ताले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सङ्घ र नेपाल सरकारका प्रतिनिधिहरूबिच पटक–पटकको वार्ता सहमतिका बाबजुद पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत स्वास्थ्य संस्थाहरूलाई सुरक्षा प्रदान गर्ने नेपाल सरकारका सुरक्षा निकायहरू पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोले आरोप लगाउँदै आज शुक्रवार एक दिनका लागि स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने निर्णय भएको बताए । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षा प्रदान गर्न नसक्दा आफूहरू भय र त्रासको वातावरणमा आफ्नो पेसागत दायित्व निर्वाह गर्नु परिहरेको जिकिर गर्दे उनले बाध्य भएर ओपिडी सेवा बन्द गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य संस्थाहरूमा दिन प्रतिदिन बढ्दै गइरहेको साङ्घातिक आक्रमणका घटनाहरूमा प्रहरी प्रशासन मूकदर्शक बनेको सर्वविदितै छ । नेपाल चिकित्सक सङ्घ तथा नेपाल सरकारका प्रतिनिधिहरूबिच पटक – पटकको वार्ता सहमतिका बाबजुद पनि चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत स्वास्थ्य संस्थाहरूलाई सुरक्षा प्रदान गर्ने नेपाल सरकारका सुरक्षा निकायहरू पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू भय त्रासको वातावरणमा आफ्नो पेसागत दायित्व निर्वाह गर्नु परिहरेको अवस्था रहेको छ,” विज्ञप्तिमा लेखिएको छ ।
डा. गुप्ताले सङ्घले उठाएका मागहरू यथाशीघ्र सम्बोधन नभए थप सशक्त सङ्घर्षको कार्यक्रमहरू घोषणा गर्दै जाने चेतावनी समेत दिएका छन् ।
चिकित्सकहरू पछिल्लो पटक असोज ७ गते लमजुङ अस्पतालमा डा. सन्दीप अधिकारीमाथि भएको भौतिक आक्रमण र त्यसको भोली पल्ट असोज ८ गते मणिपाल शिक्षण अस्पताल पोखरामा चिकित्सक माथि भएको साङ्घातिक आक्रमणको विरोधमा उत्रेका हुन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना