स्थानीय सरकारले महिलालाई रोजगारीका लागि दिने सीपमूलक तालिम प्रभावकारी नहुदाँ तालिमका लागि लाखौं बजेट खर्च भएपनि महिला बेरोजगार नै रहेको पाइएको छ ।
वीरगंज महानगरपालिकाको सामाजिक शाखाद्धारा संचालन भएको महिला सीपमूलक तालिम अन्तर्गत गत आर्थिक वर्ष २०७९÷०८० मा संचालित विभिन्न तालिमहरुमा सहभागि महिलाहरु अझ बेरोजगार रहेको पाइएको छ । तालिम लिएका महिलाहरुलाई कसरी व्यवसायमा स्थापित गराउने भन्ने तर्फ अझै पनि स्थानीय सरकारको ध्यान जान सकेको छैन ।
महानगरपालिकाले सिलाई कटाई तालिम, मेहेन्दी तालिम, ब्यूटिसियन तालिम, डल कुशन बनाउने तालिम र बाँसको मुढा बुन्ने तालिम संचालन गरेको थियो ।उक्त सबै तालिमहरुमा महिलाहरुको सहभागिता अत्याधिक रहेका थिए । तर तोकिएको मापदण्ड भन्दा कम समयको तालिम र तालिमपछि रोजगारी सिर्जना गर्ने कार्ययोजना नभएका कारण महिलाहरु अधुरो सीप सिकेर पनि बेरोजगार बस्न बाध्य छिन् ।
पालिकाले गत आर्थिक बर्षमा संचालित विभिन्न तालिमहरुमध्ये वीरगंज म.न.पा–१ छपकैयामा संचालित सिलाई कटाई तालिमका सहभागी मध्येकी सुनिता पटेल भन्छिन,‘पहिला पनि मैले सिलाई कटाई तालिम केही सिकेको थिए,वीरगंज महानगरपालिकाबाट संचालित तालिममा थप सिक्ने अवसर पाए । त्यसैले गर्दा मलाई लुगा सिलाउन राम्रो संग आउँछ । तर सीप अनुसारको काम पाएको छुइन ।’ उनले भनिन्,‘सिलाई सिकेको केही समय पछि मैले गाउँको एउटा टेर्लरमा कपडा सिलाउन थाले । कपडा सिलाएर मैले केही पैसा पनि कमाए । गाउँ भएकोले टेर्लरमा कपडा कम आउन थाल्यो । टेलरवालाले तपाइ नआउनुस मसंग कपडा छैन भन्न थाले ।’ यस्तो भने पछि अब मैले आफ्नो घर खर्च गर्नको लागि के काम गर्ने भन्ने चिन्ता लाग्यो । हामीलाई सिलाई सिकाउने रिषिका टेर्लरका संचालिका तथा प्रशिक्षक एतोरीया चौधरी कहाँ गए । उहाँसंग काम मागे (कपडा दिनलाई अनुरोध गरे)तर उहाँ संग पनि कपडा धेरै नभएको र आफ्नै कालिगडलाई कपडा पु¥याउन धौ–धौ परेको जानकारी गराएको पटेलले बताइन् ।
। ‘सिलाइ सिकेर पैसा कमाएर आफ्नो घरखर्च चलाउछु भन्ने सोच थियो । तर त्यो सपना एउटा मिठो सपना जस्तै भयो ।’ सुनिताले भनिन्,‘ अहिले कामको खोजीमा वीरगंजको बजारमा भौतारिदै हिड्नु परेको छ ।’ बजारमा धेरै टेर्लरहरु छन् । तर सबैमा पहिला देखि नै काम गरिरहेका कालिगढहरु छन् । गाउँमा बसेर नै सिलाउ भन्दा सिलाइ ज्याला पनि न्यून छ । तर पनि प्रशस्त कपडा सिलाउन पाइदैन । त्यसैले अहिले वीरगंज आर्दशनगर बजारको एक मसला फ्याक्ट्रीमा प्याकेजिङ्गको काम गर्ने गरेको सुनिताले बताइन् ।
कहिलेकाही कपडा आई हालेमा राती सिलाएर दिने गरेको छु । आफूसंग काम गर्ने सीप भएपनि सीप अनुसारको काम गर्ने इच्छा हुदाँ हुदै पनि काम गर्न नसकेकोमा धेरै चिन्ता लागेको सुनिता बताउँछिन् ।
छपकैया घर भएकी नाजमा खातुन केही मात्रामा सिलाउन आउने भएकोले आफ्नो घरमा नै मेशिन राखेर घरको कपडा सिलाउने गरेकी े छिन् । बाहिरबाट पनि कसैले कपडा दियो भने कम मूल्यमा सिलाइ दिने गरेको उनले बताइन । ३ महिनामा पनि दैनिक ३ घण्टाको दरले मात्र सिलाई सिकाउने भएकोले धेरै डिजाइनका कपडाहरु सिक्न नपाएको उनको गुनासो छ । उनी जस्तै धेरै महिलाहरु घरमा आफ्नो परिवारको लागि मात्र कपडा सिलाउने गरेको उनले बताइन ।
सिलाइ तालिम लिने मध्ये छपकैयाकी सहभागी पुनिता कुमारी मण्डल भन्छिन ,‘जम्मा ३ महिना सिलाई सिकेको छु । मेरो घरको आर्थिक स्थिति कमजोर भएर मेसिन किन्न सकेकी छैनन् । अहिले
विद्यालय पनि पढिरहेकीछन् । उनलाई कपडा सिलाउन धेरै इच्छा भएकोले सिलाई सिकेको बताइन । धेरै डिजाइनका कपडा सिलाउन आउदैन । फेरी पनि सिक्न पाए राम्रो संग कपडा सिलाउने उनको भनाई छ । पुनिता जस्तै अरु नौ जना महिलाहरुको पनि समस्या उस्तै रहेको छ । रिसिका टेर्लरको संचालिका तथा सिलाई कटाई तालिमका प्रशिक्षिका एतोरिया चौधरीले एडभान्स कोर्ष सम्म सिलाई तालिम लिएकी छिन् । उनले भनिन,‘साना व्यवसाय तथा घरेलु कार्यलयबाट तालिम लिदाँ १० बजे देखि ४ बजे सम्म दैनिक ६ घण्टा तालिममा े लिएका थिए । तर मैले तालिम दिदाँ दैनिक ३ घण्टा मात्रै तालिम दिए ।’
एतोरियालले भनिन,‘मैले सकेसम्म तालिममा सहभागी महिलाहरुलाई राम्ररी नै सिकाउन कोशिस गरे । सबै सहभागीहरु एउटै क्षमता नभएको हुनाले सिकाइमा फरक–फरक क्षमता भएको पाइन्छ ।’
‘तालिममा सहभागीहरुलाई अभिभावकले घर बाहिर पठाउन चाहदैन,जे जति कपडा सिलाउन आउँछ । घरमा नै बसेर सिलाउने गरेका छन् । कति बहिनीहरु कपडा सिलाउन माग्नको लागि मसंग आएका छन् । तर मेरो पनि कालिगढलाई मात्र कपडा पुग्ने भएकोले उनीहरुलाई कपडा दिन सकिन ।’ प्रशिक्षिका ऐतोरियाका अनुसार सिकेका सबैका हात राम्रो संग नबसिसकेको हुनाले सिलाई राम्रो हुन उनीहरुले अझै सिलाई सिक्न जरुरी भएको बताइन । नपढेको महिलालाई भन्दा पढेको महिलाहरुले छिटो सिलाई सिक्न सकेको उनको भनाई छ ।
वीरगंज महानगरले ०७९÷०८०मा छपकैयामा संचालित तालिममा छपकैया–१ का४० जना महिलाहरु सहभागी थिए । तालिममा सहभागीमध्ये १० जना महिलाले अझै पनि मेसिन लिन सकेका छैनन । अरु बाँकी सहभागीले घरमा नै बसेर आफ्नो घर परिवारको कपडा सिलाउन गरेका छन् ।
उक्त सिलाई कटाई तालिममा वीरगंज महानगरपालिकाको समाजिक शाखाबाट गत आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेटमा तालिम संचालन गरिएको थियो । यस शाखाबाट बर्षौनी लाखौं रकम विनयोजन हुने गरेका छन् । त्यसै अनुरुप विभिन्न तालिमकोलागि खर्च पनि गरिन्छ । तर त्यसबाट के उपलब्धी प्राप्त भयो ? भन्ने कुराको लेखाजोखा भने गरिएको पाइदैन ।
साना व्यवसाय तथा घरेलु उद्योग पर्साका प्रमुख उद्योग अधिकृत धनंजय कुमार सिंह भन्छन,‘सिटिभिटिले निर्धारण गरेको मापदण्ड अनुसार लेभल १,लेभल २ तालिम घरेलुले पनि संचालन गर्छ । हामीले पनि सिलाइ कटाईको तालिम संचालन गरी सिटिभिटिको मापदण्ड अनुसार तालिम दिने गरेका छौं ।’
घरेलुले दिने तालिमहरु ३ प्रकारका छन् । कम समय,मध्यम समय र लामो समय संचालन हुने तालिम छन् । घरेलुले विभिन्न किसिमका तालिमहरु संचालन गर्छ । सिलाई कटाई तालिम लामो समय संचालन हुने तालिममा पर्छ । अधिकृत सिंह भन्छन,‘सिलाईको आधारभूत तालिम ३ महिनाको हुन्छ । यसमा प्रशिक्षार्थीहरु प्रत्यक्ष सहभागी हुनुपर्छ ।’
घरेलुले संचालन गर्ने तालिम बिहान १० बजेदेखि ४ बजे सम्म संचालन हुन्छ । सोही अनुरुप प्रशिक्षार्थी तालिममा सहभागी भएर तालिम लिनु पर्छ । घरेलुले दिएको प्रमाण पत्र सिटिभिटिको मान्यता प्राप्त हुन्छ । घरेलुले दिएको प्रमाण पत्रको आधारमा सिटिभिटिले परीक्षा लिएर मात्र ए, बि,सि भनेर तह निर्धारणगर्छ ।
आरभूत तालिम लिएकाहरुलाई थप एडभान्स कोर्षको पनि तालिम संचालन गरिन्छ । एडभान्स कोर्ष कम्तीमा ४५ दिनको हुन्छ । यो तालिम लिइसकेपछि सिलाई सिक्ने महिला दक्ष हुने, टेर्लर संचालन गरेर राम्रो संग कपडा सिलाउन सक्ने हुन्छन् । घरेलुबाट संचालन गरेका प्रशिक्षक भएर पनि काम गर्न पाउनेछन् ।
‘हरेक वर्ष महानगरपालिका, नगरपालिका,वडाहरु,गाउँपालिकाहरुले सिलाई कटाई तालिम संचालन गर्नलाई बजेट राखेका हुन्छन् । तालिम पनि संचालन गर्छन । ति तालिम भने सिटि भिटिको मान्यता अनुसार संचालन भने गरेको छैनन् । स्थानीय निकायहरुले दिएको तालिमका प्रमाण पत्रलाई घरेलु र सिटिभिटिले मान्यता दिदैन् ।’ अधिकृत सिंह भन्छन,‘ स्थानीय तहले आफ्नो विचार अनुसार तालिम संचालन गरेका हुन्छन् । घरेलु कार्यालय र सिटिभिटिसंग कुनै समन्वय पनि गरेका हुदैनन् । कुन तालिमको लागि आधारभूत तह कुन हो । यो कति घण्टाको हुनुपर्छ । कुन तहकाको लागि कति समय चाहिन्छ । एउटा प्रशिक्षकले कति जनासम्मलाई सिकाउन सक्छन भन्ने कुराको जानकारी नलिइ तालिम संचालन गरेका घरेलुका प्रमुख सिंहले बताए ।
सिटिभिटिको मान्यता अनुरुप घरेलुले पनि तालिम संचालन गरको छ । घरेलुको तुलनामा स्थानीय तहहरुले संचालन गरिरहेका सिलाइ कटाइका तालिममा धेरै बजेट खर्च गरिरहेका छन् । हरेक वर्ष धेरै संख्यामा महिलाहरुलाई तालिम पनि दिइरहेका छन् । तर ति तालिमबाट भने महिलाहरुले आफुलाई सक्षम भएको मान्न सकेका भने छैनन ।
स्थानीय तहले आफ्नो वडाका तालिम दिएका महिलाहरु तालिम पछि के गर्दै छन् ? तालिमले उनीहरुको जीवनमा परिवर्तन ल्याउन सकेको छ वा छैन ? उनीहरुलाई पुनः थप तालिम दिनुपर्ने आवश्यक छ छैन् ? भन्ने कुराको जानकारी लिएको देखिदैन ।
वीरगंज महानगर पालिकाकोले संचालन गरेको तालिममा निश्चित बजेटमा कति जनालाई दिने भनि तोकिएको हुन्छ । कारणवश गाउँमा कार्यक्रम लिएर जाँदा सिक्नेको संख्या ५÷७ जना योजना भन्दा बढी हुने गरेका छन् । गत वर्षको सिलाई तालिम संचालन गर्दा संघिय निर्वाचन र विभिन्न गतिविधीहरुले गर्दा समयमा तालिम संचालन गर्न नसकी हतार हतारमा तालिम संचालन गर्नु परेको सामाजिक शाखाका प्रमुख राजिव गिरीले बताए ।
महानगरले तालिम दिएपछि तालिम कत्तिको उपलब्धीमूलक भएको छ । स्थानीय तहको लगानी वर्षौनी सीपको नाममा दुरुपयोग त भैरहेको छैन । बेला–बेलामा स्थलगत अनुगमन गर्न पनि जानुपर्छ । यसको लागि मेयर,उपमेयर,प्रशासकिय अधिकृत मिलेर एउटा नीति तय गर्नु पर्छ त्यसै अनुसार निर्देशन भएमा काम गर्न सजिलो हुने समाजिक शाखा प्रमुख गिरीले बताए ।
चालु आर्थिक वर्षमा वीरगंज महानगरपालिकाले सिलाई कटाइ तालिम ३ महिना संचालनको लागि बजेट छुट्याएको छ । यो वर्ष गत वर्षको भन्दा अनुगमन गरेर सिलाई तालिम संचालन गर्ने प्रमुख गिरीले प्रतिबद्धता गरेका छन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना