१) यौन रोग भनेको के हो ?
यौन सम्पर्कले गर्दा सर्ने रोगलाई यौन रोग भनिन्छ । महिला र पुरुष मध्ये कुनै एकलाई भएमा यौन सम्पर्कको माध्यामबाट अर्कोमा सर्ने गर्दछ । यौन रोग दुई प्रकारका हुन्छन् । जि.यु.डि (जेनाइटल अल्सर डिजिज), युरेथ्रा डिस्चार्ज (पिप जस्तो बग्ने) यौन रोग घाउ खटिरा र पिपहरुको माध्यामबाट देखा पर्दछ । यौन अंगको बाहिर भित्र दुबै ठाँउमा घाउ खटिरा आउन सक्छ । महिलाको पाठेघर भित्र घाँउ भएमा यौन अंगको भित्रबाट पिप आउने गर्दछ ।
२) यौन रोगमा कुन–कुन रोगहरु पर्दछन् ?
घाउ खटिरा भएदेखि देखिने रोगलाई सिफलिस भनिन्छ । जसलाई नेपालीमा भिरङ्गी भनिन्छ । स्यानक्रोइड, एल.जि.वी, लिम्फो गोनोरिया, भेनेरुममा यौन अंगमा सुनिएको हुन्छ । पछि उपचार नगर्दै खटिरा फुटेर घाउ हुने र पिप बग्ने र धेरै दुख्ने हुन्छ । जेनाइटल हरपेश यो पनि भाइरल रोग हो । यो यौन अंगमा साना–साना पानीका फोका हुन्छन् । पछि फोका फुटेर डिस्चार्जको रुपमा पिपहरु बग्ने, पिसाब फेर्दा एकदमै दुख्ने, पोल्ने हुन्छ । एकदमै पहेलो कलरको बाक्लो पिप बगिरहेको हुन्छ । ति पिपहरु पनि दुई प्रकारका हुन्छन् । युरेथ्रा डिस्चार्ज र एनजियो डिस्चार्ज पिपको रुपमा बग्ने गरेको हुन्छ ।
३) यौनजन्य रोगले महिलामा कस्ता समस्यामा आउँछ ?
महिलाहरुमा यौन रोगहरु लागेमा प्राःय जसो रोगलाई लुकाउने गर्छन् । यसरी यौन रोगको पहिचान गरेर समयमा उपचार गर्न सकेनौं भने प्रजजन् क्षमतामा प्रभाव पर्छ । जसले गर्दा जीवनमा कहिल्यै बच्चा नहुने सम्भावना हुन्छ । गोनोरिया
रोग पुरुषहरुमा यौन रोग लागेमा तुरुन्तै दुख्ने, पोल्ने हुन्छ । तुरुन्तै डाक्टरकोमा जाने भएकोले उपचार छिटो नै हुन्छ । महिलाहरुमा यो रोग लाग्दा पोल्ने,दुख्ने हुदैन । पिसाब जाँच गरेर मात्र यो रोग लागेका पत्ता लगाउन सकिन्छ । महिलाहरुमा लामो समय सम्म यो रोग पत्ता लगाएर उपचार भएन भने फेलोपियन ट्युब सम्मगएर प्रभाव पार्छ । त्यसैले महिलाहरु कहिले पनि बच्चा नपाउने अवस्थामा पुग्न सक्छन् ।
४) यौन रोगहरु कुन उमेरमा समुहकोलागि लाग्छ ?
यौन रोग महिला र पुरुष दुबैमा लाग्छ । यो यौन सम्पर्क गर्ने उमेर समुहहरुमा लाग्ने गर्दछ । १५ वर्ष देखि ४५ वर्षसम्मको उमेरमा यो रोग लाग्न सक्छ । यो रोग लाग्न नदिन सुरक्षित यौन सम्पर्क गर्नुपर्छ । एउटासंग मात्र यौन सम्पर्क गर्ने, एक अर्कामा विश्वास हुनुपर्छ । असुरक्षित सम्पर्क नगर्ने, कण्डमको प्रयोग गर्ने गरेमा यौन रोग बाट बच्न सकिन्छ ।
५) यौन रोग लागेमा यसको उपचार कसरी गर्ने ?
यौन रोगको उपचार गर्न एकदमै सजिलो छ । सिफलिस,इन्फोग्रानिया भेनेरुम जस्ता रोगहरुका लक्षण लुप्त रुपमा हुन्छ । हामीलाई कुनै कारणले विदेश जानुपर्दा, रगत दिनु पर्दा रगतको जाँच गरे पछि मात्र यो रोगहरु पत्ता लाग्छ ।
६) बच्चा भैसकेका महिलाहरुमा सेतो पानी बग्नु पनि यौन रोग हो ?
पाठेघरको समस्याले पाठेघर सुन्निने भएमा पाठेघरमा इन्फेक्सन भएमा सेतो पानी आउन सक्छ । गोनोरिया भएमा पनि सेतो पानी आउन सक्छ । प्रायः महिलाहरु सेतो पानी बग्ने समस्या हुने गर्दछ । यसको उपचार गरेपछि ठिक हुन्छ ।
७) महिला र पुरुषमा यौन रोगको संक्रमणमा के फरक छ ?
महिला र पुरुषमा यौन रोग समान रुपमा लागेको हुन्छ । यौन रोग कुनै पनि महिला र पुरुषमा आफै उत्पन्न हुने रोग होइन । यौन सम्पर्कबाट लाग्ने रोग हो । हाम्रो समाजमा यौन सम्पर्क भएको छ भने पनि लुकाउन खोज्छौं । डाक्टरसम्म पनि आउन लाज मान्छौं । महिलाहरु पुरुषभन्दा बढी लाज मान्छन् । कुनै पुरुषहरु आएर मैले यौन सम्पर्क राखेको थिए । यस्तो समस्या आयो भनेर बताउँछन् । तर महिला त यौन रोग लाग्यो भनेर भन्न कहिले पनि आएका छैनन् । कसैलाई यौन सम्बन्ध भएको छ भने आफ्नो डाक्टरलाई कहिले पनि कुरा नलुकाई स्पष्ट बताउनु पर्छ । रोगीले एउटा कुरा नलुकाई दिदाँ उपचारको तरिका नै परिवर्तन हुन जान्छ । रोग सधैको लागि निर्मूल नहुन पनि सक्छ । समयमा रोगी पुरुष, महिला दुबैले बताइदियो भने समयमा नै रोग निको हुन सक्छ । एच.आई भि एड्स पनि यसरी नै लाग्ने हो । यसको बारेमा पनि जानकारी दिन्छौं ।
८) यौन अंगमा चिलाउने र दाद आउने पनि यौन रोग हो ?
यौन अंगमा चिलाउने, दाद आउने यौन रोग होइन । गर्मीको मौसममा बाक्लो कपडा लगाउने, १२ घण्टा डिउटी गर्ने, टाइट पाइन्ट लगाउने, शरीरमा धेरै पसिना आउने मानिसलाई यस्ता समस्याहरु आउँछ । यस्ता समस्या बढी गरेर प्रहरी, सेनामा काम गर्ने मानिसहरुलाई देखापर्दछ । तर यसमा छानबिन गर्नुपर्छ, अरु रोग त केही छैन ?
९) यौन रोग सम्बन्धि थप केही भन्न चाहनुहुन्छ ?
कोहीसंग यौन सम्पर्क भइहाल्यो भने लाज नमानी डाक्टरलाई भन्नु पर्छ । पहिलो पटक कहाँ यौन सम्पर्क भएको थियो । अन्तिम पटक कहाँ सम्पर्क भयो । असुरक्षित सम्पर्क भएको छ । वा सुरक्षित यौन सम्पर्क भएको छ । आफ्नो कुरा खुलेर बताउनुस् । अनि मात्र सही उपचार हुन सक्छ । यौन सम्पर्क भएको ३ महिनापछि जाँच गर्न जानु भयो भने रोगहरु धेरै फैलिसकेको हुन्छ । त्यसैले समयमा नै यौन रोग विशेषज्ञसंग गएर सल्लाह गरी जाँच गराउनु बुद्धिमानी हुन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना