वीरगन्ञ–१० का रियान कायश्ठले राईड शेयरिङ एप सुरु गरेका छन् । एपको सहयोगमा सिमरा ,जितपुर, पथलैयासम्मको राईड हुन्छ । चाडै नै यो सेवा वीरगञ्जका विभिन्न क्षेत्रमा विस्तार गर्ने उनको योजना छ । ‘एपबारे मानिसहरुले क्रमशः थाहा पाउँदै गएका छन, काम पनि बढ्दै गएको छ । यसले आत्मविश्वास बढाएको छु, रियान भन्छन् ।
रियानले पहिले अटोमोबाइलको शो रुममा काम गरे । मेनेजरसम्म भए । तर कामको जस खासै पाएनन । आफू भन्दा सिनियरको पनि चित्त बझाउन सकेनन । बरु यो भएन, त्यो भएन भन्ने आपजस मात्र बढी पाए । जस नपाउने काम गरिरहनु भन्दा युवा मान्छे आफैले केही रचनात्मक काम गर्न पर्छ भन्ने लाग्यो । अनि राईड शेयरिङको क्षेत्र रोजे ।
रियानले २०८० साल ३० चैत्रमा आफनै लगानीमा आयो राईड शेयरिङ्ग एप खोलेका हुन । उनले सुरुमा ५ लाखको लगानी गरे । आयो खोल्न रियानलाई केही साथीले पनि साथ दिएका छन् । उनको विचारमा साथीभाइको साथ विना लगानी गरेर मात्र गरेर अघि बढ्न असम्भव जस्तै छ । साथीहरुको सहयोगले व्यावसाय गर्न निकै सहज भएको अनुभव छ ।
रियानको भनाइमा लगानीमा सफ्टवेयरमा भन्दापनि प्रचार प्रसार गर्न बढी खर्च भयो । सुरुमै बाईक र कार एकैपटक संचालन गने रियानको योजना थियो । तर सुरुवातको समयमा बाईकमै राईडरको रुपमा काम गर्ने व्यक्तिहरु भेट्न धेरै नै मुस्किल प¥यो । सुरुमा स्थानीयलाई विश्वास दिलाउन प¥यो । प्रचार पनि होस र जनताले सेवा पनि लिउन भनेर राइडले ३ दिन सम्म फ्रि राईडको सेवा उपलब्ध गराएको थियो । त्यतिबेला व्यवस्थापन गर्न रियानलाई हम्मे हम्मे परेको थियो ।
वीरगन्ञ बजारमा धेरै अटोरिक्सा छन् । तरपनि आयो राइडले चाडै वीरगन्ञ भित्रै पनि ेसेवा दिने योजना बनाएको छ । राईडको मुल्य किलोमिटरका आधार छ । किलोमिटर अनुसार सफ्टवेयरले पैसा तोक्छ । राईडरहरुले नभ्याईरहेको बेला रियान आफैपनि राईडरको रुपमा जाने गर्छन । राइडरको भाडा सार्वजानिक गाडीको भाडा दर भन्दा अलि बढी छ । तरपनि मानिसहरुले सहज ठान्न थालेका छन् । ग्राहकको सुरक्षा साथै र सहज वातावरण पनि दिने गरेको रियानको दाबी छ ।
सुरुवातको समयमा उनलाई गाह्रो भयो । तरपनि प्रयास जारी राखे । अन्ततः राइड सेयरिङ ल्याउन सफल भए । अहिले बजार बढ्दै छ । उनले भने–‘मेहनेतको फल मिठो हुन्छ भन्ने संकेत देखिएको छ ।’
अहिले बाईकमार्फत बाट मात्र सेवा दिई रहेका छन् । विस्तारै सानो गाडी(कार)को सेवा संचालनमा ल्याउने रियानको योजना छ । उनले अहिले १८ जनालाई काम दिईरहेका छन् । जसमध्य १४ जना भने राईडर र बाँकी ४ जनाले प्राविधिक क्षेत्र हेर्छन् ।
रियानले एपलाई लोकप्रिय बनाउन पहल गर्दैछन् । सस्तो पनि हुने सेवा पनि छिटो हुने प्रबन्ध मिलाउदै छन् । यसका लागि उनले सबैसँग समन्वय गर्दैछन् । प्रविधिको प्रयोग बढ्दै गएको छ । आगामी दिनमा सेवाग्राहीलाई थप सहज हुने उनको विश्वास छ ।
रियानलाई सुरुमा स्थानीय सरकारले युवालाई प्रोत्साहन गर्ला कि भन्ने लागेको थियो । यसका लागि पहल पनि गरे । तर सहयोग पाउने मेसो भने भेट्टाएनन । उनी भन्छन–‘युवालाई प्रोत्साहन गर्ने कार्यक्रम स्थानीय सरकारले ल्यायो भने हामी जस्ता युवालाई आम्दानीका बाटाहरु खोल्न सहज हुन्छ् ।’
राइडरका कारण जनतालाई पनि सहज हुँदै गएको छ । बाराका बिकी श्रेष्ठलाई राति घर जान निकै समस्या हुन्थ्यो । काम धेरै भएका बेला र राति गाडी नपाउँदा साथीको घरमा बस्न बाध्य हुन्थे । आजकाल आयो राइड भएकाले त्यो समस्या हटेको छ । उनी भन्छन–‘जति अबेर भए पनि खबर गरे आयोको राईडर अफिस निरै आई पिकअप गर्छन ।‘
युवाहरुलाई आम्दानीका नयाँ नयाँ बाटाहरु राजेका छन् ।
अमित पटेल आयोको राइडरका रुपमा आवद्ध भएको दुई महिना भयो । उनी काम प्रति निकै नै उत्साहित छन् । बिहानमा ठाकुरराम बहुमुखी क्यमपसमा पढछन् । ११ बजेदेखि आफनो काममा जाने गर्छन । अमितका अनुसार दिनमा १० वटासम्म राईड हुने गर्छ । यसबाट पढाईको खर्च पुग्ने मात्र होइन, बचत पनि हुने उनको भनाइ छ ।
युवाहरुले एकपछि अर्काे रचनात्मक काम गर्दैछन् । त्यस्तै मध्येको एक हो, वीरगन्ञमा रहेको फुड डिलेभरी गर्ने संस्था इजी इट्स ।
निरज पटेल लगायतको युवा समूहले २०७८ साल असारदेखि सेवा दिन थालेका हो । उनीहरुलाई सूरुवातको समयमा वीरगन्ञबासीलाई विश्वास दिलाउन निकै नै गाह्रो भएको थियो । अडर गरेर घरमै आउँछ भन्ने धेरैले विश्वास गरेनन । जान्ने बुझ्ने केहीले अर्डर गर्दा पनि समयमा सेवा दिन गाह्रो प¥यो । त्यसले गर्दा उनीहरुको आलोचना पनि भयो । तर, सेवा राम्रो बनाएपछि भने लोकप्रिय हुँदै गयो । पटेल भन्छन–‘हामीले आफनो ग्राहकलाई विश्वास दिलाउन नयाँ नयाँ योजना ल्यायौं । अहिले ग्राहकहरु पनि खुशी हुनुहुन्छ । यो चाहीँ गौरवको कुरा हो ।’
बिशाल पटेल अहिले अफिसमा कत्ताबाट खाजा ल्याएर खाने भनेर सोच्नै नपर्ने बताउँछन् । उनी भन्छन–अफिसमै आफूलाई जे खान मन लाग्छ, मेलै र मेरा साथीले इजी इट्स संस्थामार्फत अडर गरेर मगाउने गछौं ।’ यो एपबाट खाजा अडर गर्दा चाडै पनि आउने र सस्तो पनि पर्ने ग्राहकको भनाइ छ ।
युवाले बैकंबाट ऋण लिएर यो व्ययवसाय खोलेका हुन् । पटेलका अनुसार बैकको ऋण अब धेरै छैन । व्यवसायबाट खर्च कटौती गरेर बचत पनि भइरहेको छ । इजी इट्समा ८० जना कर्मचारीले काम गर्छन । स्थानीय सरकारले प्रत्सोहान गरे मनोबल बढ्ने उनको भनाइ छ ।
फुड डिलेभरी गर्ने अर्काे संस्था पनि छ । जसको नाम हो टु ईट टु । यसको नेतृत्व संगम पंडितले गरेका छन् । संगमले व्यवस्थापन विषय पढेका हुन् । घरघरमै खानाको विभिन्न प्रकारहरु खुवाउने सोचले यो व्यवसाय सुरु गरेको पंडितको भनाइ छ । सुरुमा ६ जना मिलेर यो काम थालेका थिए । अहिले २० जना स्टाफ छन् । आफूसँग भएको केही पैसा र घर परिवारको सहयोगमा यो सेवा सुरु भएको हो । लगानी उठिसकेको र अहिले राम्रोसँग सञ्चालन भएको र ग्राहक पनि खुशी भएको पंडितको दाबी छ ।
निरन्तर मेहिनत गरि आगामी अझै राम्रो बनाउने युवाको योजना छ ।
प्रत्यक्ष केही सहयोग नभएपनि वतावरण सहज बनाएकोमा उनी वीरगञ्ज महानगरपालिका प्रति खुशी छन् । स्थानीय सरकारले युवाहरुलाई प्रोत्सहान गर्यो भने धेरै युवाले सानोतिने व्यवपार खोलेर आफनै सहरमा केहि गर्न सक्ने उनको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाको २०८० को नीति तथा कार्यत्रममा स्थानीय युवा जनशक्तिलाई नगरभित्रै रोजगारी र्सिजना गर्ने भनिएको छ । त्यसैगरी स्थानीय उद्योग व्यवसायीहरुलाई लगानी सुरक्षा र शान्ति सुरक्षाप्रति पूर्णरुपमा आश्वस्त तुल्याई लगानी मैत्री वातावरण कायम राख्ने पनि उल्लेख छ ।
नेपाल ईन्भेष्टमेन्ट मेगा बैकका लोन विभागका स्टाफ नारायण रिजाल बैंकले युवाहरुको व्यवसायमा बैकले लगानी गर्न समस्या नरहेको बताउँछन् । उनका अनसार युवाहरुको लागि बैंकसँग धेरै योजनाहरु छन् । कोहि युवालाई व्यवसाय ऋण चाहिएमा व्यवसायको विवरण चाहिन्छ । ऋणको रकम धेरै भएमा धरौटी राख्नुपर्छ । ५ देखि ७ लाख रुपैयाँ ऋण चाहिएमा व्यक्तिगत पत्र र व्यवसायको विवरण भए बैकले सजिलै ऋण उपलब्ध गराउँछ । त्यति हुँदाहुदै पनि ऋण लिएर व्यवसाय सञ्चालन गर्ने युवाहरुको संख्या निकै कम छ ।
त्यस्तै वीरगन्ञ महानगरका छैठो तहका ईन्जिनियर निरज शाह युवाहरुले प्रावाधिक तरिकाले आफ्नो व्यवसाय गरेकामा खुसी व्यक्त गर्छन । महानगरले युवाको सिपका लागि विभिन्न सिप सिकाई रहेको बताउँदै उनले युवाको हातमा एउटा भए पनि सिप होस् भन्नेमा महानगर प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
महानगरले युवाहरुलाई ड्राईभिङ पनि सिकाउँदै आएको छ । युवालाई प्राविधिक क्षेत्रमा थप आकर्षित गर्ने महानगरको योजना छ । त्यसका लागि महानगरले सि.टि.ई.भि.टि सगँ सहकार्य गर्दैछ । शाह भन्छन–‘आफ्नै व्यवसायमा लागेका अब्बल युवाहरुलाई प्रोत्साहन गर्ने मात्र होइन, पुरस्कृत गर्ने योजना पनि ल्याउदैछौं ।’